आइत, जेष्ठ ३१, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

सुशासनको गन्तव्यमा बालेन सरकार

धारणा न्यूज by धारणा न्यूज
२ महिना अगाडि
0
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

–निमकान्त पाण्डे
वालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले सुशासनलाई गन्तव्य बनाएर कामकारबाही सुरु गरेको छ । सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले शासकीय सुधारका लागि १०० बुँदे कार्यसूची स्वीकृत गरेको छ । यो सूचीमा प्रशासनिक सुधार, डिजिटल शासन, भ्रष्टाचार नियन्त्रण, कर्मचारी प्रशासनको पुनर्संरचना, शिक्षा सुधार र सेवा सरलीकरण जस्ता महत्वपूर्ण एजेन्डा समेटिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले तयार पारेको ‘सुशासन ब्लुप्रिन्ट’ ले पनि यो दिशा स्पष्ट पार्छ । यो ब्लुप्रिन्टले स्मार्ट प्रविधि, दक्ष जनशक्ति र नागरिक केन्द्रित सेवालाई प्राथमिकता दिएको छ । सरकारको १०० बुँदे एजेन्डामा राष्ट्रिय एकीकृत डिजिटल शासन प्लेटफर्म स्थापना गर्ने, नागरिक एपमार्फत सबै सेवा एकीकृत गर्ने, पेपरलेस र फेसलेस शासनको जग बसाल्ने प्रतिबद्धता छ । यो कदमले बिचौलिया र घुसखोरीको अवसर घटाउने अपेक्षा गरिएको छ ।
सुशासनको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो । बालेन सरकारले यसलाई प्रणालीगत रूपमा सम्बोधन गर्न १५ दिनभित्र प्रधानमन्त्री कार्यालय मातहत अधिकार सम्पन्न सम्पत्ति छानबिन समिति गठन गर्ने निर्णय गरेको छ । २०४६ सालदेखि सार्वजनिक पदमा रहेका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्ने, सन्देहास्पद वित्तीय कारोबारको स्वचालित पहिचान गर्ने र जोखिममा आधारित रेड फ्ल्याग प्रणाली लागू गर्ने योजना छ । राष्ट्रिय सतर्कता केन्द्रको पुनर्संरचना, नेपाल राष्ट्र बैंकमार्फत डिजिटल सम्पत्ति लगत स्थापना जस्ता कदमले दण्डहीनताको अन्त्य गर्ने लक्ष्य राखेको छ । विगतमा भ्रष्टाचारका ठूला–ठूला काण्डहरू छानबिन नहुने वा राजनीतिक प्रभावले ढाकछोप हुने गरेका थिए । अब यो सरकारले त्यसलाई चुनौती दिने साहस देखाएको छ । यदि यो प्रतिबद्धता इमानदारीपूर्वक कार्यान्वयन भयो भने नेपालको शासन प्रणालीमा ठूलो परिवर्तन आउन सक्छ ।
कर्मचारी प्रशासन सुधार यो सरकारको अर्को प्राथमिकता हो । सुशासन ब्लुप्रिन्टले कर्मचारी संयन्त्रलाई नागरिक केन्द्रित, दक्ष र अनुशासित बनाउने रोडम्याप प्रस्तुत गरेको छ । पुराना ऐन–कानुन खारेज गर्ने, पदोन्नति र तलब संरचनालाई प्रोत्साहनमूलक बनाउने, राजनीतिक हस्तक्षेपमुक्त प्रशासन निर्माण गर्ने योजना छन् । हाल १७४ पालिकामा प्रमुख प्रशासकीय अधिकृत नभएको अवस्थालाई सुधार्दै स्थानीय तहमा पनि सुशासन पु¥याउने लक्ष्य छ । शिक्षा क्षेत्रमा पनि ठूलो सुधारको योजना छ, विद्यार्थी राजनीति प्रतिबन्ध, कक्षा ५ सम्म परीक्षा खारेजजस्ता कदमले शिक्षा प्रणालीलाई राजनीतिमुक्त र गुणस्तरीय बनाउने प्रयास सुरु भएको छ ।
बालेन सरकारको यो यात्रा चुनौतीरहित भने छैन । नेपालको अर्थतन्त्र संकुचित छ, बेरोजगारी उच्च छ, युवा विदेश पलायन भइरहेका छन् । रास्वपाको घोषणापत्रले आर्थिक वृद्धिदर ७ प्रतिशत कायम गर्ने, प्रति व्यक्ति आय ३ हजार डलर पु¥याउने, १२ लाख रोजगारी सिर्जना गर्ने र विद्युत् उत्पादन १५ हजार मेगावाट पु¥याउने लक्ष्य राखेको छ । तर यी लक्ष्य हासिल गर्न ठूलो लगानी, नीतिगत स्थिरता र अन्तर्राष्ट्रिय सहयोग आवश्यक छ । भारत–चीन–अमेरिका बीच सन्तुलित कूटनीति कायम गर्दै ‘नेपाल पहिलो’ नीति लागू गर्नुपर्ने चुनौती पनि छ । अर्कोतर्फ, राजनीतिक स्थिरता कायम गर्नु पनि ठूलो परीक्षा हो । रास्वपाले संसदमा ठूलो बहुमत प्राप्त गरेको छ तर आन्तरिक एकता, पुराना शक्ति केन्द्रहरूको विरोध र कार्यान्वयन क्षमता मुख्य मुद्दा बन्न सक्छन् । राष्ट्रिय स्तरमा कदम चाल्दा अझ सावधानी अपनाउनुपर्नेछ । सांसदहरूसँग चरणबद्ध संवाद, प्रदेशगत समस्या सम्बोधन र सांसदहरूलाई विकास प्रक्रियामा सहभागी गराउने बालेनको शैलीले भने समावेशी शासनको संकेत दिएको छ ।
सुशासनको गन्तव्य भनेको केवल भ्रष्टाचार नियन्त्रण वा डिजिटल सेवा मात्र होइन । यो जनताको दैनिक जीवनमा परिवर्तन ल्याउन स्वास्थ्य, शिक्षा, रोजगारी, पूर्वाधार र सामाजिक न्यायमा परिवर्तन ल्याउने विषय पनि हो । सरकारले अनुत्पादक खर्च कटौती गर्ने, स्मार्ट हुलाक र नागरिक सहायता केन्द्र स्थापना गर्ने योजना बनाएको छ । यदि यी काम १०० दिनभित्र देखिने गरी अघि बढे भने जनताको भरोसा थप मजबुत हुनेछ । नेपालको युवा पुस्ता जेनजीको आन्दोलनले पुरानो शासन शैलीविरुद्ध विद्रोह गरेको थियो । त्यही आन्दोलनको परिणामस्वरूप बालेन जस्ता नयाँ नेतृत्व उदाएका हुन् । अब उनीहरूको अपेक्षा उच्च छ, नेतृत्वले इमानदारी, निष्ठा र परिणाम देखाउनुपर्छ । बालेन स्वयंले सामाजिक सञ्जालमार्फत प्रत्यक्ष संवाद गर्ने शैली अपनाएका छन्, जसले पारदर्शितालाई बढावा दिन्छ । तर सामाजिक सञ्जालको शक्ति सँगै जिम्मेवारी पनि छ । आलोचना सुन्ने, सुधार गर्ने र जनतासँग जोडिने क्षमता नै यो सरकारको सफलताको कडी हुनेछ ।
अन्तर्राष्ट्रिय सन्दर्भमा पनि बालेन सरकारलाई अवसर र चुनौती दुवै छन् । भूराजनीतिक सन्तुलन कायम राख्नुपर्ने दबाब पनि छ । युवा मन्त्रीहरूको टिम (स्वर्णिम वाग्ले अर्थ, शिशिर खनाल विदेश, सुदन गुरुङ गृह आदि) ले नयाँ ऊर्जा दिन सक्छ तर अनुभवको कमी पूर्ति गर्न सल्लाहकार र विज्ञहरूको भूमिका महत्वपूर्ण हुन्छ । सरकारको अहिलेको कार्यशैलीले सुशासनको गन्तव्य टाढा छैन भन्ने भान पारेको छ तर यात्रा कठिन छ । बालेन सरकारले पहिलो १०० दिनमा डिजिटल सेवा विस्तार, भ्रष्टाचार छानबिन र कर्मचारी सुधारमा ठोस कदम चालेमा जनताले परिवर्तन महसुस गर्नेछन् । कागजी प्रतिबद्धता होइन, मैदानमा देखिने काम नै अबको मापदण्ड हो । पुराना रोगहरु नोकरशाही, ढिलासुस्ती, राजनीतिक हस्तक्षेपलाई जित्न सक्नुपर्छ । यदि सफल भयो भने यो सरकारले नेपालको राजनीतिक संस्कृतिमा नयाँ युगको सुरुवात गर्न सक्छ । जनधारणा साप्ताहिक

यो पनि पढ्नुहोस्

प्रतिनिधि सभामा विनियोजन शीर्षकमाथि आगामी छलफल हुने

प्रतिनिधि सभामा विनियोजन शीर्षकमाथि आगामी छलफल हुने

५३ मिनेट अगाडि
कामपाले विद्युतीय भवन अनुमति प्रणालीको उपयोग गर्ने प्रबन्ध मिलाउने

कामपाले विद्युतीय भवन अनुमति प्रणालीको उपयोग गर्ने प्रबन्ध मिलाउने

३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

स्कटल्यान्डले हाइटीमाथि १–० को जित निकाल्यो

रास्वपाको बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित

आज विश्व रक्तदाता दिवस

पाल्पामा हालसम्म ८४२ जनामा एचआइभी सङ्क्रमित

कामपाले विद्युतीय भवन अनुमति प्रणालीको उपयोग गर्ने प्रबन्ध मिलाउने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक