आइत, साउन १०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

विदेशी लगानीका उद्योगको नाम सार्वजनिक

धारणा न्यूज by धारणा न्यूज
५ महिना अगाडि
0
विदेशी लगानीका उद्योगको नाम सार्वजनिक
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । सरकारले स्वचालित मार्गबाट स्वीकृत गर्ने विदेशी लगानीका उद्योगको नाम सार्वजनिक गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका तर्फबाट सोमबार राजपत्रमा त्यस्ता उद्योगको नाम उल्लेख गरिएको हो ।

जस अनुसार ऊर्जामूलक उद्योग अन्तर्गत वायु, सौर्य शक्ति, प्राकृतिक तेल र इन्धन वा ग्यास, बायोमास वा अन्य स्रोतबाट ऊर्जा उत्पादन गर्ने उद्योग, त्यस्तो ऊर्जा उत्पादन गर्न प्रयोग गरिने मेसिन तथा उपकरण निर्माण गर्ने उद्योगको विदेशी लगानी स्वचालित मार्गबाट स्वीकृत हुने छ ।

त्यस्तै बायोग्यासमा आधारित ऊर्जा, चिनी उद्योगको सहउत्पादनका रूपमा उत्पादन हुने ऊर्जा र ऊर्जाको सम्भाव्यता अध्ययन गर्ने क्षेत्र पनि सूचीमा छ ।

कृषि तथा वन पैदावारमा आधारित उद्योग अन्तर्गत फलफूल तथा तरकारी प्रशोधन, खाद्य वस्तुको उत्पादन, प्रशोधन तथा भन्डारण, कृषि उपज प्रमुख कच्चा पदार्थ हुने पशुपन्छीको दाना उत्पादन उद्योग, रेसा प्रशोधन, चिया तथा कफी प्रशोधन, जडीबुटी प्रशोधन, तरकारी प्रशोधन, रबर प्रशोधन, शीतभण्डार, फर्निचरलगायत काष्ठ उद्योग, पार्केटिङ, सिजनिङ, ट्रिटमेन्ट प्लान्ट, प्लाइउड, कम्पोजिट, बोर्डसम्बन्धी काष्ठजन्य उद्योग, कागज, रेजिनलगायत अन्य गैरकाष्ठजन्य वन पैदावारमा आधारित र कपास प्रशोधन गर्ने उद्योगको स्वचालित मार्गबाटै स्वीकृति हुने राजपत्रमा उल्लेख छ । पूर्वाधार उद्योगतर्फ सभा सम्मेलन केन्द्र, सवारी पार्किङगृह, निर्यात प्रशोधन क्षेत्र, कार्गो कम्प्लेक्स, प्रदूषित पानी प्रशोधन उद्योग, फिल्म सिटी निर्माण, व्यापारिक कम्प्लेक्स, निजी वेयर हाउससँग सम्बन्धित व्यवसायका क्षेत्र समेटिएको छ ।

पर्यटन उद्योग अन्तर्गत मोटेल, होटेल, रिसोर्ट तथा रेस्टुराँ, हिलिङ सेन्टर, सभा सम्मेलन तथा खेलकुद पर्यटन, मनोरञ्जन पार्क, वाटर पार्कमा आउने विदेशी लगानी स्वचालित मार्गबाट स्वीकृत हुने छ ।

सूचना प्रविधिमा आधारित उद्योग अन्तर्गत टेक्नोलोजी पार्क, आइटी पार्क, बायोटेक पार्क, सफ्टवेयर विकास, तथ्याङ्क प्रशोधन, डिजिटल म्यापिङ, बिजिनेस प्रोसेस आउटसोर्सिङ, नलेज प्रोसेस आउटसोर्सिङ, डेटा सेन्टर, डेटा माइनिङ, क्लाउड कम्प्युटिङ, वेब पोर्टल, वेब डिजाइन, वेब होस्टिङलगायतका क्षेत्रमा आउने लगानी पनि स्वचालित मार्गबाट हुने राजपत्रमा उल्लेख छ ।

सेवामूलक उद्योग अन्तर्गत करिब दुई दर्जन उद्योगले यस किसिमको सुविधा पाउने छन् । राजपत्र अनुसार यस अन्तर्गत यान्त्रिक कार्यशाला (वर्कसप), छापाखाना तथा छपाइसम्बन्धी सेवा, निर्माण व्यवसाय, फोटोग्राफी, अस्पताल, नर्सिङ होम, पोलिक्लिनिक, पुनस्र्थापनगृह सञ्चालन जस्ता वैकल्पिक अस्पताल, शारीरिक व्यायाम, योग, ध्यान तथा अभ्यास केन्द्र सञ्चालन, खेलकुद सेवा, स्विमिङ पुल, शीतभण्डार सञ्चालन, फोहोरमैला सङ्कलन तथा सरसफाइ, फोहोरमैला पुनः प्रशोधन, निर्माणसम्बन्धी भारी उपकरण, पशु चिकित्सा सेवा, स्वास्थ्य परीक्षण, निर्माण भइसकेका पूर्वाधार सञ्चालन गर्ने, कार्गो व्यवसाय, ड्राइक्लिनिङ व्यवसाय, विज्ञापन सेवा, विज्ञापन सामग्री तयार गर्ने सेवा, माटो परीक्षण, स्वास्थ्य क्लब, विद्युत् सर्वेक्षण, खनिज अध्ययन तथा अनुसन्धान, उपकरण मर्मत तथा जडान सेवालाई पनि सरकारले स्वचालित मार्गबाट लगानी स्वीकृति दिने भएको छ ।

उत्पादनमूलक उद्योग अन्तर्गत ४१ प्रकृतिका उद्योग व्यवसायले यस किसिमको सुविधा पाउने उल्लेख छ । यस अन्तर्गत चिनी उत्पादनदेखि, पेय पदार्थ उत्पादन, सिमेन्ट, इँटा, जस्तापाता उत्पादन गर्नेलगायतका उद्योग छन् । स्वचालित मार्गबाट हुने विदेशी लगानी स्वीकृतिको अधिकत सीमा नहुने पनि मन्त्रालयले प्रस्ट पारेको छ । त्यस्तै लगानीको न्यूनतम सीमा पनि नहुने उल्लेख छ । यसअघि स्वचालित मार्गबाट हुने वैदेशिक लगानीको स्वीकृतिको सीमा ५० करोड रुपियाँ निर्धारण गरिएको थियो ।

यो पनि पढ्नुहोस्

अवैध लागूऔषध सहित पक्राउ

सालिक तोडफोड गर्ने व्यक्ति पक्राउ

३८ मिनेट अगाडि
शिक्षा मन्त्रालयका सचिव धनगढी पुगे

शिक्षा मन्त्रालयका सचिव धनगढी पुगे

४१ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सामखुसी–टोखा–झोर सडक विस्तार : विकासका नाममा आदिवासी अधिकारमाथि हस्तक्षेप भएको आरोप

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने व्यवस्था

१५औँ संस्करणको साफ च्याम्पियनसिपको आधिकारिक लोगो सार्वजनिक

सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु

‘वैदेशीक हस्तक्षे र राष्ट्रिय आत्मसमर्पणवाद विरुद्ध क्रान्तिकारी कम्युनिस्टहरु एक हुनुपर्छ’

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक