शनि, जेष्ठ ९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

मौन अवधिमा सबैभन्दा बढी अवैध काम !

धारणा न्यूज by धारणा न्यूज
२ महिना अगाडि
Reading Time: 1 min read
0
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

–निमकान्त पाण्डे
बिहीबार प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदै छ । जेनजी आन्दोलनपश्चात् गठित अन्तरिम सरकारले गर्न लागेको यो निर्वाचनले २७५ सदस्यीय प्रतिनिधिसभा गठन गर्नेछ । प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० सिटका लागि ३४८७ उम्मेदवार (महिला करिब १० प्रतिशत) र ६८ दल मैदानमा छन् । कुल मतदाता संख्या १ करोड ८५ लाख ३ हजार ६८९ पुगेको छ ।
यो निर्वाचनको पूर्वसन्ध्यामा फागुन १८ मा मध्यराति १२ बजेदेखि मौन अवधि (निर्वाचन प्रचारप्रसार निषेध अवधि) सुरु भएको थियो । निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता, २०८२ को दफा १७ अनुसार मतदान हुनुभन्दा ४८ घण्टा अगाडिदेखि मतदान केन्द्र बन्द नभएसम्म यो अवधि कायम रहन्छ । अर्थात् फागुन १८ रातिदेखि फागुन २१ साँझ ५ बजेसम्म पूर्ण मौनता कायम गर्नुपर्ने छ । मौन अवधिको मुख्य उद्देश्य मतदातालाई स्वतन्त्र, निष्पक्ष र विवेकपूर्ण निर्णय लिन समय दिनु हो । अत्यधिक प्रचारप्रसारले मतदातालाई प्रभावित पार्न सक्ने भएकाले यो अवधि राखिएको हो । यसले निर्वाचनलाई शान्त, भयमुक्त र स्वच्छ बनाउँछ ।
निर्वाचन आचारसंहिताअनुसार राजनीतिक दल, उम्मेदवार, कार्यकर्ता, भ्रातृ संगठन तथा सम्बन्धित व्यक्तिले यस अवधिमा कुनै पनि प्रकारको निर्वाचन प्रचारप्रसार, मत माग्ने, उम्मेदवार वा दलको पक्ष÷विपक्षमा बोलेर प्रभाव पार्ने, सभा, जुलुस, ¥याली, घरदैलो, छलफल, अन्तरक्रिया, गोष्ठी, कार्यशाला वा सम्मेलन गर्ने जस्ता गतिविधि गर्न पाइँदैन । पोस्टर, पर्चा, ब्यानर, झण्डा टाँस्ने, बाँड्ने वा प्रदर्शन गर्ने, सामाजिक सञ्जाल (फेसबुक, टिकटक, इन्स्टाग्राम, एक्स आदि), अनलाइन प्लेटफर्म, एसएमएस, ह्वाट्सएपमा उम्मेदवार÷दलको प्रचार, स्टाटस, लाइभ, भिडियो, पेड विज्ञापन वा शेयर गर्ने, मिडिया वा अन्य माध्यमबाट निर्वाचन प्रभाव पार्ने सामग्री प्रसारण÷प्रकाशन, कुनै पनि रूपमा आर्थिक प्रलोभन, भोजभतेर वा प्रभाव पार्ने गतिविधि गर्न मिल्दैन ।
यी नियम सबै नागरिक, दल र उम्मेदवारलाई लागू हुन्छन् । सामान्य नागरिकले पनि सार्वजनिक रूपमा निर्वाचन प्रभाव पार्ने गतिविधि गर्न पाइँदैन । मौन अवधिमा व्यक्तिगत रूपमा आफ्नो उम्मेदवार र दल छनोट गर्न मन्थन गर्न सकिन्छ । मिडियाले तथ्यपरक समाचार रिपोर्टिङ गर्न सकिन्छ तर प्रचारमुखी सामग्री होइन । निर्वाचन आयोग, सुरक्षा निकाय र कर्मचारीले आफ्नो कर्तव्य निर्वाह गर्न सकिन्छ । यो अवधिमा मतदाताले शान्त वातावरणमा आफ्नो विवेक प्रयोग गरी योग्य उम्मेदवार छनोट गर्ने मौका पाउँछन् । मौन अवधिले मतदातालाई स्वतन्त्र निर्णय लिने अवसर दिन्छ ।
आचारसंहिता उल्लङ्घन गरेमा निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ बमोजिम एक लाख रुपैयाँसम्म जरिवाना वा उम्मेदवारी रद्द गर्न सकिन्छ । निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ अनुसार थप कारबाही हुन सक्छ । आयोगले २४ घण्टा अनुगमन गर्दै छ र जिल्ला अनुगमन अधिकृतहरूलाई कडा निर्देशन दिइएको छ । अहिलेसम्म उल्लङ्घनका उजुरी न्यून छन् तर पूर्ण पालना आवश्यक छ । यो निर्वाचन नेपालको लोकतन्त्रको नयाँ अध्याय हो । १ करोड ८५ लाख मतदाताले आफ्नो मताधिकार प्रयोग गरी भ्रष्टाचारमुक्त, सुशासनयुक्त र समृद्ध नेपाल निर्माणको आधार तयार पार्न सक्छन् । सुरक्षा निकाय (सेना ७९ हजार, प्रहरी ७५ हजार, सशस्त्र ३४ हजार) ले भयमुक्त वातावरण बनाइरहेका छन् । मतदाताले निर्धक्क भएर मतदान गर्नुपर्छ ।
तर विगतका विभिन्न निर्वाचनहरूमा यो अवधिमा आचारसंहिता उल्लङ्घनका धेरै घटना भएका छन्, जसले निर्वाचनको निष्पक्षता र विश्वसनीयतामा प्रश्न उठाएका छन्। विगतका स्थानीय, प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा मौन अवधिमा राजनीतिक दल वा उम्मेदवारका कार्यकर्ताले मतदातालाई नगद, मदिरा, खाना वा अन्य उपहार बाँड्ने घटना बारम्बार देखिएका छन्। मौन अवधिमा फेसबुक, टिकटक, वाइबर, ह्वाट्सएप आदि माध्यमबाट स्टाटस, भिडियो, मेसेज वा पेड विज्ञापनमार्फत मत माग्ने वा दल÷उम्मेदवारको पक्षमा पोस्ट गर्ने उल्लंघन बढ्दै गएको छ । विगतमा यस्ता पोस्टहरूले मतदातालाई अन्तिम समयमा प्रभावित पारेको देखिन्छ ।
मतदान केन्द्रको ३०० मिटर वरपर पोस्टर, ब्यानर, झण्डा, स्टिकर आदि हटाउनुपर्ने नियम भए पनि धेरै ठाउँमा यी सामग्रीहरू मौन अवधिमा पनि देखिएका छन् । विगतका निर्वाचनमा भित्ते लेखन, दलको चिन्ह अंकित टोपी÷टी–शर्ट लगाउने वा प्रदर्शन गर्ने घटना रिपोर्ट भएका छन् । निर्वाचन पर्यवेक्षकहरूले मौन अवधिमा ‘निजी भोजभतेर’ वा ‘घरेलु प्रभाव’ मार्फत मत प्रभावित गर्ने प्रयास भएको उल्लेख गरेका छन् । यस्ता कार्यले निर्वाचनलाई ’पैसाको खेल’ बनाउने गरेको आलोचना हुने गरेको छ । यी घटनाहरूले मौन अवधिको महत्वलाई झन् उजागर गर्छन् । सरकारले यस्ता गतिविधिमा नियन्त्रणमा कडाइ गर्न आवश्यक छ । यो अवधि पूर्ण रूपमा पालना भएमा मात्र मतदाताको विवेकपूर्ण निर्णय सम्भव हुन्छ । यसपटकको फागुन २१ को निर्वाचनमा सबैले आचारसंहिता पालना गरी स्वच्छ निर्वाचन बनाऔं । जनधारणा साप्ताहिक

 

यो पनि पढ्नुहोस्

मधेस प्रदेशका सांसदहरुसंग छलफल सुरु

मधेस प्रदेशका सांसदहरुसंग छलफल सुरु

१४ घण्टा अगाडि
नेपाले अमेरिकालाई ३१८ रनको लक्ष्य प्रस्तुत

नेपाले अमेरिकालाई ३१८ रनको लक्ष्य प्रस्तुत

१५ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

को हुन् भारतमा ‘कक्रोज जनता पार्टी’ बनाउने अभिजीत ?

नेपाले अमेरिकालाई ३१८ रनको लक्ष्य प्रस्तुत

इद–उल–अजहाका अवसरमा सार्वजनिक बिदा

एमालेले फिर्ता गर्‍यो भीआईपी उपचारको साढे तीन करोड

मगर संघको १३ औं राष्ट्रिय महाधिवेशन सुरु

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक