आइत, जेष्ठ ३१, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

रास्वपा सभापति रवि लामिछानेले गरे नयाँ राजनितिक संस्कारको उदय

धारणा न्यूज by धारणा न्यूज
२ महिना अगाडि
0
प्रमुुख अतिथि बन्ने हैन,सेवक बनेर काम र्गनुुस्
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

बालेन्द्र सरकार बालेनको पहिलो संसद बैठकमा फेरी एकचोटी रास्वपाका सभापति रवि लामिछाने जनताको मन मुुटुुमा बस्न सफल भएका छन् । यस अघि रास्वपा कै दुुई दिने अभिमुुखिकरण तालिममा आफ्ना भाषणबाट उनले सांसदहरुलाई चेतावनि,प्रेम का साथै अनुुशाशनमा रहेर काम गर्नुु पर्ने सल्लाहका शब्दहरु वाह वाह भन्ने खालको थियो ।
त्यसैगरि फेरी सरकारको पहिलो संसद बैठकको रोष्टममा उभिएर सभापति लामिछानेले शहिदहरुलाई झुुकेर सम्मान र वर्षै देखि विभेद र यातनाको शिकार भएका दलित समुुदायहरुसँग माफि मागेको दृष्यले झन् मन छोयो ।वास्तवमा दलित समुुदायको सिप चाँहि चल्ने तर पानी न चल्ने,उनिहरुले छोएका चिजहरु बिटुुलो हुुने तर दान दिएको रगत चाँहि चल्ने ?
जस्को हातमा सिप छ उनिहरुलाई विभेदकारी व्यवहार गरेकै कारण यो देशको विकाश हुुन न सकेको कुुरा बताई रहँदा वास्तवमा हामि मानवले मानवता नै भुुले जस्तो लाग्यो ।वैदेशिक रोजगारीमा आफ्ना परिवारसँग टाढा रहेर पैसा सँग आफ्नो पसिनासँग साटेको रेमिटेन्सले देश चलि रहेको छ ।उनिहरुको त्यागलाई पनि सम्मान गर्दै सभापति लामिछानेले रोष्टम बाटै माफि मागे ।
संसद भवनको यो दृष्यले विदेशमा रहेका नेपालिहरुको आँखाबाट अवश्य आँशुु बग्यो होला । रवि लामिछाने जस्तो नेता पाएकोमा हाम्रा दाजुुभाईहरुले विदेशबाटै गर्व महसुुस गरेका होलान् । कतिपयले त सामाजिक संजाल मार्फत विगतमा सभापति लामिछानेलाई तथानाम लेखेको प्रति माफि समेत मागेको देखें ।
चुनाव जितेर गए पछि राजनितिक दलका नेताहरु आफुुलाई जंगलको शेर झै गर्जिएको हामिले देखेका छौं । तर सभापति लामिछानेले प्रतिपक्षमा रहेका राजनितिक दलका नेताहरुलाई हामि माथि चौबिसै घण्टा निगरानी राख्नुु है भनेको सुुन्दा उनको मन कति स्वच्छ रहेछ भन्ने कुुरा महसुुस गर्न सकिन्छ ।
हामि नयाँ छौं , पुुराना दलहरुसँग राजनितिक अनुुभव छ । हामिबाट गल्ति कमजोरी भएमा उजागर गरि दिनुुहोला,बाटो बिरायौं भने सच्याई दिनुुहोला ।जनताबाट टाढा भयौं भने जनताको आवाज सम्झाई दिनुुहोला । लोकतन्त्रमा पक्ष र प्रतिपक्ष प्रतिस्पर्धि नभई एक अर्काका पुुरक पनि हुुन् । एकले काम गर्छ अर्कोले निगरानी गर्नुर्पछ । निगरानी गरिएन भने अहंकार बढ्न सक्छ ।हुुन पनि हो सत्ता र सम्पत्ति प्राप्त भयो भने मान्छेको अहंकार बढेर त्यस्को दुुरुपयोग हुुने अवस्था पनि त आउन सक्छ ।
यि शब्दहरु आज सम्म कुुनै पनि नेताले भन्ने हिम्मत बोकेर संसदको रोष्टममा उभिएको थिएन होला ।सभापति लामिछानेले प्रधानमन्त्री र मन्त्री पदहरुमा आफ्ना सहयात्रिहरुलाई राखेर आफुु पार्टीको सभापति पदमा बसेर त्याग त पहिल्यै दि सकेका छन् । उनलाई त्यागि नेता भनि रहँदा १ प्रतिशत पनि फरक पर्दैन होला ।किनकी यो कुुरा उनले आफ्नो व्यवहारबाट प्रमाणित पनि गरि सकेका छन् ।
तपाँइहरु इतिहास पल्टाएर र्हेनुुस् त रोष्टममा उभिएर विपक्षि नेताहरुलाई कसैले आज सम्म यस्तो भनेका थिए त ?
यस अघिका नेताहरु पक्ष बिपक्षमा हुुँदा पानी बाराबार हुुन्थ्यो । उनिहरुबिच गालिगलौज र  काटाकाट हुुने र्गथ्यो । उनिहरु भित्र भित्रै गठबन्धन गरे पनि बाहिर कार्यकर्ताहरु बिच हानाहान शुुरु हुुन्थ्यो ।तर सभापति लामिछानेले आज त्यस्तो संस्कारको अन्त्य गरि दिएका छन् ।
यस अघिका संसद बैठकहरुमा बहस र छलफ न भई राजनिति प्रतिशोध साध्ने थलोको रुपमा प्रयोग भएको जनताले देखेकै हुुन् । प्रतिपक्षको कुुरा लागुु भएन भने आफुु बस्ने कुुर्सि उठाउँदै भाँच्ने र माईकको तार काटिदिने प्रवृति पनि जनताले भुुलेका छैनन् ।सभापति रवि लामिछानेले बोल्नकोलागि समय लिएर उभि रहँदा उनलाई लत्याएर हिँडेका नेताहरुको अनुुहार सम्झनुुस् त,तर बालेन सरकारको पहिलो संसदमा रास्वपा सभापति लामिछानेले त्यस्ता अनुुशाशन हिन क्रियाकलापहरु अब न हुुने भनेको सुुन्दा जनताहरुले दिएको मतको कदर भएको छ ।
अझ उहाँले त लोकतन्त्रमा सबैको आवाज सुुनिनुु पर्छ । विपक्षि दलका जायज चुुनावि प्रतिबद्धताहरुलाई पनि सरकारले स्वामित्वमा लिन तयार रहेको बताउनुुभयो ।
पुुराना दलहरुले उहाँलाई शहकारी ठगको ट्याग लगाएर नेपाल भरिका अदालत र जेलमा राखेर राजनितिक प्रतिशोध साध्यो तर पनि उहाँले ति दुुख र पिडालाई बिर्सिएर आफुुहरुले बदलाको भाव न राख्ने भन्ने अभिव्यक्ति दिँदा हामिले लायकको नेतालाई जिताएर संसदमा पठाएको भान जनतालाई भएको छ ।
संसदमा उहाँले जनताको जनमतले सिंह दरबार चलाउन न भई बदल्न पठाएको कुुरा संझदै जनमतलाई परिर्वतनको मतको रुपमा परिर्वतन गर्न रास्वपा र सरकारले प्रमाणित गरि सकेको कुुरा पन उल्लेख गरि रहँदा संसद भवनमा रहेका सांसदहरु एक टक भएर सुुनि रहेका थिए ।
तपाँईहरुलाई याद छ कि बिर्सिनुुभयो ?
यस अघिका संसदका बैठकमा कुुर्सिहरु खालि हुुने गर्थे ।यस्तो लाग्थ्यो कि संसद भवनमा नौटंकी चलि रहेको छ । यदि सांसदहरु संसद बैठकमा पुुगि हाले पनि कोहि सुुति रहेका हुुन्थे,कोहि मोबाइल चलाएर बस्थे,कोहि कुुरा गर्दै हाँसेर बस्थे ,कोहि र्याल चुुहाउँदै पुुछेर बस्थे । मिडीयाहरु पनि संसदमा को बोल्दै छ भन्दा पनि यस्तै यस्तै चर्तिकलाहरु आफ्ना क्यामेरामा कैद गरेर बस्नुुपर्ने बाध्य बनाइन्थ्यो ।
जेन्जी आन्दोलन पश्चात चुुनावले युुवा नेताहरुलाई जिताएर संसदमा पठाएका छन् ।कर्मचारी तन्त्रले वाक्क दिक्क भएका जनताहरुलाई अब मुुक्त दिलाउन नयाँ सरकारको गठन भएको छ ।सरकारका प्रधानमन्त्री र मन्त्रीहरुले सपथ खाएको केहि मिनेट देखि नै रात दिन न भनि कार्यक्षेत्रमा लागि सकेका छन् । दिन गनेर भन्दा पनि सेकेन्ड गनेर अहिलेको सरकारले आफ्ना कामहरु अगाडी बढाएको हामिले देखि नै रहेका छौं । यहि रफ्तारमा कामहरु अगाडी बढ्ने हो भने जनताले चाहेको नेपाल निर्माण हुुन समय लाग्दैन । तर रफ्तार चाँहि टुुट्न हुुँदैन ।
हाल नेपालको अर्थतन्त्र धरासायि बन्दै गएको छ ।हरेक क्षेत्र प्रताडित अवस्थामा छ ।भएका व्यापार र व्यवसाय बन्द हुुँदै गएका छन् ।देशमा बेरोजगारी समस्याले गर्दा युुवाहरु विदेशिन बाध्य छन् ।
यि सम्पुुर्ण विषयवस्तुुहरुलाई मनन गरेर नै होला सभापति लामिछानेले स्वदेशि र विदेशि लगानीकर्ताहरुलाई र्निधक्क भएर लगानी गर्न अपिल गरि रहँदा कति युुवाहरुको मनमा खुुशि छायो होला । लगानी भित्रियो भने हजारौं युुवाहरुले स्वदेश मै बसेर काम गर्ने मौका पाउनेछन् ।
जुुनसुुकै क्षेत्रमा पनि हामि पुुग्यौं भने हामि पुुग्नुु भन्दा पहिले नै बिचौलिया दलालहरु कुुरेर बसेको हुुन्थे । हरेक सरकारी कार्यालय र व्यापार व्यवसायमा बिचौलियाहरुले गर्दा जनताहरुले यति धेरै दुुख पाएका थिए जस्को कुुनै लेखा जोखा नै थिएन ।तर नयाँ सरकार बने सँगै बिचौलियाहरु धमाधम समातिदैँ छन् ।अहिले बिचौलियाहरुको भागाभाग शुुरु भै सकेको छ ।हामि जनताहरुले कर तिरेर सरकारलाई पाल्ने तर सरकारले जनताहरुलाई कुुनै किसिमको सुुविधा न दिएको अवस्थामा रास्वपा एउटा आशाको किरण लिएर उदाएको छ ।
रास्वपा पार्टिले महिलाहरुलाई ३३ प्रतिशत अवसरको रुपमा नभई अधिकारको रुपमा स्थान दिएको देख्दा महिलाहरु राजनितिक क्षेत्रमा लाग्न प्रेरित भएका छन् ।३३ प्रतिशतको नाममा आज सम्म जति पनि सरकार निर्माण भए सबैले ठग्दै आएका थिए ।स्थान पाई हाल्यो भने पनि नेताहरुले आफ्ना श्रिमति,सालि,आफन्त लगायतलाई प्रत्यक्षमा न मिले पनि समानुुपातिकमा छिराइ हाल्थे ।हामि सर्वसाधारण महिलाहरुले त्यस स्थान सम्म पुुग्न त परै जाओस् सोच्न समेत हिम्मत गर्न सक्थेनौ ।चुुनावको टिकेटकोलागि करोडौंको बार्गेनिङ्ग हुुने र्गथ्यो ।
बार्गेनिङ्ग गरेर चुुनाव जित्ने अनि सरकारमा समावेश भएर भ्रष्टाचार गर्ने ।
पुुराना दलहरुले राजनितिलाई सेवाको रुपमा नभई व्यापारको रुपमा फस्टाउने काम गरेका थिए । पैसा हुुने व्यक्तिले मात्र राजनिति गर्न पाउने संस्कार बेकेर हिँडेका थिए ।तर अब त्यस्तो घिनलाग्दो संस्कारको अन्त्य भई गुुणस्तर व्यक्तिले पनि राजनिति गर्न पाँउछ भनेर रास्वपा पार्टि उदाहरणीय बनेको छ ।बर्तमान सरकार र संसद भवनमा महिलाहरुको सहभागिता देखेर अब अवसर नभई महिलाले राजनिति गर्न पाउने अधिकार हो भनेर म र म जस्ता हजारौं महिलाहरुले राजनितिमा प्रवेश गर्ने बाटो खुलेको छ । जनधारणा साप्ताहिक

यो पनि पढ्नुहोस्

प्रतिनिधि सभामा विनियोजन शीर्षकमाथि आगामी छलफल हुने

प्रतिनिधि सभामा विनियोजन शीर्षकमाथि आगामी छलफल हुने

५१ मिनेट अगाडि
कामपाले विद्युतीय भवन अनुमति प्रणालीको उपयोग गर्ने प्रबन्ध मिलाउने

कामपाले विद्युतीय भवन अनुमति प्रणालीको उपयोग गर्ने प्रबन्ध मिलाउने

३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

स्कटल्यान्डले हाइटीमाथि १–० को जित निकाल्यो

रास्वपाको बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित

आज विश्व रक्तदाता दिवस

पाल्पामा हालसम्म ८४२ जनामा एचआइभी सङ्क्रमित

कामपाले विद्युतीय भवन अनुमति प्रणालीको उपयोग गर्ने प्रबन्ध मिलाउने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक