काठमाडौं । किपू मंकाः धुकूको १२ बार्षिक साधारण सभा फागुन २ गते शनिबार सम्पन्न भएको छ ।
काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिका दाप्चाको कालीकोट मन्दिरमा बनभोज आयोजना गरि सम्पन्न भएको कार्यक्रममा किपू मंकाः धुकूका लेखा समितिका सदस्य राजकुमार महर्जनले किपू मंकाः धुकू बिभिन्न आवरोह अवरोहका बावजूट पनि एक बर्ष दुई बर्ष हुँदै १२ बर्षमा पुगेको अवसरको अवसरमा सम्पूर्ण कार्यसमित तथा सदस्यहरुमा शुभकामना व्यक्त गरि स्वागत मन्तव्य राखिएको थियो ।
किपू मंकाः धुकूका उपाध्यक्ष रामप्रसाद महर्जनले बार्षिक आय व्यय विवरण पढेर सबैलाई सुनाइएको थियो । जुन यस प्रकार रहेकाे छ : 
औषधी पसलका संयोजक बुद्ध कुमार महर्जनले ०८१ फागुनदेखि ०८२ फागुन सम्मको एक बर्षको आयव्यय विवरण प्रस्तुत गरिएको थियो ।


