आइत, बैशाख २०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

टी–२० विश्वकपको उपाधि भारतले जित्याे

धारणा न्यूज by धारणा न्यूज
२ महिना अगाडि
Reading Time: 1 min read
0
टी–२० विश्वकपको उपाधि भारतले जित्याे
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

एजेन्सी  । भारतले आइतबार न्युजिल्यान्डलाई ९८ रनले पराजित गर्दै टी–२० विश्वकपको उपाधि जितेको छ । पहिले ब्याटिङ गर्दै भारतले दिएको २ सय ५६ रनको लक्ष्य पछ्याउने क्रममा न्युजिल्यान्ड १९ ओभरमा १ सय ५९ रनमा अलआउट भयो ।

एक लाख दर्शकको उपस्थिति रहेको अहमदाबाद स्थित नरेन्द्र मोदी रंगशालामा भारतको यो जितले उत्साह थपेको थियो । भारत यही मैदानमा २०२३ को एकदिवसीय विश्वकप फाइनलमा अस्ट्रेलियासँग पराजित भएको थियो । न्युजिल्यान्ड यस पटक पनि फाइनलमा चुक्न पुग्यो । न्युजिल्यान्डले अझै सेता बलमा विश्वकप जित्न सकेको छैन ।

न्युजिल्यान्डबाट ओपनर टिम सेइफर्टले २६ बल खेलि २ चौका र ५ छक्कासहित ५२ तथा कप्तान मिचेल सान्टनरले ३५ बल खेलि ३ चौका र २ छक्कासहित ४३ रन बनाए । भारतको जस्प्रित बुमराहले ४ ओभरमा १५ रनमात्र खर्चेर ४ र अक्षर पटेलले ३ ओभरमा २७ रनमात्र खर्चेर ३ विकेट लिए ।

उपाधि रक्षा गर्ने भारत पहिलो टोली भएको छ । दुई वर्ष अघि वेस्ट इन्डिजमा भएको फाइनलमा भारतले दक्षिण अफ्रिकालाई पराजित गरेको थियो । साथै भारत ट्वान्टी–२० विश्वकप ३ पटक जित्ने पहिलो राष्ट्र पनि भएको छ । ट्वान्टी–२० विश्वकपको १० संस्करणमा पहिलो पटक घरेलु टाली विजेता बनेको हो ।

यसअघि सञ्जु सामसनले ४६ बलमा ८९ रन बनाएपछि टस हारेर ब्याटिङमा आएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाई २ सय ५५ रन बनाएको थियो । पछिल्ला दुई इनिङ्समा क्रमशः अविजित ९७ र ८९ रन बनाएका सामसनले ५ चौका र ८ छक्का प्रहार गरेका थिए ।

भारतले ६ ओभरको पहिलो पावर प्लेमै विना क्षती ९२ रन जोडेर खेल आफ्नो पक्षमा ढल्काएको थियो । सामसन र अभिषेक शर्माले पहिलो विकेटमा ९८ रनको साझेदारी गरेपछि भारतले यस विश्वकपमा आफ्नो दोस्रो उच्च स्कोर बनाएको थियो । जिम्बावेविरुद्धको ‘सुपर एट’ को खेलमा पनि टोलीले २ सय ५८ रन बनाएको थियो ।

अभिषेकले २१ बलमा ५२ रन बनाए । देव्रेहाते स्पिनर रचिन रवीन्द्रको अफ स्टम्प बाहिर गएको बलमा आउट हुनुपूर्व उनले ६ चौका र ३ छक्का प्रहार गरे । प्रतियोगितामा यो उनको दोस्रो अर्धशतक हो । सामसन र इशान किसन मिलेर पुन न्युजिल्यान्डका बलरमाथि निर्मम प्रहार गरेका थिए । सामसनले रवीन्द्रलाई लगातार तेस्रो छक्का प्रहार गर्दै प्रतियोगितामा आफ्नो तेस्रो अर्धशतक पुरा गरेका थिए ।

किशनले ५४ रन बनाए । उनले २५ बल खेलि समान ४ चौका र छक्का प्रहार गरे । जिम्मी निसमले एकै ओभरमा ३ विकेट लिएका थिए । उनले सामसन, किशन र कप्तान सूर्यकुमार यादवलाई शुन्यमा आउट गरेका थिए । तर त्योभन्दा अघि नै भारतले २ सय रनको स्कोरलाई उछिनिसकेको थियो ।

शिवम दुबेले अन्तिम ओभरमा निसमलाई ३ चौका र २ छक्का प्रहार गरेपछि भारतले २ सय ५० रनलाई उछिनेको थियो । दुबे ८ बलमा २६ रन बनाई अविजित रहे ।

यो पनि पढ्नुहोस्

राष्ट्रपति पौडेलले तीन दलका शीर्ष नेतृत्वलाई छलफल

राष्ट्रपतिद्वारा ६ वटा अध्यादेश जारी

३ घण्टा अगाडि
उपत्यकामा अव्यवस्थीत बस्ती हटाउने अभियानको विरोध

उपत्यकामा अव्यवस्थीत बस्ती हटाउने अभियानको विरोध

४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

पाकिस्तानमार्फत अमेरिकासँग वार्ताका लागि नयाँ प्रस्ताव ल्याइयाे

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा तीन जना पक्राउ

सन्दीप लिग–२ प्रतियोगितामा एक सय विकेट लिने विश्वकै पहिलो बलर

फोहोर पानी विसर्जन गरिँदा स्वास्थ्यमा गम्भीर जोखिम उत्पन्न

नेकपा उम्मेदवारलाई विजयी प्रमाणपत्र नदिएको भन्दै आपत्ति

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक