शनि, जेष्ठ ९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

रवि लामिछानेको भाषणले ल्याएको तरङ्ग !

धारणा न्यूज by धारणा न्यूज
२ महिना अगाडि
Reading Time: 1 min read
0
विशिष्टको सेवा सुविधाले सरकारी कोष खाली
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

-ईश्वरी सिंह
भदौ २३ र २४ को जेन्जी आन्दोलन पछि अन्तरिम सरकारले शान्ति पुुर्वक निर्वावाचन सम्पन्न गरायो ।
पुुराना राजनितिक दलहरुको क्रियाकलाप देखि वाक्क दिक्क भएका जनताहरुले विकल्पको रुपमा उदाएको रवि लामिछानेको पार्टि रास्वपालाई अत्यधिक मत दिएर बहुुमत प्राप्त गर्ने गरि जितायो । निर्वाचनमा रास्वपाको तर्फबाट प्रत्यक्ष र समानुुपातिक गरेर १८२ सांसदहरुले जित हासिल गरेका छन् ।
सांसदहरुले सपथ खानुु अघि र सरकार गठन हुुनु अघि नै रास्वपाले आफ्ना सांसदहरुलाई ललितपुुरको ग्वार्को स्थित रोयल टुुलिप होटलमा दुुई दिने विशेष अभिमुुखिकरण तालिम दिएर धेरै कुुराहरु सिकाउनुुको साथै वार्निङ्ग समेत जारी गरेको छ ।
अधिकाशं सांसदहरु पहिलो पटक संसद भवन भित्र प्रवेश गर्दै छन् । कतिपयलाई संसदीय पद्धतिको बारेमा ज्ञान न भएका कारण पार्टिका शिर्ष नेताहरु र विभिन्न क्षेत्रका विज्ञहरुले नयाँ सांसदहरुलाई संसदीय मर्यादा,कानुुन निर्माण र जनउत्तरदायी राजनीतिका विषयमा प्रशिक्षण दिएका छन् ।
घण्टी चुुनाव चिन्ह लिएर देशमा विकल्पको रुपमा उदाएको रास्वपाको लहरले आँधि हुुरी नै ल्याएको अवस्था छ । पार्टि र रास्वपालाई बलियो बनाउनकोलागि अकल्पनीय जित हासिल गरेका आफ्ना संसदहरुलाई सरकारमा रहुुन्जेल नियम र परिधिमा बस्ने वातावरण तय गर्नकोलागि पनि यो तालिम ले मुुख्य भुुमिका खेल्ने आशा गर्न सकिन्छ ।
उनिहरुलाई अनुुशाशनमा रहेर संसद भित्र आफ्नो मर्यादामा कसरी बस्ने,चुुनावमा जनता समक्ष लिएर गएको बाचापत्रलाई कसरी सदनमा उठाउने र कार्यान्वयन गर्ने,बजेट निर्माण, योजना तर्जुुमा र प्रविधिको प्रयोगमा पोख्त बनाउनकोलागि देशभरबाट जितेका सांसदहरुलाई एकै स्थानका भेला गरिएको हो ।
वास्तवमा यसै गरि पुुराना राजनीतिक दलहरुले पनि आफ्ना सांसदहरुलाई निति,नियम र परिधिमा रहेर संसद र सरकार संचालनका क्रममा जनताको मनोभाव अनुुसार चल्न सिकाएको भए आज नयाँ शक्तिको उदय हुुने थिएन होला ।आफुु मात्र राम्रो बाँकि सबै खराब,अर्कालाई गालि गरेर आफुु चोखो बन्न खोज्ने,आफुुले गरेका गलत कार्यको बिरुद्धमा कसैले बोल्यो कि प्रतिबन्ध लगाउन खोज्नुुले पनि पुुराना दलहरुले जिवनमा कहिले न भोगेको हार आज बेर्होनुुपर्याे । जनताको शक्ति भन्दा ठुुलो शक्ति छैन भन्ने कुुरा सायद उनिहरुले भुुलेका रहेछन् । जनताको मताधिकार पाएर सत्तामा पुुगे पछि उनिहरुमाथि नै हिंसा गरिन्छ त्यस्ले कहिलै सफलता नपाएको इतिहास नै छ ।
पुुराना दलहरुले राम्रो काम गरेका भए देशमा जेन्जी आन्दोलन पनि हुुन्थेन होला ।जेन्जी आन्दोलन न भएको आज विकल्पको रुपमा रास्वपा उदाउने थिएन होला ।जनताले बारम्बार विश्वास गरेर पुुराना दलहरुलाई चान्स दिएकै थिए । तर सत्तामा पुुगेर जनतालाई नै दमन गर्न थाले पछि विगतमा पार्टिहरु बिच गठबन्धन हुुन्थ्यो तर यस पटकको चुुनावमा जनताहरुले चुुपचाप गठबन्धन गरेर घुँडा टेकाइ दिएका छन् ।
विगतमा संसद भवनमा हुुने गरेको हास्यास्पद क्रियाकलापहरु पुुनः न दोहोरियोस् भनेर सांसद पदका सपथ अगावै रास्वपाले दिएको यस अभिमुुखिकरण तालिमले वास्तवमा विशेष भुुमिका नै खेल्ने देखिएको छ ।
विगतमा संसदमा विषय वस्तुु भन्दा बाहिरका कुुराहरु ल्याएर,गजल र गित सुुनाएर,प्रतिपक्षलाई थोरै समय दिई बोल्न लाग्दा माईकको तार नै काटेर,कुुर्सि र बेन्च फुुटाएर,भए न भएका कुुराहरु ल्याई संसद अवरुद्ध गर्ने प्रकृयाको अब अन्त्य हुुने आशा गर्न सकिन्छ ।
राष्ट्रियगान समेत न आउने,लेखेका कुुराहरु बोल्न न जान्ने सांसदहरुको चर्तिकला हेर्दा नाटक मंचन चलि रहेको जस्तो लाग्थ्यो । आफ्ना सांसदहरुले त्यस्ता अनैतिक र अमानविय खालका क्रियाकलाप न दोहोराउन् भनेर पनि रास्वपाले अभिमुुखिकरण तालिम दिएको भन्ने लागेको छ ।
दुुई दिने अभिमुुखिकरण तालिमको समापन कार्यक्रमलाई संबोधन गर्दै रास्वपाका सभापति रवि लामिछानेले जनताले सांसद बन्नकोलागि नभई परिर्वतनकोलागि दिएको मतको कदर गरि उनिहरुको विश्वासलाई कसैले भुुल्न नहुुने बताउनुु भयो ।उहाँले मेडीयामा आफ्नो समाचार आँउदा खुुशि त लाग्छ तर बोल्दा संयमित भएर बोल्नुु पर्ने कुुरामा जोड दिँदै बिवादित रुपमा बोल्न नहुुने बताउनुु भयो ।सांसदहरुको सानो गल्तिले गर्दा वैकल्पिक राजनीतको भविष्यमाथि प्रश्न उठ्ने हुुँदा सबैलाई अनुुशाशित भएर रहनकोलागि कडा निर्देशन समेत दिनुु भएको छ । उहाँले शहिदहरुको आहुुतिबाट भएको निर्वाचनको मर्म बुुझेर आर्थिक प्रलोभन वा विचौलियाहरुको घेराबाट टाढै रहन र आफ्नो सम्पत्ति विवरण पारदर्शी राख्नुुको साथै संसदमा आफ्ना विषयवस्तुुहरुको बारेमा बोल्दा सस्तो लोप्रियताकालागि नभई मर्यादित र तर्कपुुर्ण ढंगले प्रस्तुुत हुुन निर्देशिन दिनुु भएको छ ।
उहाँले आफ्ना पार्टिका नयाँ सांसदहरुलाई शारीरिक र मानसिक रुपमा स्वस्थ रहनकोलागि आग्रह गर्दै एउटा अभिभावकले आफ्ना बच्चाहरुलाई फकाउने,सम्झाउने र थर्काउने सबै किसिमबाट प्रस्तुुत हुुनुुभयो । तालिममा उहाँले दिनुुभएको भाषणले अहिले देशव्यापि चर्चा पाई रहेको अवस्था छ । उहाँको भाषणलाई लिएर पुुर्वाग्रह बाहेक सबैले सकारात्मक किसिमले विश्लेशण गरि रहेका छन् ।
आज सम्म सभापति रवि लामिछानेले गरेका भाषणहरु मध्ये सर्वोत्कृष्ट भाषणको रुपमा पनि कतिपयले सामाजिक संजालमा उनको तारिफ गरेका छन् । उनलाई विशेश्वर प्रसाद कोइराला र मदन भण्डारसँग दाँजेर सामाजिक संजालमा तिनै जनाको फोटो समेत राख्नेको लहर छ । वास्तवमा भन्ने हो भने उक्त भाषणले विरोध गर्नेहरुको पनि मन पगाल्ने काम गरेको छ ।
तालिममा रास्वपाका उप सभापति स्वर्णिम वाग्लेले नयाँ सांसदहरुलाई संसदमा बोल्दा भावनात्मक कुुरा नभई तथ्यांक र प्रमाणका आधारमा सरकारको आलोचना वा समर्थन गर्नुुु पर्नेमा जोड दिएका छन् भने संसदमा देशका आर्थिक अवस्थाहरु सम्बन्धी अध्ययन र अनुुषन्धान गरेर मात्र बजेट निर्माणको प्रकृयामा दख्खल राख्न निर्देशन दिनुुभयो । उहाँले संसदमा पेश हुुने प्रत्येक विधेयकलाई दफावार रुपमा अध्ययन गरेर मात्रै संशोधन हाल्न वा धारणा बनाउन आग्रह गर्नुुभयो ।अन्तराष्ट्रिय सम्बन्धमा संवेदनशीलतालाई बुुझेर मात्रै टिकाटिप्पणी गर्ने तथा चुुनावका क्रममा जनतासँग गरिएका बाचाहरुलाई कानुुनमा ढाल्न सकिने विषयमा केन्द्रित रहन उपसभापति वाग्लेले सबैलाई सुुझाउनुु भएको छ । उपसभापति वाग्लेले नयाँ सांसदहरुलाई अध्ययन विनाको प्रस्तुुतिले संसदमा पार्टिको नाम बदनाम न होस् भनेर सवैलाई सजग गर्नुु भनेको प्रशंशनिय कार्य हो ।

रास्वपाका अर्का उपसभापति डिपी अर्यालले पनि तालिममा नयाँ सांसदहरुलाई संसद संचालनका नियमहरु,नियमावली र कार्यविधिहरु कण्ठ गर्न अहराउनुु भएको छ । पार्टीको आर्थिक पालना गर्न र सांसदहरुले पाउने सुुविधालाई पारदर्शी रुपमा प्रयोग गर्न निर्देशन दिँदै उहाँले संसद सचिवालय र पार्टीको संसदीय दलको कार्यालयसँग नियमित सम्पर्कमा रहन सबैलाई आग्रह गर्नुु भयो । सांसदहरुले ज्ञान नभएका विषयवस्तुुहरुमा विज्ञहरुसँग सल्लाह लिएर मात्र संसदमा प्रस्तुुत गर्न अर्यालले निर्देशन दिनुु भएको छ ।
सरसर्ति हेर्दा रास्वपाले आफ्ना सांसदहरुलाई दिएको दुुई दिने तालिमले परम्परागत राजनीतिबाट नीतिगत राजनीति तर्फ मोड्ने प्रयास गरिएको देखिन्छ । यो कदम स्वागत योग्य पनि हो । पुुरानो शैलि र क्रियाकलापको अन्त्य गर्न कै लागि भनेर नै रास्वपाले जनताको जनमत प्राप्त गरेको हो ।उक्त जनमतको कदर गर्नुु रास्वपाको कर्तव्य पनि हो ।
तालिममा सिकेका विषयवस्तुुहरुलाई नयाँ सांसदहरुले यदि आत्मसात गरेर कार्यान्वयन गर्ने हो भने पुुराना दलहरुको ढर्रालाई ढालेर नेपालमा एउटा एतिहासिक युुगको सुुरुवात अवश्य हुुने देखिन्छ ।

यो पनि पढ्नुहोस्

मधेस प्रदेशका सांसदहरुसंग छलफल सुरु

मधेस प्रदेशका सांसदहरुसंग छलफल सुरु

१४ घण्टा अगाडि
नेपाले अमेरिकालाई ३१८ रनको लक्ष्य प्रस्तुत

नेपाले अमेरिकालाई ३१८ रनको लक्ष्य प्रस्तुत

१५ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

को हुन् भारतमा ‘कक्रोज जनता पार्टी’ बनाउने अभिजीत ?

नेपाले अमेरिकालाई ३१८ रनको लक्ष्य प्रस्तुत

इद–उल–अजहाका अवसरमा सार्वजनिक बिदा

एमालेले फिर्ता गर्‍यो भीआईपी उपचारको साढे तीन करोड

मगर संघको १३ औं राष्ट्रिय महाधिवेशन सुरु

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक