बिहि, बैशाख ३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home ब्यानर

निर्वाचनको तयारी पूरा, आज मतदान

धारणा न्यूज by धारणा न्यूज
१ महिना अगाडि
0
निर्वाचनको तयारी पूरा, आज मतदान
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । जेनजी आन्दोलनपछि गठित सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले आफ्नो जिम्मेवारीअनुसार आज प्रतिनिधिसभा सदस्यको निर्वाचन गराउँदै छ । सरकारले निर्वाचनका सबै तयारी पूरा गरेर यो ऐतिहासिक चुनाव आयोजनाको चरणमा पुगेको जनाएको छ ।
गत भदौ २३ र २४ मा भएको जेनजी विद्रोहपछि तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकार विस्थापन भएको थियो भने कार्कीलाई सरकारको जिम्मेवारी दिएर ६ महिनाभित्र चुनाव गराउन भनिएको थियो । फागुनमा २१ मा चुनाव गराउने मिति त्यतिबेला नै तोकिएको छ । सरकारले त्यही मितिमा चुनाव आयोजना गरेर आफ्नो जिम्मेवारीमा सफल साबित भएको छ ।
निर्वाचनमा समानुपातिकतर्फ १ सय १० र प्रत्यक्षतर्फका १ सय ६५ सिटमा मतदान हुँदै छ । मतदानमा समानुपातिकतर्फ ६३ राजनीतिक दलका ३ हजार १ सय ३५ जना उम्मेदवार र प्रत्यक्षतर्फ ६५ दलका ३४ सय ४ जना उम्मेदवार निर्वाचन प्रक्रियामा सामेल छन् । निर्वाचन आयोगका अनुसार मतदाता सूचीमा १ करोड ८९ लाख ३ हजार ६ सय ८९ जनाको नाम समेटिएकामा पुरुष मतदाता ९६ लाख ६३ हजार ३ सय ५८, महिला मतदाता ९२ लाख ४० हजार १ सय ३१ र अन्य मतदाता संख्या २ सय जना छन् ।
निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार केन्द्रीय तहमा गर्नुपर्ने सबै सम्पन्न काम भइसकेका छन् । आयोगको टोली माघ २ गतेदेखि नै सबै निर्वाचन क्षेत्रमा पुगेर मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिसकेको थियो ।
पछिल्लो विवरणअनुसार आयोगका कर्मचारी तथा सुरक्षाकर्मी देशभरका २३ हजार ११२ वटै मतदान केन्द्रमा पुगिसकेका छन् । मतदान केन्द्रमा खटिएका मतदान अधिकृतहरूले सूचना टाँस गर्नेदेखि लिएर आवश्यक सबै प्रशासनिक कार्य गरिरहेका छन् । स्थानीय स्तरमा राजनीतिक दल र उम्मेदवारसँग सर्वदलीय बैठक बसी मतदानका विषयमा साझा बुझाइ तयार गर्ने काम भइरहेको प्रवक्ता भट्टराईले बताए ।
बुधबारसम्म मतदान केन्द्रको बुथ निर्माण गरिसकेपछि बिहीबार बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान हुने उनले जानकारी दिएका छन् । मतदानका क्रममा जिल्ला, निर्वाचन क्षेत्र वा मतदान केन्द्रमा आउन सक्ने कुनै पनि समस्यालाई तत्काल सम्बोधन गर्न आयोगले आवश्यक सहजीकरण गरिरहेको छ । सम्पूर्ण जनशक्ति र सामग्री मतदान केन्द्रमा पुगिसकेकाले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न हुनेमा आयोग विश्वस्त रहेको प्रवक्ता भट्टराईले बताए ।
प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनलाई शान्तिपूर्ण, स्वच्छ र ऐतिहासिक बनाउन सोमबार देशवासीलाई आह्वान गरेकी छन् । उनले मतदानमा सहभागी भएर लोकतान्त्रिक प्रक्रियालाई सफल बनाउने आग्रह गरेकी हुन् । उनले आफ्नो जिम्मेवारीलाई मातृभूमिप्रतिको कर्तव्यका रूपमा लिएकी बताइन् र निर्वाचनको लागि देशले तयार रहेको विश्वास व्यक्त गरिन् । कार्कीले निर्वाचित सरकारले देशको नेतृत्व सम्हाल्ने र आफूले सधैँ न्याय र निष्ठाको पक्षमा काम गर्ने प्रयास गरेको जनाइन् । ‘अब केही दिनमा यो देशको बागडोर तपाईंहरूले चुन्ने प्रतिनिधिहरूको हातमा पुग्नेछ,’ उनले उद्घोष गरिन् ।
प्रतिनिधिसभा सदस्य निर्वाचनमा करिब साढे ३ लाख सुरक्षाकर्मी र २ लाखभन्दा बढी कर्मचारी खटिनेछन् । २१ फागुनको बिहान ७ देखि बेलुकी ५ बजेसम्मलाई मतदान समय तोकिएकामा निर्वाचन आयोगले व्यवस्थापनमा मुख्य निर्वाचन अधिकृतदेखि सहयोगीसम्म गरेर २ लाख १५ हजार कर्मचारी खटाएको छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र निर्वाचन प्रहरीबाट करिब ३ लाख ३९ हजार सुरक्षाकर्मी खटिनेछन् ।
११ हजार १ सय १० मतदानस्थलका २३ हजार १ सय १२ मतदान केन्द्रबाट मतदान गर्ने व्यवस्था मिलाइएको छ । पछिल्लो समय अद्यावधिक विवरणअनुसार स्थायी मतदानस्थल १० हजार ९ सय ६७ र अस्थायी मतदानस्थल १ सय ४३ वटा तोकिएमा ४ हजार ४ सय १४ अति संवेदनशील, ४ हजार ४ सय ४२ संवेदनशील र २ हजार २ सय ५४ मतदानस्थललाई सुरक्षा जोखिमका हिसाबले सामान्य सूचीमा समेटिएको छ । सुरक्षा जोखिमको सूचीमा समेटिएका मतदानस्थललाई जोखिम आकलन गरी पछिल्लो पटक अद्यावधिक गरी सोहीअनुसार सुरक्षाकर्मी परिचालन गरिएको छ ।
यसपालि मतदानपछि मतपत्रलाई गणनास्थलसम्म पु¥याउने सुरक्षा जिम्मा नेपाली सेनाले पाएको छ । विगतमा मतपत्र ढुवानीको सुरक्षामा प्रहरी र सशस्त्र प्रहरीलाई मात्र परिचालन गरिन्थ्यो । यसपालि ‘असामान्य परिस्थिति’ मा निर्वाचन हुँदै गरेको भन्दै सुरक्षामा सेनाको उपस्थिति र भूमिकालाई बढाइएको निर्वाचन आयोग र गृह मन्त्रालयले जनाएका छन् । २०७० को दोस्रो संविधानसभा निर्वाचन तथा २०७४ र २०७९ का प्रतिनिधिसभा÷प्रदेशसभा एवं स्थानीय तह निर्वाचनमा सेनालाई बाहिरी घेराको जिम्मा दिएर परिचालन गरिएको थियो । यसपालि भने आवश्यकताका आधारमा सुरक्षाको कमान्ड नै सेनाले लिने गरी तयारी गरिएको छ । जनधारणा साप्ताहिक

यो पनि पढ्नुहोस्

रास्वपाका प्रवक्ता झाले सभापति खतिवडाको राजीनामा मागे

रास्वपाले टुंगो लगाएको समिति सभापतिका उम्मेदवारहरु

२ घण्टा अगाडि
‘जिब्रो छेड्ने जात्रा’ यस वर्ष पनि धुमधामका साथ मनाइयाे

‘जिब्रो छेड्ने जात्रा’ यस वर्ष पनि धुमधामका साथ मनाइयाे

३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

आज सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गर्दै प्रम

घरमै पुुगेर राहदानी वितरण

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार

पेट्रोलियम पदार्थको मूल्यवृद्धि

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक