सोम, असार १, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

आइसीसी टी-२० विश्वकपमा नेपालकाे सुखद अन्त्य

धारणा न्यूज by धारणा न्यूज
४ महिना अगाडि
Reading Time: 1 min read
0
आइसीसी टी-२० विश्वकपमा नेपालकाे सुखद अन्त्य
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं ।  नेपालले आइसीसी टी-२० विश्वकपमा  १२ वर्षपछि जित हासिल गरेको छ।

नेपालले २०१४ को विश्वकपमा हङकङ र अफगानिस्तानलाई हराएको थियो।

त्यसपछि गत वर्ष विश्वकपमा नेपाल छनोट भएको थियो। तर उक्त विश्वकपमा नेपाल जितविहीन बनेको थियो।

२०१४ को विश्वकपमा समूह ‘ए’ मा रहेको नेपालले अफगानिस्तानमाथि ९ रनको रोमाञ्चक जित निकाल्दा हङकङलाई ८० रनले हराएको थियो।

तर बंगलादेश सँग ८ विकेटले पराजित हुँदै प्रतियोगिताको अघिल्लो चरण प्रवेश गर्न असफल भएको थियो।

त्यसयता लामो समय विश्वकपमा सहभागिता जनाउन असफल नेपालले गत वर्ष विश्वकप खेलेको थियो। उक्त विश्वकपमा दक्षिण अफ्रिकासँग रोमाञ्चक १ रनको हार अहिलेपनि नेपाली दर्शकका लागि ताजै छ। तर यो पटक लगातार तीन खेल हारेपनि अन्तिम खेलमा नेपालले स्कटल्यान्डलाई ७ विकेटले पराजित गर्दै प्रतियोगिताको अन्तिम खेलमा सान्तवना जित निकाल्दै विश्वकपमा जितविहीन हुन बाट जोगियो भने विश्वकपमा लगातारको हारको श्रृंखला समेत अन्त गर्‍यो।

यो सँगै समूहमा नेपाल समेत एक जित हासिल गर्दै समूह ‘सी’ बाट कुनैपनि टोली जितविहीन रहनु परेन।

साथै नेपाली टिमले अन्तत अन्तिम खेलमा विश्वकपमा जित हासिल गर्दै जित निकाल्यो। खेलमा टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७० रन बनाएको थियो।

जवाफमा नेपालले उक्त लक्ष्य ४ बल बाँकी हुँदा पुरा गर्‍यो।

नेपालको जितमा दिपेन्द्र सिंह ऐरीले ५० रनको अर्धशतकीय इनिङ खेले। उनले २३ बलमा ४ चौका र ३ छक्का प्रहार गरेका थिए। उनलाइ गुल्सन झाले २४ रनमा साथ दिए।

यी दुईबाहेक कुशल भुर्तेलले ४३ रन बनाउँदा आसिफ शेखले ३३ रन बनाए। त्यस्तै रोहित पौडेलले १६ रन बनाएका थिए। गुल्सन र दिपेन्द्रबीच चौंथो विकेटका लागि ७३ रनको अविजित साझेदारी भएको थियो।

स्कटल्यान्डका लागि माइकल लिस्कले ३ विकेट लिएका थिए। त्यसअघि स्कटल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७० रन बनाएको थियो।

जसका लागि माइकल जोनेसले सर्वाधिक ७१ रन बनाए। उनले ५ बलमा ८ चौका र ३ छक्का प्रहार गरेका थिए। त्यस्तै अर्का ओपनर जर्झ मुन्सीले २७ रन बनाए। यि दुइबिच पहिलो विकेटका लागि ८० रनको साझेदारी भएको थियो।

त्यस्तै स्कटल्यान्डका लागि ब्रान्डन म्याकमुलेनले २५ तथा रिची बेरिङटनले १० रन बनाए। यि दुइ बाहेक अन्य खेलाडीले भने दोहोरो स्कोरमा रन बनाउन सकेनन्। राम्रो सुरुवातका बाबजुत स्कटल्यान्डको पछिल्लो क्रम भने समालिन सकेन्। नेपालका लागि सोमपाल कामीले सर्वाधिक ३ विकेट लिए। उनले ४ ओभर बलिङ गर्दै २५ रन खर्चिएर ३ विकेट लिए। उनी बाहेक नन्दन यादव २ तथा रोहित पौडेल र कुशल भुर्तेलले १-१ विकेट लिएका थिए।

यो पनि पढ्नुहोस्

विश्वकपमा ४८ राष्ट्रका १२ सय ४८ खेलाडी मैदानमा

विश्वकपमा ४८ राष्ट्रका १२ सय ४८ खेलाडी मैदानमा

३ घण्टा अगाडि
स्वीडेनले ट्युनिसियालाई ५-१ गाेलले हरायाे

स्वीडेनले ट्युनिसियालाई ५-१ गाेलले हरायाे

४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

संस्कृति बन्न सकेन रक्तदान

अजय र विर्जनलाई तत्काल रिहा गर्न राष्ट्रिय जेनजी–नागरिक अभियानको माग

नाइमा नेपाल मोबिलिटी एक्स्पोको स्टल बाँडफाँड कार्यक्रम सम्पन्न

स्नातक प्रवेश तयारी अब अनलाइनमै

स्वीडेनले ट्युनिसियालाई ५-१ गाेलले हरायाे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक