आइत, बैशाख २०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

भारतीय टाेलीकाे सबैभन्दा फराकिलो हार

धारणा न्यूज by धारणा न्यूज
२ महिना अगाडि
Reading Time: 1 min read
0
भारतीय टाेलीकाे सबैभन्दा फराकिलो हार
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

एजेन्सी । टी-२० विश्वकपको इतिहासमै विश्व च्याम्पियन भारतीय टोलीले आफ्नो सबैभन्दा फराकिलो हार बेहोरेको छ। आइतबार सुपर-८ अन्तर्गत तेस्रो खेलमा दक्षिण अफ्रिकाले भारतलाई ७६ अन्तरले हरायो। यससँगै प्रतियोगितामा भारतको लगातार जितको श्रृंखला पनि टुटेको छ। यसअघि भारतले लगातार १२ खेल जितेको थियो।

अहमदाबादमा भएको खेलमा दक्षिण अफ्रिकाले टस जितेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८७ रन बनायो। जवाफमा भारतीय टोली १८.५ ओभरमा १११ रनमै अलआउट भयो।

दक्षिण अफ्रिकाका मार्को यान्सनले ४ विकेट लिए भने केशव महाराजले ३ विकेट लिए। त्यस्तै कर्बिन बोसले २ तथा एडेन मार्करमले १ विकेट लिए। भारतका लागि शिवम दुबेले सर्वाधिक ४२ रन बनाए। अन्यको प्रदर्शन गतिलो रहेन ।
यसअघि दक्षिण अफ्रिकाका डेभिड मिलरले ३५ बलमा ६३ रनको उत्कृष्ट इनिङ्स खेले। डेवाल्ड ब्रेविसले ४५ रन बनाए भने ट्रिस्टन स्टब्स २४ बलमा अविजित ४४ रन जोड्न सफल भए। भारतका जसप्रित बुमराहले ३ विकेट लिए भने अर्शदीप सिंहले २ विकेट हात पारे।

मिलर–ब्रेविसको साझेदारी निर्णायक
दक्षिण अफ्रिकाको सुरुआत राम्रो थिएन। टोलीले २० रनमै शीर्ष तीन विकेट गुमाएको थियो। क्विन्टन डी कक ६, एडेन मार्करम ४ र रियान रिकेल्टन ७ रनमै आउट हुदाँ पावरप्लेमा ४१/३ थियो। त्यसपछि डेभिड मिलर र डेवाल्ड ब्रेविसले मिलेर मात्र ५० बलमा ९७ रनको साझेदारी गर्दै रनगति झन्डै १० रन प्रति ओभर पुर्‍याए। यही साझेदारीकै आधारमा दक्षिण अफ्रिकाले भारतलाई १८८ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको थियो।

भारतीय ब्याटरहरूको खराब लय
जवाफमा भारतीय ब्याटरहरू खेलमा खासै चल्न सकेनन्। लगातार चौथो खेलमा भारतका एक ओपनर शून्यमै आउट भए। यसपटक इशान किशनले खाता खोल्न सकेनन्। त्यसपछि तिलक वर्मा १ रनमै फर्किए। पाँचौँ ओभरको तेस्रो बलमा अभिषेक शर्मा १५ रनमा आउट भए। कप्तान सूर्यकुमार यादव (१८ रन) र वासिङ्टन सुन्दर (११ रन) ले पनि प्रभावशाली प्रदर्शन गर्न सकेनन्।

एक पनि अर्धशतक साझेदारी भएन
तीन विकेट छिट्टै गुमाएपछि भारत दबाबमा परेको थियो। त्यसपछि कुनै पनि अर्धशतक साझेदारी बन्न सकेन। सातौँदेखि १५औँ ओभरसम्म भारतले ५ विकेट गुमाउँदै मात्र ५७ रन जोड्यो। १५औँ ओभरमा केशव महाराजले एउटै ओभरमा हार्दिक, रिंकू र अर्शदीपलाई आउट गर्दै भारतको हार लगभग निश्चित गरिदिए।

सेमिफाइनल पुग्न फराकिलो जित चाहिने
ग्रुप–१ मा भारतले पहिलो खेलमै ७६ रनको हार बेहोरे सँगै टोलीको नेट रनरेट –३.८०० मा झारेको छ। अब सेमिफाइनलमा पुग्न भारतले बाँकी दुवै खेल ठूलो अन्तरले जित्नै पर्ने अवस्था सिर्जना भएको छ, ताकि उसको नेट रनरेट अन्य टोलीभन्दा राम्रो बन्न सकोस्।

यो पनि पढ्नुहोस्

क्रिकेटर सन्दीप लामिछानेको भिसालाई लिएर अमेरिकी दूतावास यस्ताे प्रतिक्रिया दिए

सन्दीप लिग–२ प्रतियोगितामा एक सय विकेट लिने विश्वकै पहिलो बलर

१ दिन अगाडि
बिच कबड्डीको उपाधि भारतीय महिला कबड्डी टोलीले जित्याे

बिच कबड्डीको उपाधि भारतीय महिला कबड्डी टोलीले जित्याे

५ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

पाकिस्तानमार्फत अमेरिकासँग वार्ताका लागि नयाँ प्रस्ताव ल्याइयाे

मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा तीन जना पक्राउ

फोहोर पानी विसर्जन गरिँदा स्वास्थ्यमा गम्भीर जोखिम उत्पन्न

नेकपा उम्मेदवारलाई विजयी प्रमाणपत्र नदिएको भन्दै आपत्ति

महिलालाई बिक्रीको साधन किन बनाउँछन् पुरुषहरु ?

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक