काठमाडौं । सरकारले संविधान संशोधनको पहल थालेको छ । साेमबार बसेको मन्त्रिपरिषद बैठकले संविधान संशोधन बहसपत्र तयार पार्न कार्यदल गठन गर्ने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार कार्यदलको संयोजक प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार रहने छन् । प्रधानमन्त्री बालेन शाहले यसअघि नै असिम शाहलाई राजनीतिक सल्लाहकार नियुक्त गरिसकेका छन् ।
मन्त्री पोखरेलका अनुसार प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार शाहको संयोजकत्वमा बन्ने कार्यदलमा संसदमा प्रतिनिधित्व गर्ने सबै दलका प्रतिनिधि सदस्य रहने छन् ।
हिजाे बसेको मन्त्रिपरिषदको बैठकले चैत १९ गते विहीबार दिउँसो २ बजे संघीय संसदका दुवै सदनको अधिवेशन आह्वान गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।


