आइत, बैशाख २०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

जय ट्रफी क्रिकेट प्रतियोगिता आजदेखि सुरु

धारणा न्यूज by धारणा न्यूज
२ महिना अगाडि
0
जय ट्रफी क्रिकेट प्रतियोगिता आजदेखि सुरु
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेपालको एकमात्र बहुदिवसीय क्रिकेट प्रतियोगिताका रूपमा रहेको जय ट्रफी क्रिकेट प्रतियोगिता आजदेखि सुरु भएको छ ।

काठमाडौंको त्रिवि क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा खेलहरू भइरहेका छन् । जय ट्रफीमा खेलको नतिजाका आधारमा टोलीहरूले विभिन्न शीर्षकमा अंक पाउने व्यवस्था गरिएको छ।

प्रतियोगितामा आउट्राइट जित, टाइ, ड्र तथा हारको अवस्थालाई पहिलो इनिङ्सको नतिजासँग जोडेर मुख्य अंक निर्धारण गरिन्छ। पहिलो इनिङ्समा अग्रता लिएर आउट्राइट जितेमा १० अंक दिइनेछ भने बराबरीपछि जितेमा ८ र पछि परेर जितेमा ६ अंक प्रदान गरिनेछ।

त्यस्तै, पहिलो इनिङ्समा अग्रता हुँदाहुँदै खेल टाइ भएमा ७ अंक, दुवै इनिङ्स टाइ भएमा ५ र पहिलो इनिङ्समा पछि परेर टाइ भएमा ३ अंक पाइनेछ। खेल ड्र भए पनि पहिलो इनिङ्समा अग्रता लिएको टोलीले ६ अंक पाउनेछ भने पहिलो इनिङ्स टाइ भएमा ३ अंक दिइनेछ। पहिलो इनिङ्समा पछि परेको अवस्थामा ड्र भएमा कुनै मुख्य अंक प्राप्त हुने छैन। नतिजाविहीन खेल (नो रिजल्ट) मा भने १ अंक प्रदान गरिनेछ। पहिलो इनिङ्समा अग्रता हुँदाहुँदै आउट्राइट हार बेहोरेमा ४ अंक, पहिलो इनिङ्स बराबरीपछि हार भएमा २ अंक र पहिलो इनिङ्समा पछि परेर हार भएमा कुनै अंक दिइने छैन। यी सबै अवस्थामा टोलीहरूले प्राप्त गर्ने बोनस अंक भने कायम रहनेछ।

प्रतियोगितामा बोनस अंक दुवै इनिङ्समा उपलब्ध हुनेछ र खेलको अन्तिम नतिजाले त्यसमा असर पार्ने छैन। ब्याटिङतर्फ पहिलो इनिङ्समा ७० ओभरभित्र बनाइएको प्रत्येक २५ रनमा ०.५ अंक दिइनेछ। दोस्रो इनिङ्समा पनि प्रत्येक २५ रनमा ०.५ अंक दिइने व्यवस्था छ, जहाँ अधिकतम ४ अंकसम्म पाउन सकिन्छ।

बलिङतर्फ प्रत्येक विकेट झर्दा ०.५ अंक दिइनेछ र एक इनिङ्समा अधिकतम ५ बलिङ अंक पाउने प्रावधान राखिएको छ। यसैबीच, न्यूनतम ओभर दर कायम गर्न नसक्ने टोलीलाई पेनाल्टी स्वरूप अंक कट्टा गरिनेछ। निर्धारित ओभर दरभन्दा प्रत्येक पूरा ओभर कम भएको खण्डमा १ अंक घटाइनेछ। राउन्ड रोबिन चरणपछि दुई वा बढी टोलीको अंक बराबर भएमा बढी जित हासिल गर्ने टोलीलाई माथिल्लो स्थान दिइनेछ।

जित पनि बराबर भएमा अघिल्लो संस्करणमा उच्च स्थानमा रहेको टोलीलाई प्राथमिकता दिइने व्यवस्था गरिएको छ।

यो पनि पढ्नुहोस्

क्रिकेटर सन्दीप लामिछानेको भिसालाई लिएर अमेरिकी दूतावास यस्ताे प्रतिक्रिया दिए

सन्दीप लिग–२ प्रतियोगितामा एक सय विकेट लिने विश्वकै पहिलो बलर

१ दिन अगाडि
बिच कबड्डीको उपाधि भारतीय महिला कबड्डी टोलीले जित्याे

बिच कबड्डीको उपाधि भारतीय महिला कबड्डी टोलीले जित्याे

५ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

पाकिस्तानमार्फत अमेरिकासँग वार्ताका लागि नयाँ प्रस्ताव ल्याइयाे

मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा तीन जना पक्राउ

फोहोर पानी विसर्जन गरिँदा स्वास्थ्यमा गम्भीर जोखिम उत्पन्न

नेकपा उम्मेदवारलाई विजयी प्रमाणपत्र नदिएको भन्दै आपत्ति

महिलालाई बिक्रीको साधन किन बनाउँछन् पुरुषहरु ?

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक