सोम, चैत्र ९, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home Uncategorized

मातृभाषामा शपथ लिन पाउने

धारणा न्यूज by धारणा न्यूज
१२ घण्टा अगाडि
Reading Time: 1 min read
0
मातृभाषामा शपथ लिन पाउने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूले मातृभाषामा समेत शपथ लिन पाउँछन् ।

यसको लागि कुन भाषामा शपथ लिने हो त्यसबारे तीन अगावै संसद् सचिवालयलाई जानकारी दिनुपर्ने प्रावधान रहेको संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीले जानकारी दिए । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूको शपथ यही चैत १२ मा हुँदैछ ।

नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूमध्ये जेष्ठ सदस्यले चैत ११ गते नै राष्ट्रपतिसँग शपथ लिन्छन् । त्यसपछि उनै जेष्ठ सदस्यले बाँकी सदस्यहरूलाई शपथ खुवाउँछन् ।

शपथ सम्बन्धी ऐन २०७९ को दफा ५ मा शपथको भाषासम्बन्धी व्यवस्था छ । जहाँ भनिएको छ, ‘शपथ लिँदा वा शपथ गराउँदा सरकारी कामकाजको नेपाली भाषामा गरी कामकाजक लिनु वा गराउनु पर्नेछ ।’ साथै, कुनै सार्वजनिक पदधारण गर्ने व्यक्तिले नेपालमा बोलिने आफ्नो मातृभाषामा शपथ लिन सक्ने प्रावधान पनि सँगै छ ।

‘त्यसरी मातृभाषामा शपथ लिने भएमा अनुसूचीमा उल्लिखित शपथको व्यहोरा आफ्नो मातृभाषामा अनुवाद गरी त्यस्तो अनुवाद आफैंले प्रमाणित गरी शपथ गराउने पदाधिकारी समक्ष शपथ लिनु अगावै पेश गर्नु पर्नेछ’ दफा ५ को उपदफा २ मा भनिएको छ ।

सार्वजनिक पदधारण गरेको व्यक्तिले नेपाली भाषामा शपथ लिएकोमा सो शपथको दुई प्रतिमा र मातृभाषामा शपथ लिएकोमा सो मातृभाषाको शपथको समेत दुई प्रतिमा हस्ताक्षर गरी शपथ गराउने पदाधिकारी समक्ष पेश गर्नु पर्ने व्यवस्था पनि छ ।

शपथमा सांसदहरूले शपथमा पहिचान झल्किने पोशाक लगाउन पाउनेछन् ।

शपथसम्बन्धी ऐनको दफा ४ मा औपचारिक पोशाकमा उपस्थित हुनु पर्ने प्रावधान छ ।

जहाँ भनिएको छ, ‘सार्वजनिक पदधारण गर्ने व्यक्तिले शपथ लिँदा वा शपथ गराउँदा नेपाल सरकारले तोकेको औपचारिक पोशाकमा उपस्थित हुनु पर्नेछ ।’

सोही दफाको उपधारामा शपथ लिने वा शपथ गराउने पदाधिकारीले आफ्नो संस्कृति र परम्परा वा पहिचान झल्किने मर्यादित भेषभूषा वा पोशाक लगाई शपथ लिन वा गराउन सक्ने प्रावधान छ ।

यो पनि पढ्नुहोस्

सेतो मच्छेन्द्रनाथको रथ निर्माण जारी

सेतो मच्छेन्द्रनाथको रथ निर्माण जारी

१० घण्टा अगाडि
पारच्याङमा पहिलो ग्रामीण अस्पतालको निर्माण कार्य सुरू

देशभरका निजी स्वास्थ्य संस्थाको सर्वेक्षणको तयारी

१० घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

छुट्टै केन्द्रीय कार्यसमिति बैठक बोलाउँदै कांग्रेस

मातृभाषामा शपथ लिन पाउने

इट्टाभट्टाको पर्खाल भत्किंदा एक जनाको मृत्यु

राजनीतिक नियुक्ति खाएकालाई पद त्यागेर मार्ग प्रशस्त गर्न रास्वपाको आग्रह

न्युज अफ इन्डियाको कार्यालय ‘सिल’

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक