शनि, जेष्ठ ९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

अमेरिका–इरान युद्धविरामबारे पाकिस्तानी प्रस्तावमा इरानको प्रतिक्रिया

धारणा न्यूज by धारणा न्यूज
२ महिना अगाडि
0
अमेरिका–इरान युद्धविरामबारे पाकिस्तानी प्रस्तावमा इरानको प्रतिक्रिया
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

केशरमणि कटुवाल

इरानमाथि अमेरिकी–इजरायली हमलाको ३८ दिनपछि युद्धविरामको ‘ग्रीन सिग्नल’ आउन सुरु भएको छ । अमेरिकाले सम्झौताका लागि दिएको अन्तिम ४८ घन्टाको समय सकिन केही घन्टा बाँकी हुँदा यो खबर बाहिर आएको हो ।

टाइम्स अफ इजरायलको रिपोर्टअनुसार पाकिस्तानले इरान र अमेरिका दुवै देशलाई युद्धविराम प्रस्ताव पठाएको छ । पाकिस्तानले यो सम्झौतालाई ‘इस्लामावाद एकर्ड’को नाम दिएको छ । अमेरिकाले युद्धविरामका लागि राखेको १५ बुँदे प्रस्तावपछि पाकिस्तानले युद्धविराम सम्झौताको प्रस्ताव तयार गरेको हो । यो प्रस्ताव तयार गर्नुअघि पाकिस्तानले साउदी अरब, टर्की, यमन र इजिप्टका विदेशमन्त्रीसँग छलफल गरेको थियो ।

योसँगै युद्धरत पक्ष अमेरिका र इरानी अधिकारीहरूसँग पाकिस्तानी सेना प्रमुख आसिम मुनिरले पूरै रातभर छलफल गरेर यो प्रस्ताव तयार पारेको बताइएको छ । यो प्रस्तावलाई दुई चरणमा विभाजित गरिएको छ, जसअनुसार पहिलो चरणको युद्धविराम तत्काल लागू हुनेछ भने दोस्रो चरणको युद्धविरामअनुसार १५ देखि २० दिनभित्र अन्तिम सम्झौतालाई पूर्णता दिइनेछ ।

युद्धविराम प्रस्तावअनुसार तत्काल इरानको नियन्त्रणमा रहेको स्ट्रेट अफ होर्मुज खुला गरेर वैश्विक तेल आपूर्ति सामान्य बनाइनेछ । तर, इरानले अस्थायी युद्धविरामको बदलामा स्ट्रेट अफ होर्मुज नखोल्ने बताएको छ । इरानी अधिकारीहरूले पाकिस्तानले पठाएको प्रस्तावमाथि समीक्षा भइरहेको तर दबाबमा कुनै निर्णय नगर्ने उल्लेख गरेका छन् ।

यसअघि अमेरिकी मिडिया एक्सिओसले पनि इरान र अमेरिकाबीच ४५ दिनको युद्धविराम हुन सक्ने उल्लेख गरेको थियो । यही समयमा अमेरिका र इरानबीच शान्ति सम्झौताबारेसमेत छलफल हुन सक्नेछ । इरान र अमेरिकाबीच युद्धविरामका लागि यो ४८ घन्टालाई अन्तिम मौकाका रूपमा व्याख्या भइरहेको छ । किनकि ट्रम्पले यो समयमा युद्धविराम नभए इरानका ऊर्जा र भौतिक संरचनामाथि हमला गर्ने धम्की दिइरहेका छन् । इरानले भने अमेरिकी धम्की अस्वीकार गर्दै अमेरिका र इजरायलले ठूलो हमला गरेमा तेल आपूर्तिको विश्वव्यापी प्रणाली ठप्प पारिदिने चेतावनी दिएको छ ।

अल जजिराका अनुसार इरानले होर्मुजसँगै अन्य समुद्री मार्गलाई समेत निसाना बनाउन सक्ने बताएको छ । इरानी सर्वोच्च नेताका सल्लाहकार अली अकबर बेलायतीले कुनै पनि ठूलो सैन्य कारबाहीको जवाफ सैन्य स्तरमा मात्रै नभई वैश्विक ऊर्जा र व्यापारमाथि समेत असर पुर्‍याएर दिइने धम्की दिएका छन् ।

यसको अर्थ अमेरिका र इजरायलले इरानका ऊर्जा र भौतिक संरचनामा थप हमला गरेमा इरानले स्ट्रेट अफ होर्मुजसँगै बाब अल–मण्डेबजस्ता प्रमुख समुद्री मार्गसमेत इरानको निसानामा पर्नेछन् । इरानको समर्थनप्राप्त हुथी विद्रोहीले इरानमाथिको हमलाको बदलामा रेड सीमाथि निसाना बनाउने धम्की दिइसकेको छ ।

एकातिर अमेरिकाले युद्धविरामको प्रस्ताव अघि बढाइरहँदा इरानमाथि निसाना बनाएर हमला पनि भइरहेको छ । अमेरिकाले ऊर्जा संयन्त्रमा हमला गर्न ४८ घन्टे अल्टिमेटम दिइरहँदा इरानमाथि भने लगातार हमला भएको हो । सोमबार मात्रै बुशेहर शहरमा रहेको इरानको एक मात्रै एक्टिभ न्युक्लियर इनर्जी प्लान्टमा हमला गरेको छ । यो हमलासँगै इरानले अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सी (आईएईए) को भूमिकालाई लिएर प्रश्न उठाएको छ ।

यो प्लान्टमा पछिल्लो युद्ध सुरु भएयता मात्रै चारपटक हमला भइसकेको छ । यो हमलापछि इरानले रेडियो एक्टिभ विकिरण फैलिन सक्ने चेतावनी दिएको छ । आइतबार मात्रै तेहरान विश्वविद्यालयमा हमला गरेको थियो भने सोमबार पनि तेहरान र आसपासका क्षेत्रमा तीव्र हमला भइरहेको छ ।

तेहरानसहित इरानमा सोमबार मात्रै इजरायल र अमेरिकाको हमलामा ६ जना बालबालिकासहित ३४ जनाले ज्यान गुमाएका छन् । इरानका बहारेस्तान इलाकाको एक मानव बस्तीमा निसाना बनाएर हमला भएको हो । यो हमलामा सर्वसाधारणका ४ सयभन्दा बढी घर क्षतिग्रस्त भएका छन् ।

इरानले पनि अमेरिकी इजरायली हमलाको जवाफस्वरुप हाइफाका १० स्थानमा मिसाइल हानेको छ, जसमा दर्जनौं घाइते भएका छन् । योसँगै कुवेतको बुबियान द्विपमा रहेको अमेरिकी सैन्य अड्डामा पनि ड्रोन हमला गरेको छ । इरानले अमेरिकी स्याटेलाइट सिस्टम र गोलबारुदलाई निसाना बनाएर हमला गरेको हो । यसबाट इरानले यो युद्ध भयानक रूपमा लडिरहेको संकेत गरेको छ । किनकि अमेरिकी सेनाको बारम्बार हमलामा परेपछि आरिफजान क्याम्पबाट हटाएर बुबियान द्विपमा तैनाथ गरेको सिस्टममाथि समेत भीषण हमला गरेको छ ।

अमेरिकाले वार्ताको प्रस्ताव गरिरहँदा इरानभित्र असंख्य रूपमा हमला गरिरहेको छ । यही क्रममा इरानको रिभोल्युसनरी गार्डका इन्टेलिजेन्स प्रमुख मेजर जनरल सैयद मजिद खदेमीसमेत मारिएका छन् । इरानले यो हमलामा अमेरिका र इजरायल जिम्मेवार रहेको भन्दै देशलाई अस्थिर बनाउने षड्यन्त्र भएको बताएको छ । इरानले खदेमीको निधनलाई ठूलो नोक्सानी भएको बताएको छ ।

इरानमा विश्वविद्यालय र भौतिक संरचनालाई निसाना बनाएर गरिएको हमलाको अमेरिकी डेमोक्र्याट सांसदले नै विरोध गरेका छन् । सांसद यासमिन अन्सारीले तेहरानको शरीफ विश्वविद्यालयमा भएको हमलाको निन्दा गरेकी छन् । उनी इरानी मूलकी अमेरिकी सांसद हुन् । यो विश्वविद्यालय इरानका वैज्ञानिक र इन्जिनियर उत्पादन गर्ने विश्वविद्यालय हो । सन् १९९६ मा स्थापना भएको शरीफ विश्वविद्यालयमा अध्ययन गरेका विद्यार्थीले सिलिकन भ्यालीमा ठूला प्रविधि कम्पनी खडा गरिसकेका छन् ।

यो युद्ध सुरु हुनुअघिदेखि नै अमेरिकाको दोहोरो भूमिका देखिँदै आएको छ । एकातिर वार्ता चलिरहँदा इजरायलसँग मिलेर हमला गरेको अमेरिका अहिले पनि वार्ता र सम्झौताको कुरा गर्दै आक्रमण भने जारी राखेको छ । सुरुमा इरानलाई नि:सर्त आत्मसमर्पण गर्न धम्कीसहित सुरु गरेको युद्धमा इरान एकाएक भारी परेपछि ट्रम्प सम्झौता गरेर भए पनि युद्धबाट भाग्ने रणनीतिमा देखिन्छन् । किनकि यो युद्धमा अमेरिकाले अनाहकमा खर्बौं डलर गुमाएको छ भने विश्व मञ्चमा अमेरिकाको छविमा ठूलो क्षति पुगेको छ ।

अमेरिकाले हमलाका लागि ल्याएका विमानवाहक युद्धपोतदेखि खाडी देशमा रहेका अमेरिकी थाड, प्याट्रियोटजस्ता डिफेन्स सिस्टम र स्याटेलाइट प्रणाली इरानले मिसाइल हानेर खरानी पारिदिएको छ ।

यसले अमेरिकाको साथ हुँदा आफ्नो रक्षा नहुने निष्कर्षमा खाडी देशसमेत पुगिरहेका छन् भने अमेरिकाका परम्परागत सहयोगी रहेका कुनै पनि देशले अमेरिकालाई साथ दिएनन् । अर्कोतिर, यो हमलामा इजरायलले समेत ऐतिहासिक क्षति भोगेको छ । तर, यो युद्धविराम प्रस्तावमा इजरायलको पक्ष भने आएको छैन । यसको अर्थ इरान र अमेरिकाबीचको युद्धविराममा इजरायल नसमेटिनु भनेको यी दुई देशबीच थप युद्ध लम्बिन सक्छ ।

त्यो भनेको अमेरिकी अप्रत्यक्ष सहयोगमा इजरायलले इरानविरुद्ध युद्ध जारी राख्ने, इरानमाथि अस्थिरता फैलाइरहने, त्यहाँका राजनीतिक र सैनिक नेताको हत्या गर्ने सम्भावना अझै रहन्छ । त्यसैले इरान यी सबै परिस्थितिको समीक्षापछि मात्रै युद्धविरामबारे अन्तिम निष्कर्षमा पुग्ने मनस्थितिमा देखिन्छ । शिलापत्र

यो पनि पढ्नुहोस्

मधेस प्रदेशका सांसदहरुसंग छलफल सुरु

मधेस प्रदेशका सांसदहरुसंग छलफल सुरु

१२ घण्टा अगाडि
नेपाले अमेरिकालाई ३१८ रनको लक्ष्य प्रस्तुत

नेपाले अमेरिकालाई ३१८ रनको लक्ष्य प्रस्तुत

१३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

को हुन् भारतमा ‘कक्रोज जनता पार्टी’ बनाउने अभिजीत ?

नेपाले अमेरिकालाई ३१८ रनको लक्ष्य प्रस्तुत

इद–उल–अजहाका अवसरमा सार्वजनिक बिदा

एमालेले फिर्ता गर्‍यो भीआईपी उपचारको साढे तीन करोड

मगर संघको १३ औं राष्ट्रिय महाधिवेशन सुरु

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक