शुक्र, बैशाख १८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

प्रतिगमनको जोखिम र शहीद देवीलाललाई सम्झनु पर्दा

धारणा न्यूज by धारणा न्यूज
३ हप्ता अगाडि
0
प्रकृतिलाई जोगाउने कि भयावह संकटको भुँवरीमा पर्ने ?
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

लोक नारायण सुवेदी

नेपालको राजनीतिक आन्दोलनको इतिहासमा चैत्र महिनासदैब सम्झिनै पर्ने महिना हो । यस महिनाले नेपाली जन आन्दोलनका खाशगरी दुइटा महत्वपूर्ण र उल्लेखनीय इतिहासलाई बोकेको छ । २०४६ सालको सामन्ती अधिनायकबादी पञ्चायती ब्यवस्था बिरुद्धको संयुक्त जन आन्दोलन जुन औपचारिकरुपमा २०४६ साल फागुन ७ गते आरम्भ भएको थियो र ४९ दिनपछि झण्डै ३० बर्षदेखि नेपाली जनतामाथि लादिएको र निर्बिकल्प भनिदै आएको राजाको नेतृत्वको सामन्ती अधिनायकबादी पञ्चायती ब्यबस्था धुलधुसरित भएको थियो । राजाले आफु संबैधानिक भएर बस्न मञ्जुर गरेको बहुदलीय ब्यवस्थाको पुनस्र्थापना भएको थियो । तर करीब तीन दशकको उतार चढावयुक्त संघर्ष र त्यसको उत्कर्षमा पुगेको २०४६ सालको जन आन्दोलनले दिएको दिशानिर्देश र कार्यादेश बिपरीत राजनीतिक दलहरु र राजा चल्न थाले पछि मुलुकमा राजनीतिक अस्थिरता र द्वन्द्वले गुढ लाउदै गयो । त्यसो हुनु अस्वभाबिक थिएन । किनभने त्यो आन्दोलन पनि आमूल परिबर्तनको उच्च चरणमा पुगेर पुरानो उत्पादन सम्बन्ध फेर्ने उच्च स्थितिमा समाप्त भएको थिएन । फलतः पुरानै उत्पादन सम्वन्धको यथास्थितिमा सबै संसदीय ब्यवस्थाको अभ्यासमा पुनः लागेका थिए । त्यसले गर्दा एकातिर राजनीतिक दलहरुमा सत्ता लम्पट आशक्ति र बिलाशीता बढ्दै गएर ‘महल पजेरो सँस्कृति’ मौलाउन थाल्यो भने अर्कोतिर राजदरबारमा पनि दलहरु स्वयं पञ्चायती पारामै भ्रष्ट तरीकाले चल्न थालेको देखेर जन आन्दोलनबाट जनताले पाएको सीमिति अधिकार पनि खोस्ने कडा कदम चाल्ने कि मन्द बिष प्रयोग गरेर ती अधिकार तुहाउने दुइ खेमा देखापर्यो । यस्तै अबस्था बिकसित भएको अवसरलाई बर्ग संर्घषको उच्चतम प्रस्थान बिन्दू ठानेर नेकपा(माओवादी)ले सशस्त्र संर्घषको बाटो पक्रियो । जनताका शक्तिहरु बिभाजनको बाटोमा लागेकोले आफ्नो गुमेको बर्चश्व पुनः फिर्ता ल्याउने दाउमा राजदरबार रहँदै आएको यसको इतिहास थियो नै । अर्कोतिर नेपालको यो त्रिपक्षीय सत्ता संघर्षको मौका छोपेर भारतीय एकाधिकार पूँजीवादी सत्ता पनि आफ्नो प्रभूत्व र प्रभाव जमाउन लागेकै थियो । राजा संसदमा रहेका राजनीतिक दल नेकपा(माओबादी)का त्रिपक्षीय संघर्षका बेला बाह्य हस्तक्षेप खाशगरी भारतीय सत्ताधारी बर्गको चलखेल पनि तीब्र बन्दै गएको थियो । यसै बीच रहस्यमय दरबार हत्या काण्डको रचना भयो । त्यसको यथार्थ अहिलेसम्म पनि रहस्यकै गर्भमा छ । त्यस पछि पनि नेपालको राजदरबार, संसदमा रजाई गरिरहेका राजनीतिक दल र माओबादी बीचको संघर्षले सही बाटो लिएन र निकास दिएन । राजनीतिक दाउपेच चल्दै जाँदा अन्ततः दरबारले जनताका सीमित अधिकार पनि खोस्ने आफ्नो पुरानै मान्यता र चरित्र अनुसार २०५९ साल माघ १९ गते जन आन्दोलनको बलमा २०४६ सालमा राजा बिरेन्द्र स्वीकार गरेका संबैधानिक राजतन्त्र र बहुदलीय ब्यवस्थाको मान्यतालाई पनि खोसेर राजा ज्ञानेन्द्रले साशन सत्ता हातमा लिए । त्यस बर्षको असोजमै उनले जनताको सीमित अधिकार खोस्ने तारतम्य मिलाउदै थिए र त्यसलाई तत्कालीन राजनीतिक बोलीमा ‘असोजतन्त्र’ भनिएको थियो ।
बिगतका यस्ता अनेक अनुभव र आफ्नो जीवनको निरन्तर गिर्दो कटु यथार्थले नेपाली जनतालाई अन्ततःराजतन्त्रकै बिरुद्ध निर्णायकरुपमा उत्रिन बाध्य पार्ने नै थियो । किनभने नेपाली जन आन्दोनलको इतिहासले यो कुरा प्रष्टसंग दर्शाएको छ । यस यथार्थलाई ‘नेपाली जन आन्दोलन ः एक समीक्षा’ नामको आफ्नो ऐतिहासिक कृतिमा कामरेड पुष्पलालले प्रष्टसँग औंल्याइसक्नु पनि भएको छ भने उहाँकै ‘नेपालमा राजतन्त्रको उत्थान, बिकास र त्यसको भबिष्य’ भन्ने कृतिमा पनि शाहबंशलाई राजतन्त्रको ‘अन्तिम दीपशिखा’ भन्ने बस्तुगत भबिष्यबाणी गरेर नेपाली जनताको आन्दोलनको दिशा र आवश्यकता के रहेको हो भन्ने कुराको बोध र थप पुष्टी गर्नु भएको पनि पाइन्छ । यस सन्दर्भमा कुरा गर्दा के पनि बिर्सन हुदैन भने जनता नै निर्णायक शक्ति हो र उसले ढिलोचाडो आमूल परिवर्तनको आवश्यकतालाई महसुश गर्दछ र त्यसका निमित्त आन्दोलनलाई निर्णायकरुपमा उत्कर्षमा पुर्याउँदछ । यो यथार्थलाई पनि कामरेड पुष्पलालले आफ्नो मृत्युशैयाबाट यसरी अभिब्यक्त गर्नुभएको थियो ः ‘जनता चेतनशील हुर्नुपर्दछ, कार्यकर्ता राजनीतिकरुपमा संगठित हुनु पर्दछ क्रान्ति अबश्यंभावी छ, यसलाई कसैले रोकेर रोक्न सक्तैन’ । हाम्रो देशको इतिहासले यो सत्यको पनि पटक पटक सत्यापन गरिसकेको छ । तर बिडम्बना के छ भने मिल्न पर्ने र मिल्न सक्ने शक्तिहरु पनि अनाबश्यक रुपमा बिभाजित रहने मनोगत र अबसरबादी तथा उपभोक्ताबादी मनोबृत्तिले त्यसो गर्न बरोबर बाधा दिइरहेको छ र यो आन्दोलन अहिले पनि त्यो प्रबृत्तिको पीडाबाटा मुक्त छैन ।
त्यसैले, इतिहास चेतना यस्तो हुँदा हुदै पनि आन्दोलनपछि सत्तामा पुगेका दलहरुले जसरी जनता र राष्ट्रको हितमा ब्यापक र दूरगामी दृष्टिकासाथ जनता र जन आन्दोलनकारी शक्तिलाई साथमा लिएर अघि बढ्नु पर्दथ्यो त्यसो नगरी सत्ताको निहीत र संकीर्ण स्वार्थमा चुर्लुम्म डुब्दै हिजोकै बिस्थापित शक्तिको बाटो लागेर पथ–बिचलित हुँदा हरेक परिवर्तनपछि अन्यौल, अराजकता, अनुशासनहीनता, सत्ताको लुछाचुँडी र अजंगका भ्रष्टाचारले गर्दा जनतामा घोर निराशा छाउने अबाञ्छित स्थिति खडा हुन आउने गरेको पनि हाम्रो इतिहास छ । आज त यो पीडादायक यथार्थलाई अत्यन्तै नराम्रोसँग हामी बेहोरिरहेका छौ । किनभने नेपालको इतिहासमा २०६२÷६३ सालको अभूतपूर्व जन आन्दोलनले २४० बर्ष देखिको केन्द्रिकृत, एकात्मक सामन्ती राजतन्त्रात्मक ब्यबस्थालाई बिस्थापित गरेर सार्वभौम नेपाली जनताका हातमा शासन सत्ताको बाग्डोर ल्याएको हो । यसका निमित्त बितेको ६ दशकका बिबिध संघर्षहरुमा हजारौ शहीदहरुले बलिदान दिएका हुन् । नेपाली जनताका हितमा समर्पित राजनीतिक दलहरुका नेता, कार्यकर्ताहरुले प्रवासको पीडा, जेलनेल, दमन, हत्याका अनेक श्रङ्खलाहरु बेहोरेका हुन् । तर ती कुराहरु आज सत्ताको लागि संर्कीण मोलतोल र आत्मसर्पणका बिषय बस्तु बनाइए । फलतः राजनीतिक दलहरु जो सत्तामा पुगे तिनले आफ्नो बिवेक, बुद्धि, सीप र बर्गतलाई जनता राष्ट्रको हितमा लगाएनन् । ती सबै कुरा कतै बन्धक बनाइएको जस्तो स्थिति बन्यो ।
यस्तो बेलामा नेपाली जनताका लागि आफ्नो सुन्दर जीवन अर्पण गर्ने ती नेपाली जन आन्दोलनका महान अमर शहीदहरुलाई कसरी सम्झने अत्यत्नै ठूलो प्रश्न नेपाली जनता र राष्ट्रका अगाडि उपस्थित भएको र अनुत्तरित रहेको छ । एक त आज महान शहीदहरुको नाममा पैसाको मूल्य तोकेर तिनको घोर अपमान गरिएको छ भने अर्कोतिर नेपाली जनताको दयनीय अवस्था र सत्तामा पुगेका दलहरुका अधिकांश नेताहरुको राजशी ठाँटबाँट, घोर बिलाशिता र बिश्वासै गर्न नसकिने बैभबले जुन आश्चर्यजनक र रहस्यमय स्थितिको निर्माण गरेको छ त्यो अत्यन्तै खट्किन बिषयबस्तु बनेर उपस्थित छ । यस स्थितिको सही उत्तर नदिएसम्म न शहीदहरुको बलिदानको उचित सम्मान हुन्छ न नेपाली जनताको सार्वभौमिकताको नै ।
वास्तवमा आज नेपालको मूलधारको राजनीति यसरी नीति, नैतिकता, इमानदारीता, समर्पण, आदर्श र त्यागको मूलबाटोबाट नराम्रोसँग बिचलित भएको छ । त्यसले गर्दा नै जनता र राजनीतिक दलहरु बीचको सम्बन्ध नराम्रोसँग काटिएको छ । यसलाई जनताले कुनै औपचारिक चुनावमा बिशेषमा बिभिन्न कारणले दिएको मतको आधारमा मात्र सतही ब्याख्या गरेर यथार्थ ब्याख्या हुन पनि सक्तैन । यो कुरा त २०१५ सालको चुनाव २०४८ को चुनाब र २०६४, २०७४,२०७८ को चुनावहरुले प्रष्ट पारिसकेको छ र पछिल्लो २०८२को चुनावले पनि प्रष्ट पार्दै जानेछ । जनता र देशले आज भोगिराखेका बाह्य र आन्तरिक गम्भीरतम समस्याहरुले नै आजको स्थितिको वास्तविक मर्म र राष्ट्रिय शर्मलाई पनि खुलस्त ब्याख्या गरिरहेका छन् र यो क्रम निरन्तर जारीरहने नै छ ।
मानिसको दैनिक जीवनमा पनि कुरा भन्दा कामले अर्थात् यथार्थ ब्यवहारिक अनुभवले नै ठूलो ज्ञान दिन्छ । यो इतिहास सिद्ध कुरा नै हो । त्यसैले ‘इतिहास आफै बोल्छ’ भन्ने मान्यता पनि बिकसित भएर आएको हो । नेपालको ०७ सालदेखि २०८२ साल सम्मको यथार्थ इतिहासले आज आफै बोलिरहेको छ । जनता र राष्ट्रका समस्याहरुले यथार्थ वास्तविकता बताइरहेका छन् । इतिहासलाई सही दिशा र गति दिने या गलत मोड दिने काम कुन कुन राजनीतिक दलहरुले कुन कुन समयमा के कति योगदान गरे त्यसको प्रतिबिम्ब नै समग्रमा हाम्रो आजको अर्थ–राजनीतिक स्थिति हो । यस परिप्रेक्षमा नै इतिहासलाई केलाउने र बिश्लेषण गर्ने पनि गरिन्छ र सही निष्कर्शमा पुग्न गर्नु पनि पर्दछ ।
निष्ठाबान बिद्यार्थी नेता शहीद देबीलालको शहादतलाई पनि यसै सन्दर्भमा हेरिनु सार्थक हुन्छ । २०५९ चैत्र २५ गतेको बुटबल क्याम्पस परिसरमा शहादत प्राप्त गरेका बिद्यार्थी नेता शहीद देबीलालको घटनालाई यसै आधारमा केलाउँनु उचित र बस्तुगत हुन्छ । त्यस दिन पेट्रोलिय पदार्थको चर्को मूल्य बृद्धि बिरुद्ध बिद्यार्थीहरुले चलाई रहेको संयुक्त आन्दोलनको क्रममा बुटवल चौराहमा केही घण्टाको चक्काजाम सकेर बुटबल क्याम्पसमा सबै बिद्यार्थी फर्किसकेपछि एकाएक क्याम्पस हाता भित्रै आन्दोलनमा सक्रिय बिद्यार्थी नेता देबीलाल पौडेलमाथि प्रहरीले ताकी ताकी कञ्चटमा गोली प्रहार गरी क्रुर हत्या गरेको थियो । शान्तिपूर्ण सफल आन्दोलनबाट क्याम्पस हातमा फर्किसकेका निर्दोष र निहत्था बिद्यार्थीको यसरी निर्मम किसिमले हत्या गरिदा बिद्यार्थी जगत आक्रोशित उद्वेलित बनेको थियो । बिद्यार्थी पौडेल त्यतिबेला नेपाल कम्युनिष्ट (माक्र्सबादी)सँग आवद्ध बिद्यार्थी संगठन नेपाल प्रगतिशील बिद्यार्थी यूनियनको रुपन्देही जिल्लाको अध्यक्ष हुनुकासाथै पार्टीको जिल्ला कमिटीका सदस्य पनि हुनुहुन्थ्यो । त्यसैले उहाँ एउटा जुझारु नीति र सिध्दान्तकासाथ लडिरहेका बिद्यार्थी नेता भएकाले उहाँले प्रतिगमन बिरोधी आन्दोलनको प्रथम बिद्यार्थी शहीदको राष्ट्रिय मान्यता र सम्मान पनि पाउनु भएको । हुन पनि उहँँको शहादतपछि त्यतिबेला बिद्यार्थी आन्दोलन झन चर्कियो र त्यसले राष्ट्रब्यापी रुप लियो । कयौ दिनसम्म बुटबल बन्द भयो र त्यसले देशभरीकै आन्दोलनलाई ठूलो ऊर्जा दियो भने प्रतिगमन बिरोधी आन्दोलनले नयाँ उच्चाई प्राप्त गर्दै गयो र आन्दोलनमा सहभागी भएर अनेकन ब्यक्तित्वहरुले शहादत प्राप्त गरे । त्यसै शिलशिलामा राजतन्त्रबिरुद्ध शान्तिपूर्ण आन्दोलनमा कृयाशील सात दल र सशस्त्र संर्घष चलाईरहेको माओवादी बीच समझदारी भए पछि २०६२÷६३ सालको जन आन्दोलनमा ब्यापक जन सहभागीता बढ्दै गएर त्यो उत्कर्षमा पुगेको हो । अनि नेपालको केन्द्रिय सत्ताबाट पहिलो पटक राजतन्त्रलाई बिस्थापित गरेको हो । तर आज त्यो आन्दोलनको राप र ताप सेलाएर गएको