ईश्वरी सिंह
हाम्रो नेपाली समाजमा महिलाको पहिचान घरसँग मात्र जोडिने प्रचलन छ । महिलालाई घरको काममा मात्र सिमित राख्ने ,वंश जन्माउने मेसिनको रुपमा प्रयोगको सामग्रि मानिने पुुरुषवादी चिन्तन हावि रहेको छ ।
गर्भमा छोरी छ भन्ने कुुरा थाहा पाए देखि विभेदकारी व्यवहार सुरु हुन थाल्छ । केहि शिक्षित वर्गले भेदभाव गर्न छोडे पनि अधिकाशं जसो घरमा अहिले पनि छोरा र छोरी बिचको भिन्नताको व्यवहार अन्त्य हुन सकेको छैन ।
जन्म घरमा रहँदा एउटा महिलाले बुवा,दाजुभाई र समाजकोलागि बाँचि दिनुु पर्ने । प्रेम गर्दा प्रेमिले भने अनुुसार बाँचि दिनुु पर्ने । विवाह भइ सके पछि श्रिमान र उनका घरकाले भने अनुसार बाँचि दिनु पर्ने । छोरा छोरी हुर्कि सकेपछि उनीहरुले भने बमोजिम बाँचि दिनुपर्ने । अनि आफ्नो इच्छा,चाहना र सोचे अनुुसारको काम गर्न न पाउने, आफ्नो व्यक्तिगत विचार अनुुसार बाँच्न न पाउने किन ?
यो प्रश्न धेरै महिलाहरुको मनमा होला तर जबाफ एउटै पाइन्छ । तिमि महिला भएर जन्मिएकी हौ त्यहि भएर परिवार र यो समाजको इज्जत बचाउने ठेक्का तिम्रो हो ।
कस्तो निति नियम हो भनेर कहिले काँहि त मलाई अचम्म र दिक्क पनि लाग्छ । खुुलेर हाँस्यो भने उश्रृंखल भएकी, विचार प्रस्तुुत गर्यो भने कति जान्ने भएर बोलेकी,आफुुलाई चित्त न बुुझेर प्रतिवाद गर्यो भने कति मुख लागेकि,आफुु माथि हिंसा हुदा विरोध गर्यो भने महिला भएर सहन न सकेकी यस्ता कुुरा त कति हो कति भनेर साध्य नै छैन ।
महिलाको विवाह न हुुन्जेल मात्र माइतकाले आफ्नो कर्तव्य ठान्ने गर्छन् ।
विवाह भइ सकेपछि अर्काको घर गइ सकेकी भन्ने अनि श्रिमानका घरकाले पराई घर बाट आएकि भनेर तुच्छ शब्द सुनाउने गर्छन् ।
अनि महिलाको घर खै त ?
उनको पहिचान खै त ?
एउटा महिला बुवाको र श्रिमानको नामबाट मात्र कहिले सम्म परिचित हुनु पर्ने हो ?
यो संस्कारको अन्त्य कहिले हुन्छ सरकार ?
आफ्नो परिचय पाउनकोलागि बुवाको खोजि गरिन्छ । आफुुले जन्माएको बच्चाको पहिचान दिलाउनकोलागि श्रिमानको खोजि गरिन्छ । कुनै कारण वश बुुवा र श्रीमान न भएकि महिलाको पहिचान केहि पनि न हुने हो र ?
महिलाको पनि त जिवन छ । उनि भित्र पनि त प्राण छ ।उनि पनि पुुरुष सरह हरेक क्षेत्रमा अगाडी बढ्न र गर्न सक्छिन् । उनि पनि मानव भएर जन्मिएकी हुुन् । लिङ्गको आधारमा मात्र किन महिलालाई यति धेरै भेदभाव गरिएको होला ।महिलालाई अवसर कोटा होइन अधिकार चाहिएको छ ।
किन बुुझ्दैनन् यो समाजले महिला विना कुुनै व्यक्तिको अस्तित्व नै छैन । महिलाले हरेक घर र संसारलाई सिङ्गारेकी छिन् ।महिला विना यो सृष्टि नै अधुरो र अपुुरो छ ।उ नी पनि खुलेर हाँस्न र बोल्न चाहान्छिन् । उनको पनि आफ्नो व्यक्तिगत विचार हुन्छ ।सोहि विचार अनुुसार उनि आफ्नो जिवनलाई स्तन्त्र रुपले एउटा पंक्षि बनेर उड्न चाहान्छिन् ।
तर जब कुनै महिलाले सार्वजनिक मंचमा उभिएर आफ्नो विचार प्रस्तुुत गर्छिन् । सामाजिक संजालमा राजनितिक विषय वस्तुुमा आफ्नो धारणा प्रस्तुत गर्छिन् भने समाजको एउटा तप्काले उक्त महिलालाई विद्रोही,चरित्रहिन र घमण्डीको संज्ञा दिन थाल्छ । यस्तो लाग्छ कि उनि यो विषयमा अज्ञानि हुन् । उनिमा बौद्धिकता नै छैन जस्तो गर्छन् ।के यो संसारमा महिलाको कुनै अस्तित्व नै छैन ?
उनि घर समहाल्न र पुरुषलाई मनोरंजन दिने साधानको रुपमा मात्र प्रयोग भई रहने हो ?
पुुरुषले राजनीति गर्दा त्यसलाई स्वभाविक मान्ने यो समाजले महिलाले राजनितिमा खुट्टा टेक्न खोज्दा घर परिवार बिगारेको आरोप किन खेप्न पर्ने ?
महिलाहरुले राजनिति गर्न खोज्दा चरित्रहिनको बिल्ला किन भिड्न पर्ने ?
जब महिलाले समाजको विकृति,अर्थतन्त्र,परराष्ट्र नितिको मुद्दामा कलम चलाईन् भने यो समाजलाई असहय हुन्छ । राजनितिमा महिलाको प्रवेशलाई संख्या पुुर्याउने माध्यमको रुपमा मात्र स्विकार गर्छ तर निर्णायक शक्तिको रुपमा स्विकार गर्न किन सक्दैन ?
महिलाहरुले राजनिति गर्न खोज्दा उनिहरुको जिवनको विगत,पहिरन प्रति समाजको संकुचित दृष्टिकोणले गर्दा क्षमतावान महिलाहरु राजनितिमा आउन डराउने अवस्था श्रृजना गरिएको छ ।
पुुरुषले राजनिति सम्बन्धि मंचमा भाषण गर्यो भने प्रभावशालि मान्ने समाजले महिलाले कडा शब्दमा भाषण गर्दा उग्र महिला भनेर संज्ञा दिन कुुनै कसर बाँकि राख्दैनन् ।
हामि धेरै टाढा जानै पर्दैन यस पालिको संसदिय चुुनावको बेलामा विपक्षी दलका नेता र कार्यकर्ताहरुले चितवन क्षेत्र नम्बर ३ बाट चुुनावमा उठेकि सोविता गौतमको घटनालाई लिन सकिन्छ ।
उनको व्यक्तिगत जिवनलाई लिएर भन्न नहुुने र भन्न नमिल्ने कुराहरु माईक समातेर बिच चोकमा उभेर पुरुष नेताहरुले नै ठुल्ठुला स्वरले कराई रहेको सुनेकै हौं । उनको विषयमा सामाजिक संजालमा तथानाम पोष्टहरु राखेर उनको इज्जत माथि धावा बोलेकै हुन् । एउटा नारीले सबै दुख कष्ट सहन सक्छिन् तर उनको इज्जत र आत्मसम्मानमा लागेको चोट सहन धेरै गाह्रो हुन्छ ।
ति तुुच्छ शब्दहरु सुुनेर पनि सोविता गौतमले हिम्मत हारिनन् ।उनले अत्यधिक मत प्राप्त गरेर चुनाव जितेर सांसद भईन् र आज उनि बालेन्द्र साह बालेन सरकारको कानुन मन्त्रि भएकी छिन् ।उनको स्थानमा अन्य महिला भएकी भए त्यसरी हिम्मत जुुटाएर अघि बढ्न गाह्रो हुुन्थ्यो ।तर उहाँले समाजका केहि तत्वहरुले गरेका गालिलाई आफ्नो शक्तिमा परिवर्तन गनुभयो ।आफ्नोे अपमान भई रहँदा पनि आँखाको आँशूलाई आँखा मै रोकेर विश्वासका साथ आफुलाई सम्हाल्नुुभयो ।
हुुनेखानेहरु मात्र राजनितिमा आउने संस्कारले गर्दा महिलाहरु झन् पछाडी परेको देखिन्छ । एउटा चुुनाव नै लड्नुु पर्यो भने पनि टिकट पाउनकोलागि पार्टिमा आर्थिक चलखेल हुुने र लबिङ्ग गर्नुु पर्ने हुँदा महिलाहरुले पाउनुपर्ने स्थान अझै पनि पाउन सकेका छैनन् ।
महिलाहरु राजनितिमा प्रवेश गर्नु भनेको पद पाउनकोलागि होइन नि हजुर,वर्षाै देखि सामाजिक संरचना र सोंच विरुद्धको लडाइँ लड्नकोलागि प्रवेश गर्न खोजेका हुन् ।
जब सम्म महिलाको राजनीतिक सक्रियतालाई उनिहरुको व्यक्तिगत जीवनसँग जोडेर हेर्न छोडिँदैन तबसम्म यो दृष्टिकोणमा परिवर्तन आउन कठिन छ ।


