आइत, साउन ३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

देशको पछिल्लो राजनीतिक स्थिति बिकास बारे नेकपाको प्रारम्भिक मूल्यांकन

धारणा न्यूज by धारणा न्यूज
४ महिना अगाडि
Reading Time: 1 min read
0
प्रकृतिलाई जोगाउने कि भयावह संकटको भुँवरीमा पर्ने ?
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं ।  नेपाल कम्युनिष्ट पार्टी केन्द्रिय कार्य सम्पादन समितिको बैठक पार्टीका संयोजक क. लोकनारायण सुबेदीको संयाजकत्वमा बस्यो । सम्पन्न जुम बैठकमा कार्य सम्पादन समितिका सदस्हरु सबैको उपस्थिति रहेको थियो । बैठकले अन्य कुराका अतिरिक्त पछिल्लो राष्ट्रिय राजनीतिक स्थितिका बारेमा यस्तो प्रारम्भिक मूल्यांकन गरेको छ :

देश बिगत लामो समयदेखि चरम भ्रष्टाचार, ब्यापक बेरोजगारी, निरन्तर असुरक्षा,बढ्दो महँगी र कुशासनले ग्रस्त रहँदै आएको र सत्तामा पालै पाले रहेबसेका ठूला दल र तिनको नेताहरूबीच तिनै बिकृति र बिसंगतिको प्रतिस्पद्र्धाका लागि निरन्तर हुने गरेको सत्ता संघर्षले अस्थिरतमा मात्र बढेको होइन, देश र जनताका मूलभूत समस्या पनि समाधान नभएको र स्थिति झनै जर्जर र कमजोर बनाउँदै लगेको थियो। बिग्रदो यही पृष्ठभूमिमा सामाजिक सञ्जालमाथिको प्रतिबन्धले जनआक्रोशलाई थप चर्कायो र २०८२ भाद्र २३ गते नब यूवाहरू(जेञ्जीहरु)ले शान्तिपूर्ण आन्दोलन घोषणा गरे।तर त्यो आन्दोलनलाई योजनाबद्ध रूपमा भड्काई हिंसात्मक बनाइयो र त्यसको क्रूर दमनको क्रममा १९ जना निर्दोष युवा विद्यार्थीको नृशंश हत्या भयो । त्यसै दिन तत्कालीन गृह मन्त्री रमेश लेखकले राजीनामा गरे भने भोलिपल्ट प्रधानमन्त्री केपी आअ‍ेलीले पनि राजीनामा दिए । तर पनि उत्तेजित स्थिति शान्त भएन ।
परिणामस्वरूप भाद्र २४ गते अराजक किसिमले तर पूर्ब नियोजितढंगले संसद भवन, सिंहदरबार, सर्बोच्च अदालत, प्रधानमन्त्री, निबास, राष्ट्रपति निवास, ब्यापारिक प्रतिष्ठान, नीजी निवास भयावह आगजनी, व्यापक तोडफोड, र लुटपाटका शिकार बनेर भस्म भए । यहाँसम्म कि देश र जनताका मूर्धन्य र सर्बोच्च नेता बीपी कोइराला र कमरेड पुष्पलाल समेतका शालीक र प्रतिष्ठनहरू तोडफोडको शिकार बने । देश सरकार र राज्यबिहीन अराजकताको भुँवरीमा पुग्यो । थप ५७ जना मानिसहरु माएि । जेलहरुबाट संगीन अपराधीहरु पनि छोडिए । यस प्रकारको ठूलो सन्देहास्पद स्थितिमा संबिधान बिपरीत सुशिला कार्की नेतृत्वको सरकार बन्यो । अनि त्यसले यी तमाम घटनाहरूको उचित छानबिन र दोषीलाई कारबाहीको माग व्यापकरूपमा उठेकोले त्यसको निष्पक्ष छानबिन र कारबाहीको सिफारीसका लागि गौरीबहादुर कार्कीको नेतृत्वमा जाँचबूझ आयोग पनि गठन गर्यो । तर त्यसले एकातिर चुनाव पछि मात्र प्रतिबेदन दियो भने अर्कोतिर आयोगका अध्यक्ष कार्की पूर्बाग्रही रहेको सर्बोच्च अदालतले नै दर्शाइसकेको थियो । बिधिवत सरकारले सार्बजनिक नगरेको भए पनि प्रेसमा आएको त्यो प्रतिवेदन अपूर्ण, पक्षपाती र सन्देहास्पद किसिमको रहेको चर्चा अहिले ब्याप्त छ ।

यस स्थितिमा सरकारले कानुनी प्रक्रिया पूरा नगरी हतार हतारमा तत्कालै पूर्ब प्रधानमन्त्री केपी ओली र पूर्ब गृहमन्त्री रमेश लेखक लगायतलाई ज्यान मुद्दाको अभियोगमा पक्राउ गर्नु र सुरक्षाकर्मीप्रति फरक मापदण्ड अपनाउनु विधिको शासनविरुद्ध अधिनायकबादी प्रबृत्तिको संकेतकोरूपमा बिज्ञहरूले लिइरहेका छन् भने उचित नियमन र ब्यवस्थित गर्नुको साटो जनताले लडेर ल्याएका र संबिधानले प्रत्याभूत गरेका कतिपय जनाधिकार खोस्ने या खारेज गर्ने अभिब्यक्तिले समेत लोकतान्त्रिक मूल्य मान्यता र बिधिको शासनको वकालत गर्ने नब गठित करीब दुइ तिहाई मतको यो सरकार शुरूदेखि नै स्वेच्छाचारी तथा फासीवादी दिशातर्फ उन्मुख हुन थालेको आशंका खडा हुन र बढ्न थालेको छ । यसप्रति शुरुदेखि नै खबरदारी गर्दै नब गठित सरकारले नेपाल र नेपाली जनताको हितमा राम्रो काम गरोस् भन्ने नेपाली जनताको सद्कामनाको नेपाल कम्युनिष्ट पार्टी सम्मान प्रकट गर्दछ ।

बिगतदेखि बिकसित हुँदै आएका समग्र घटनाक्रमका अतिरिक्त देशको अर्थ–राजनीतिक तथा सामाजिक–साँस्कृतिक यथास्थितिमा पहिलदेखिकै बढ्दो बाह्य हस्तक्षेप र भू–राजनीतिक असन्तुलनको चपेटामा पर्दै आएको हाम्रो देश झनै अस्थिरता, अन्योल तथा सम्भावित भीषण द्वन्द्को चपेटामा पर्ने खतरा सन्निकट हुँदै गएको यथार्थ संकेतप्रति आँखा चिम्लन मिल्दैन । त्यसैले यस्तो संगीन घडीमा जन अधिकार, न्याय, समानता, स्वतन्त्रता तथा राष्ट्रिय स्वाधीनता र सम्प्रभूताको रक्षाका लागि सबै साम्राज्यबाद, प्रतिगमन र यथास्थितिबाद बिरोधी देशभक्त, प्रगतिशील, निष्ठाबान कम्युनिष्ट तथा जनतान्त्रिक शक्ति एबं सम्पूर्ण जन समुदालाई अझ बढी सचेत,अझ बढी एकताबद्ध र अझबढी संघर्षशील बन्न र सशक्त खबरदारी गर्न एकजुट हुन तथा स्वाधीन राष्ट्रिय एकता निर्माण गर्न नेपाल कम्युनिष्ट पार्टी जोडदार आह्वान गर्दछ ।

 

 

यो पनि पढ्नुहोस्

एमालेलाई एक्ल्याउने प्रयास

एमालेलाई एक्ल्याउने प्रयास

१ दिन अगाडि
सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था आवश्यक

सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था आवश्यक

३ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

उत्कृष्ट सेवाकेन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड

भू-माफियाले कब्जा गरेकाे सार्वजनिक जग्गा जोगाउन हारगुहार

ऐतिहासिक बन्दै ‘म मदनकृष्ण’को बायोपिक

एमालेलाई एक्ल्याउने प्रयास

अवकास पाइसकेका व्यक्तिलाई करारमा नराख्न पत्राचार

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक