काठमाडाैं । तिर्थमान महर्जनको शब्द रहेकाे नेपाल भाषाको गीत “तिमिलाथें बांलम्ह हिसिदुम्ह मय्जु” गीतकाे छायांकन गरिएकाे छ ।
यस म्युजिक भिडिओको छायांकन सुरेश ख्वाक श्रेष्ठ र हरिकृष्ण प्रजापतिले गर्नु भएको छ भने गायनमा भुपेन शाक्य र सरिना शाहीको मिठो स्वर रहेको छ । यसका साथै गितका वरिष्ठ संगितकार शिव शाहीले आफ्नै म्युजीक स्टुडियो शिव मिनी रिकडिङ्गमा रिकर्ड गर्नु भएको छ ।
म्युजिक भिडिओमा नृत्य निर्देशन स्वयम् कलाकार सुदिप प्रजापतिले गर्नु भएको छ भने मुख्य कलाकारहरुमा सन्जना वज्राचार्य र अन्य कालाकारहरुले अभिनय गर्नु भएको छ ।
यस गितका गायक तथा रचनाकारहरुको परिकल्पनामा यस म्युजिक भिडिओले एउटा बेग्लै पहिचान वनाउने छ भन्ने आशा लिएको छ साथै यस म्युजिक भिडिओ चाँदै नै युत्युब मार्फत विभिन्न टिभि च्यानलहरुमा छिट्टै रिलिज हुने भएकाे छ ।


