कीर्तिपुर । इन्द्रेणी सांस्कृतिक समाज (इसास) काे प्रस्तुतिमा जनगायक वीरप्रसाद भन्सारीकाे एकल सांगीतिक कार्यक्रम हुने भएकाे छ ।
वीरप्रसाद भन्सारीकाे एकल गायन चैत्र ७ गते हुन लागेकाे सांगीतिक कार्यक्रममा जम्मा १५ वटा गीत प्रस्तुत गरिने छ । जस मध्ये ३ वटा गीत सामूहिक गायन तथा १२ वटा गीत एकल प्रस्तुति गरिने छ ।
नेपाल भाषा र नेपाली भाषा समेत सांगितिक प्रस्तुत हुने कार्यक्रममा जनकवि दुर्गालाल श्रेष्ठ, श्याम तमोटजु लगायत चर्चित लेखकहरूकाे गायन प्रस्तुती हुने छ ।
लाइभ प्रस्तुत हुने सांगितिक कार्यक्रममा न्हुच्छे दर्शनधारी – तबला, सन्देश महर्जन – ढोलक, सुन्दर कुमार महर्जन – प्याडड्रम, वैभव विक्रम परियार – कीबोर्ड, स्वर्णीम महर्जन – बाँसुरी, प्रबेश महर्जन – प्रकोशन, जवान माली – बेस गीतार, सरोज तुलाधर – गीतार लाइभ आर्केष्ट्रामा बाद्य बादन गरिने छ ।
गत शनिबार पत्रकार सम्मेलन मार्फत जानकारी गराइएकाे कार्यक्रमकाे संचालन राजेन्द्र महर्जन पुताले संचालन गरिएकाे छ ।
गायक तथा संगीतकार वीरप्रसाद भन्सारीको संक्षिप्त चिनारी
नामः वीरप्रसाद भन्सारी जन्मः वि.सं. २०१३-१०-०२, कीर्तिपुर संगीत विधामा क्रियाशीलता – २०३५ सालदेखि संलग्न संस्थाहरू:
(क) इन्द्रेणी सांस्कृतिक समाज (२०४४)का कोषाध्यक्ष,
(ख) हाल इसास कीर्तिपुरका अध्यक्ष विकल्प सहकारी संस्था – अध्यक्ष
(ग) ) नेपाल भाषा एकेडेमी- कोषाध्यक्ष
(घ) राराहिल स्कूल – गुथियार
(ङ) नेवाः दबू (एनटीभी)का कार्यक्रम निर्माता
(च) मंगल बहुमुखी क्याम्पस आजीवन सदस्य
(छ) शहीद स्मारक कलेज – सभा सदस्य गायन र संगीतमार्फत् सामाजित सचेतना वृद्धिमा संलग्न २०३५ सालदेखि जनसांस्कृतिक गतिविधिमा क्रियाशील
• जनकवि दुर्गालाल श्रेष्ठ, रायन श्रेष्ठ, श्याम तमोटलगायतका रचनाको गायन
• विविध संघसंस्थामा कार्यक्रममा सहभागितासँगै व्यवस्थापनमा समेत सक्रियता
• झण्डै ५ दशकदेखि निरन्तर सांगीतिक कार्यमा संलग्नतापछि एकल गायन कार्यक्रमको आयोजना ।
वीरप्रसाद भन्सारीको जन्म २०१३ माघ ४ गते कीर्तिपुर नगरपालिका-१०, गुत्पौ टोलमा सत्यमान भन्सारी र तारादेवी भन्सारीको कोखबाट भएको हो । कक्षा ८/९ मा पढ्दै गर्दादेखि उहाँ सामाजिक कार्यमा अग्रसर हुँदै आउनुभएको इतिहास छ । स्कुलमा कृषिसम्बन्धी संस्था ‘चारपाते क्लब’मार्फत् कृषि तालिम लिँदै उहाँ कृषि कार्यमा समेत अग्रसर हुनुभयो । आफ्नै गाउँठाउँको पुस्तकालय संचालन गर्ने काममा २०२९ सालदेखि अग्रसर हुनुभयो । आर्थिक कठिनाइले गर्दा कलेज पढ्न नपाए पनि उहाँले नोकरी गर्दै बीएडसम्म अध्ययन गर्नुभयो । सानै उमेरदेखि गाउने–बजाउने रहरका कारण उहाँ सांगीतिक क्रियाकलापमा रमाउनुभयो ।
उहाँ २०३५-३६ सालदेखि नै सांगीतिक क्षेत्रबाट जनचेतना जगाउने सक्रिय हुनुभयो। गायन विधामा रुचिका कारण वरिष्ठ कलाकारहरु रायन, अमरराज शर्मा एवं वदन शर्मासँगै धेरै कलाकारसँग उहाँको सम्पर्क र सम्बन्ध विकसित हुँदै गयो ।
२०३७-३८ सालतिरै कीर्तिपुरमा जनपक्षीय सांगीतिक र सांस्कृतिक समूह गठन हुँदा उहाँको सक्रियता झन् बढ्यो ।
त्यस बेला गठन भएका ‘प्रतिभा सास्कृतिक परिवार’ र ‘जन सांस्कृतिक दबू’मा उहाँको नेतृत्वदायी भूमिका रह्यो।
पंचायतकालमा जनताको पक्षमा सांस्कृतिक कार्यक्रम विस्तार गर्न विभिन्न सांस्कृतिक समूहलाई मिलाएर २०४४ चैत्र २० गते राष्ट्रिय स्तरको सांस्कृतिक समूह ‘इन्द्रेणी सांस्कृतिक समाज’ [इसास] गठन गरियो। वीरप्रसाद भन्सारीको घरमै भूमिगत रूपमा गठन गरिएको इसासमा उहाँको सक्रिय सहभागिता थियो।
मानार्थ अध्यक्ष पारिजात र कार्यकारी अध्यक्ष रायन रहेको इसासमा वीरप्रसाद कोषाध्यक्ष पदमा छनौट हुनुभयो।
इसासले देश र विदेशमा आयोजना गरेका सांस्कृतिक कार्यक्रमका वीरप्रसाद भन्सारीको क्रियाशीलता थियो । २०४६ सालको जनआन्दोलनपछि ठूलठूला सांस्कृतिक कार्यक्रममा उहाँको कुशल व्यवस्थापक र कलाकारको भूमिका थियो । कलाकार रायनको ‘सिम्मा’ र ‘कहाली’ जस्ता गीती नाटकको प्रदर्शनमा उहाँको व्यवस्थापकीय भूमिका देखिएको थियो ।
२०५३/०५४ सालपछि विभिन्न विवाद र विभाजनपछि इसासलाई कीर्तिपुरमा बचाइराख्ने र क्रियाशील बनाइराख्ने कामको अगुवाइ वीरप्रसाद भन्सारीले गर्नुभएको थियो । यसै क्रममा इसास कीर्तिपुरले २०५३ सालमा साहित्यकार शरद पौडेलको ‘बुहारी’ गीति नाटक, २०५७ सालमा जनकवि दुर्गालाल श्रेष्ठको गीति नाटक ‘लसय् हंगु विरोध’ र २०५८ सालमा कलाकार रायनको एकल सांगीतिक कार्यक्रमको आयोजन र व्यवस्थापन गरेको थियो । २०६२/६३ सालको जनआन्दोलनमा भएको नागरिक आन्दोलनका कार्यक्रममा पनि सक्रिय रहेको इसास कीर्तिपुरले उहाँकै नेतृत्वमा सचेतना जगाउने कार्यक्रम गर्दै समाजलाई न्यायपूर्ण र राज्यलाई लोकतान्त्रिक बनाउने अभियानमा चलाउँदै आइरहेको छ ।
२०५३/०५४ सालपछि विभिन्न विवाद र विभाजनपछि इसासलाई कीर्तिपुरमा बचाइराख्ने र क्रियाशील बनाइराख्ने कामको अगुवाइ वीरप्रसाद भन्सारीले गर्नुभएको थियो । यसै क्रममा इसास कीर्तिपुरले २०५३ सालमा साहित्यकार शरद पौडेलको ‘बुहारी’ गीति नाटक, २०५७ सालमा जनकवि दुर्गालाल श्रेष्ठको गीति नाटक ‘लसय् हंगु विरोध’ र २०५८ सालमा कलाकार रायनको एकल सांगीतिक कार्यक्रमको आयोजन र व्यवस्थापन गरेको थियो । २०६२/६३ सालको जनआन्दोलनमा भएको नागरिक आन्दोलनका कार्यक्रममा पनि सक्रिय रहेको इसास कीर्तिपुरले उहाँकै नेतृत्वमा सचेतना जगाउने कार्यक्रम गर्दै समाजलाई न्यायपूर्ण र राज्यलाई लोकतान्त्रिक बनाउने अभियानमा चलाउँदै आइरहेको छ ।