छ । शहीदहरुको बलिदान खेर गएको छ । आन्दोलनकारी शक्तिहरु बिचलित बनेका छन् । जसको परिणाम देश अझै पनि अन्यौल, अनिश्चितता र अराजकताको स्थितिबाट मुक्त हुन नसकेको मात्रै होइन बाह्य शक्तिको चंगुलमा अझ बडी फँस्दै गएको छ । जनताले दुइ तिहाई जति मत दिएर सरकार बनाउदा समेत समस्या समाधान हुने रहेनछ भन्ने कुराको अनुभव पनि बटुलेको छ र देश र जनताको हित बिपरीत संसदबाट एमसीसी जस्तो घातक सम्झौता गर्दा रहेछ भन्ने कुरा पनि प्रष्ट भएको छ । त्यसैले २०८२ भदौमा शान्तिपूर्ण जेञ्जी आन्दोलनलाई भाँडेर जुन अपूर्ब बिध्वंश मच्चाइएको गैर संबैधानिक सरकार खडा गरेर अप्रत्याशित र सन्देहास्पद संसदीय निर्बाचन मञ्चन गरियो त्यसमा यस अघि खाइखेली गरेका ठूला मानिने दलहरुकाप्रति ब्यापक जन असन्तुष्टी देखियो । कुनै पनि सत्ताधारी दल जनताको नजरमा बिश्वसनीय देखिएनन् । त्यसैले अहिले अप्रत्याशित मतकासाथ रास्वपा बिजयी बनेको छ । तर अस्थिरता, अन्यौल, अस्थाइत्व बिद्यमान बनेकोे आजसम्मको अबस्थालाई यसले चिरेर अघि बढ्न सक्छ ? यो गणितको मात्र समस्या होइन अत्यन्तै गम्भीर प्रश्न छ । एकातिर भू–धरातलीय अबस्था, उत्पादन सम्बन्ध नबदलिएको स्थितिले ब्यवस्थामाथि नै गम्भीर प्रश्न उठाएको छ र यसको अन्त्य र जनमुखी बिकल्पको चर्चा र माग हुन थालेको पनि छ । ब्यवस्था बदल्ने र अबस्था ठीक तुल्याउने अपेक्षाकासाथ शहादत बरण गर्ने महान शहीदहरुको स्मरण गर्ने यो चैत्र महिनाले सबैको मनमा यही खुल्दुली ल्याइदिएको छ ।जुन स्वाभाबिक पनि हो । देशको राष्ट्रिय सार्बभौमिकता, स्वाधीनता, जनतान्त्रिक अधिकार र नागरिक स्वतन्त्रता तथा जनजीबिकाका आधारभूत समस्या समाधान गर्न सबै क्षेत्रमा अग्रगामी आमूल परिबर्तन अबको अन्तिम, निर्णायक र आधारभूत परिबर्तन हो भन्ने कुरा फेरि पनि प्रष्ट हुँदै गएको छ । यही यथार्थ औंल्याउदै महान शहीदहरुको बरद बलिदानको श्रृंखलामा लामबद्ध भएका अमर शहीद देबलालालप्रति उच्च सम्मान !

यो पनि पढ्नुहोस्

नेपालले यूएईलाई २९० रनको लक्ष्य दियाे

नेपालले यूएईलाई २९० रनको लक्ष्य दियाे

१२ मिनेट अगाडि
एभरेष्ट बेसक्याम्पमा २ अमेरिकन कार्गो ड्रोनको औपचारिक उद्घाटन

एभरेष्ट बेसक्याम्पमा २ अमेरिकन कार्गो ड्रोनको औपचारिक उद्घाटन

१५ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सुकुम्बासी समस्या र समाधानको सही सुत्र

स्वास्थ्य र तन्दुरुस्तीको नयाँ गन्तव्य: नेपालमा बढ्दो ‘आउटडोर जिम’ को लहर

अर्थमन्त्रीको श्वेतपत्रले देखाएको देशको अवस्था

‘रोल नं १’को टिजरमा गरिब परिवारको शैक्षिक बाध्यताको कथा

आजबाट बागमती करिडोरका अवैध संरचना हटाउन सुरू

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक