आइत, बैशाख १३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home Uncategorized

बालेनले यही चैत्र १३ गते प्रधानमन्त्रीको शपथ लिने तयारी

धारणा न्यूज by धारणा न्यूज
१ महिना अगाडि
Reading Time: 1 min read
0
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले यही साता सरकार बनाउँदैछ । पार्टीका वरिष्ठ नेता बालेन शाहले यही चैत्र १३ गते प्रधानमन्त्रीको शपथ लिने तयारी थालिएको छ । प्रधानमन्त्रीको तयारीसँगै रास्वपाका शीर्ष नेताहरु यतिवेला मन्त्रीहरु चयन गर्नमा व्यस्त छन् ।

भर्खरै रास्वपाका सभापति रवि लामिछाने, वरिष्ठ नेता शाह, उपसभापतिद्धय डिपी अर्याल र स्वर्णिम वाग्ले बसेर सरकार निर्माणको विषयमा छलफल गरेका थिए । सो छलफलको तस्विर वाग्लेले सार्वजनिक गर्दै राजकाजको बारेमा छलफल भनेर लेखेका थिए ।

सरकारको नेतृत्व गर्न लागेका वरिष्ठ नेता शाहले यसपटक मन्त्रीहरु चयन गर्दा पार्टीको हस्तक्षेप नहोस भनेका छन् । त्यसैले उनले मन्त्रीहरु आफैं चयन गर्ने बताईन्छ । तर, सभापति लामिछानेले गृह, परराष्ट्र र कानून मन्त्रालयमा चासो राखेका छन् । लामिछानेले गृहमन्त्रालयको नेतृत्व उपसभापति अर्याललाई सुम्पिन चाहेका छन् ।

परराष्ट्रमा शिशिर खनाल र कानून मन्त्रालयको नेतृत्वमा सोविता गौतमलाई सिफारिश गरेको बताईन्छ । तर, बालेन शाहले गृह मन्त्रालयमा आफ्ना विश्वासपात्र सुनिल लम्साललाई अघि सारेको बताईन्छ । सभापति लामिछानेले यसपटक सञ्चार मन्त्रालयको नेतृत्वमा प्रवक्ता मनिष झालाई अघि सारेको बताईन्छ ।

लामो समयदेखि सभापति लामिछानेको विश्वासपात्रको रुपमा काम गरेको र अघिल्लोपटक सदनमा प्रभावकारी भूमिका निर्वाह गरेको कारण झालाई सञ्चारमन्त्री बनाईने तयारी गरिएको छ । झाको नाममा वरिष्ठ नेता शाह पनि सकारात्मक रहेको बताईन्छ ।

झा यसपटकको निर्वाचनमा धनुषा–३ बाट निर्वाचित हुन् । उनले नेपाली कांग्रेसका विमलेन्द्र निधि र एमालेकी जुलीकुमारी महतोजस्ता पूराना दलका शीर्ष नेताहरुलाई पराजित गरेका थिए । उनले ४३ हजार ९८८ मत ल्याउँदा निधिले जम्मा १६ हजार ६५२ मत ल्याएका थिए । झा र निधिबीच २७ हजारको मतान्तर छ ।

आज/भोलिभित्रै रास्वपाले मन्त्रीहरुको नाम टुँगो लगाउने भनिएको छ । यसपटक सर्लाही–४ बाट निर्वाचित सांसद डा. अमरेशकुमार सिंहले पनि मन्त्री बन्ने चाहना राखेका छन् । सिंहले ३५ हजार ६८८ मत ल्याउँदा नेपाली कांग्रेसका सभापति गगन थापाले जम्मा २२ हजार ८३८ मत ल्याएका थिए ।

उनी बालेन सरकारमा शक्तिशाली मन्त्रालयको नेतृत्व लिन चाहन्छन् । चुनावको प्रचारप्रसारको क्रममा पनि उनले आफू शक्तिशाली मन्त्री बन्ने भनेका थिए । उनी अन्तर्राष्ट्रिय सम्बन्धमा जानकार मानिन्छन् । उनले पनि परराष्ट्र मन्त्रालयको नेतृत्वमा आँखा लगाएको चर्चा छ । तर, उनी बेलाबेलामा विवादित अभिव्यक्तिको कारण चर्चामा रहने भएकोले उनलाई परराष्ट्र मन्त्रालयको चाबी रास्वपाले नसुम्पिने बुझिएको छ ।

यो पनि पढ्नुहोस्

मनोहरामा सुकुम्बासी बस्ती हटाउने कार्य सुरु

सुकुमबासीहरु रंगशालामा नाम टिपाउन पुगे

३ घण्टा अगाडि
बेथितिलाई सुधार्ने गतिमा रास्वपा अघि बढ्दै

बेथितिलाई सुधार्ने गतिमा रास्वपा अघि बढ्दै

५ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सांसदहरू जनताको ‘नोकर’ भएको स्मरण

बेथितिलाई सुधार्ने गतिमा रास्वपा अघि बढ्दै

राष्ट्र बैंकको कुल सम्पत्तिमा उल्लेख्य वृद्धि

खोला किनारमा रहेको विद्यालयका सरसामानहरू हटाउन थाले

एन्फा पदाधिकारी विदेश जान नपाउने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक