मङ्ल, फाल्गुन १९, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

निर्वाचन नहुँदै चुनावी परिणाम !

आयोगले उठायो गम्भीर सवाल, अनुमान वा मत सर्वेक्षणप्रति ध्यानाकर्षण

धारणा न्यूज by धारणा न्यूज
२ हप्ता अगाडि
0
समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना अन्तिम चरणमा पुग्याे
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं / आसन्न निर्वाचन सम्पन्न हुनुअघि नै हारजितको अनुमानसहित परिणाम सार्वजनिक गर्ने केही सञ्चारमाध्यमको प्रवृत्तिप्रति निर्वाचन आयोगले गम्भीर आपत्ति जनाएको छ । विशेषगरी चितवन निर्वाचन क्षेत्र नम्बर ३ मा रास्वपा उम्मेदवार सोबिता गौतमको जित प्रक्षेपण गरिएको सामग्री ‘सेतोपाटी डटकम’मा सार्वजनिक भएपछि आयोगले यसलाई निर्वाचन आचारसंहिताविपरीत कार्य भन्दै कडा चेतावनी दिएको हो । आयोगले यस्तो गतिविधिले मतदाताको स्वतन्त्र निर्णयलाई दिग्भ्रमित पार्न सक्ने र निष्पक्ष प्रतिस्पर्धाको वातावरण खलबल्याउने जनाएको छ ।
काठमाडौंमा आयोजित प्रतिनिधिसभा निर्वाचन मतदाता शिक्षा तथा निर्वाचन प्रचार–प्रसारसम्बन्धी छलफल कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मतदानअघि नै अनुमान वा मत सर्वेक्षणका नाममा नतिजा सार्वजनिक गर्नु गम्भीर विषय भएको बताए । उनले अनुमानमा आधारित सर्वेक्षण सार्वजनिक गर्दा उम्मेदवारहरू हतोत्साहित हुने र स्वस्थ प्रतिस्पर्धा कमजोर बन्ने धारणा राखे । निर्वाचनको वातावरण प्रभावित हुने गरी सामग्री सम्प्रेषण नगर्न उनले सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्तालाई आग्रह गरे ।
आयोगका अनुसार निर्वाचनको मर्यादा कायम राख्नु सबै पक्षको साझा दायित्व हो । प्रेस स्वतन्त्रता लोकतन्त्रको आधार स्तम्भ भए पनि त्यसको प्रयोग गर्दा मतदाताको गोप्य मतदान अधिकार र स्वतन्त्र विवेकलाई सम्मान गर्नुपर्नेमा आयोगले जोड दिएको छ । प्रविधिको तीव्र विकाससँगै कृत्रिम बौद्धिकता (एआई) प्रयोग गरी दिग्भ्रमित पार्ने सामग्री उत्पादन र प्रसार हुने जोखिम बढेको भन्दै आयोगले संयमता अपनाउन सचेत गराएको छ ।
चितवन निर्वाचन क्षेत्र नम्बर ३ को नतिजा घोषणा गरेको शैलीमा उक्त अनलाइनले समाचार सम्प्रेषण गरेपछि नियामक निकाय सक्रिय बनेका छन् । उक्त सामग्रीमा उम्मेदवारको नाम किटान गरी ‘जित्नेछन्’ भनी प्रक्षेपण गरिएको थियो । यस विषयमा प्रेस काउन्सिल नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाउँदै पत्रकार आचारसंहिता, २०७३ (पहिलो संशोधन, २०७६) तथा निर्वाचन आचारसंहिता, २०८२ बमोजिम कारबाही प्रक्रिया अघि बढाइएको जनाएको छ ।
काउन्सिलले सोमबार जारी गरेको विज्ञप्तिमा निष्पक्ष निर्वाचनका लागि आमसञ्चारमाध्यमले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गर्दै मतदाताको विवेकलाई प्रभाव पार्ने किसिमका विश्लेषण वा मत सर्वेक्षण सामग्री प्रकाशन–प्रसारण नगर्न आग्रह गरेको छ । निर्वाचन आयोगको पत्राचारका आधारमा काउन्सिलले आवश्यक प्रक्रिया अघि बढाउने व्यवस्था रहेको समेत स्पष्ट पारिएको छ । निर्वाचन आचारसंहिता उल्लंघन भएमा निर्वाचन आचारसंहिता, २०८२ र निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ बमोजिम कारबाही हुन सक्ने स्मरण गराउँदै काउन्सिलले सञ्चार माध्यम, पत्रकार तथा सामाजिक सञ्जाल प्रयोगकर्तालाई संवेदनशील हुन अनुरोध गरेको छ ।
विशेषज्ञहरूका अनुसार निर्वाचनअघि सार्वजनिक गरिने अनुमानित नतिजाले मतदातामा मनोवैज्ञानिक प्रभाव पार्न सक्छ । ‘ब्यान्डवागन इफेक्ट’ अर्थात् जित्ने भनिएको उम्मेदवारतर्फ मत झुक्ने वा ‘अन्डरडग इफेक्ट’ अर्थात् कमजोर ठानिएको पक्षप्रति सहानुभूति बढ्ने जस्ता प्रवृत्ति देखिन सक्छन् । यस्तो अवस्थामा वास्तविक मतदाताको स्वतन्त्र निर्णय प्रभावित हुने जोखिम रहन्छ । आयोगले पनि यही विषयलाई मुख्य चिन्ताका रूपमा उठाएको छ । निर्वाचनको निष्पक्षता केवल मतदानको दिन मात्र होइन, सम्पूर्ण प्रक्रिया भरि सुनिश्चित हुनुपर्छ । प्रचार–प्रसार, विश्लेषण, सर्वेक्षण र समाचार सम्प्रेषणका क्रममा सन्तुलन र जिम्मेवारी अपरिहार्य हुन्छ । निर्वाचन नहुँदै परिणाम घोषणा गरिनु लोकतान्त्रिक अभ्यासको मूल मर्मविपरीत हुने आयोगको ठहर छ ।
हाल सामाजिक सञ्जालमार्फत सामग्री तीव्र गतिमा फैलिने भएकाले गलत वा अपुष्ट सूचना रोक्न झन् कठिन बनेको छ । एआई प्रविधिबाट तयार गरिएका दृश्य, ध्वनि वा सामग्रीले मतदातालाई भ्रमित पार्न सक्ने जोखिम आयोगले औंल्याएको छ । त्यसैले केवल परम्परागत सञ्चारमाध्यम मात्र होइन, डिजिटल प्लेटफर्म र व्यक्तिगत प्रयोगकर्ताले पनि आचारसंहिता पालना गर्नुपर्ने अवस्था देखिएको छ । निर्वाचनको समयमा अभिव्यक्ति स्वतन्त्रता र नियमनबीच सन्तुलन कायम गर्नु चुनौतीपूर्ण हुन्छ । तर गलत सूचना वा पूर्वाग्रही विश्लेषणले निर्वाचनको विश्वसनीयता नै कमजोर पार्न सक्छ । त्यसैले नियामक निकायले समयमै ध्यानाकर्षण गराउनु आवश्यक कदमका रूपमा हेरिएको छ ।
प्रेस काउन्सिल नेपालले विज्ञप्तिमार्फत मतदाताको गोप्य मतदान अधिकारलाई सम्मान गर्न र कसैको पक्ष वा विपक्षमा दुष्प्रचारयुक्त सामग्री नसम्प्रेषण गर्न अनुरोध गरेको छ । निर्वाचनजस्तो संवेदनशील प्रक्रियामा पत्रकारिताको भूमिका केवल सूचना दिने मात्र होइन, लोकतान्त्रिक मूल्यमान्यताको संरक्षण गर्ने पनि हो । विशेषगरी मत सर्वेक्षण वा चुनावी विश्लेषण प्रस्तुत गर्दा वैज्ञानिक विधि, स्पष्ट स्रोत र कानुनी सीमा पालन गर्नु अनिवार्य हुन्छ । अन्यथा त्यसले उम्मेदवारको छवि, मतदाताको मनोविज्ञान र समग्र प्रतिस्पर्धात्मक वातावरणमा असर पु¥याउन सक्छ । प्रमुख निर्वाचन आयुक्त भण्डारीले तोकिएको मितिमा निर्वाचन सफल पार्न सबै पक्षको सकारात्मक भूमिका आवश्यक रहेको बताएका छन् । निर्वाचन निष्पक्ष, स्वच्छ र विश्वसनीय बनाउन सञ्चारमाध्यम, राजनीतिक दल, उम्मेदवार तथा नागरिक सबैले संयम र जिम्मेवारी अपनाउनुपर्नेमा उनले जोड दिएका छन् । ज

यो पनि पढ्नुहोस्

चुनाव अघिल्लो चुनावको अन्तिम परिणाम घोषणा

चुनावमा बग्ने रगतको मूल्य कति होला ?

४ हप्ता अगाडि
अब कांग्रेस कता जाला ?

अब कांग्रेस कता जाला ?

१ महिना अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

निर्वाचनका दिन अत्यावश्यक सवारी साधन चलाउन पाइने

पहाडी जिल्लाहरुमा फागु पर्व मनाइदै

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

झापा र सर्लाहीमा विशेष सुरक्षा

आज तराई–मधेशमा हाेली पर्व मनाइँदै

राजपुर नगरपालिका ३ को सडकछेउ शंकास्पद वस्तु फेला

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक