बिहि, फाल्गुन २१, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

गाेरेलाई थप १० वर्ष जेल सजाय हुने

धारणा न्यूज by धारणा न्यूज
३ हप्ता अगाडि
Reading Time: 1 min read
0
गाेरेलाई थप १० वर्ष जेल सजाय हुने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं ।३३ किलो सुन तस्करी प्रकरण तथा सनम शाक्य हत्या प्रकरणमा उच्च अदालत विराटनगरले थप १० वर्ष जेल सजाय हुने फैसला गरेको छ । जिल्ला अदालत मोरङबाट जन्मकैद सजाय पाएर कारागारमा रहेका गोरे भनिने चूडामणि उप्रेतीलाई उच्च अदालत विराटनगरका न्यायाधीशद्वय महेन्द्रनाथ उपाध्याय र प्रकाशचन्द्र अधिकारीको संयुक्त इजलासले सनम शाक्यको हत्या कसुरमा थप दश वर्ष कैद सजाय थप गर्ने आदेश गरेको हो । मोरङ जिल्ला अदालतका तत्कालीन न्यायाधीश भरत लम्सालले सुन तस्करीको प्रमाण नपुगेको ठहर गर्दै सनम शाक्यको हत्यामा मात्र ८ जनालाई कैद सजाय हुने फैसला सुनाएको थियो । तस्करी गरेर ल्याएको सुन ‘गायव’ बनाएको आरोपमा ‘गोरे’ को समूहले यातना दिएर मोरङमा सनम शाक्यको हत्या गरेको थियो । २०७४ फागुन १८ मा मोरङको उर्लाबारीमा सनमको हत्या गरेको आरोपमा अदालतले ‘गोरे’ सहित ६ जनालाई जन्मकैदको सजाय गरेको छ । जन्मकैदको सजाय पाउनेमा चूडामणि उप्रेती ‘गोरे’, टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, मोहन काफ्ले, नरेन्द्र कार्की र भोजराज भण्डारी छन् । शाक्यको हत्या अभियोगमा राजन कुमारलाई ३ वर्ष र माधव भन्ने मदन प्रसाद घिमिरेलाई ६ महिना कैद सजाय हुने फैसला गरिएको थियो । Ncell 2 उच्च अदालत विराटनगरले अभियुक्तहरू नरेन्द्र कार्की, मोहन काफ्ले र भोजराज भण्डारीको हकमा सजाय १० वर्ष घटाएर १० वर्ष मात्रै कायम गरेको छ ।

उक्त कर्तव्य ज्यान मुद्दामा मतियारका रूपमा संलग्न रहेका अभियुक्त मदन सिलवाललाई जिल्लाको फैसला उल्ट्याउँदै तीन वर्ष मात्रै कैद सजाय सुनाएको छ । अभियुक्तहरू लाक्पा शेर्पा र भविन तामाङको हकमा भने जिल्ला अदालतकै फैसला सदर गरेको छ । ०७४ मंसिरमा थाई एयरलाइन्सबाट आएको साढे ३३ केजी सुन गायब भएको थियो । सोही सुन खोजी गर्ने क्रममा १८ फागुन ०७४ मा सुन तस्करीका नाइके चूडामणि उप्रेती (गोरे)का सहयोगी मोरङ उर्लाबारी नगरपालिका ७ का युवा सनम शाक्यको हत्या भएको थियो । उनको शव १९ फागुनमा स्कारपियो जिपभित्र विराटनगर– १, पोखरियामा फेला परेको थियो ।

घटनास्थलबाट तत्काल टेकराज मल्ल ठकुरी, मोहन काफ्ले र कृष्ण कार्की पक्राउ परेका थिए । उक्त हत्यापछि सरकारले उच्चस्तरीय छानबिन टोली गठन गरेर सुन तस्करीको छानबिन गरेको थियो । छानबिन समितिको प्रतिवेदनको आधारमा नेपाल प्रहरीले विभिन्न चरणमा सरकारी वकिलको कार्यालय मोरङमार्फत जिल्ला अदालत मोरङमा आपराधिक समूह स्थापना गरी सुन चोरी पैठारी निकासी गरी अवैध कारोबार गरेको र मानव अपहरण गरी हत्या गरेको आरोपमा ७७ जनाविरुद्ध अभियोग दर्ता गराएको थियो ।

सबै अभियुक्तहरूउपर २०१५ जुलाईदेखि २०१६ अगस्टसम्म संगठित आपराधिक सन्जाल बनाएर १७ अर्ब एक करोड ८० लाख ७१ हजार ४७३ रुपैयाँबराबरको ३७ लाख ९९ हजार ५६३ ग्रामबराबर सुन तस्करी गरेको र सनम शाक्यको अपहरण गरी हत्या गरेको अभियोगको माग दाबी थियो । संगठित सुन तस्करी र सनम शाक्य हत्या कसुरको उक्त मुद्दामा जिल्ला अदालत मोरङले मुख्य आरोपी चूडामणि उप्रेती (गोरे)सहित दशजना व्यक्तिलाई कैद सजाय भएको थियो ।

यो पनि पढ्नुहोस्

अवैध लागूऔषध सहित पक्राउ

अवैध लागूऔषध सहित तीन जना पक्राउ

६ दिन अगाडि
बलात्कार गरेकाे आरोपमा पक्राउ

बलात्कार गरेको आरोपमा पक्राउ

६ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

पर्सामा ९ वटा सुतली बम र सुँगुरको टाउको सहित पक्राउ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

निर्वाचनका दिन मौसम सफा रहने

निर्वाचनकाे अन्तिम तयारी

प्रधानसेनापति सिग्देलद्वारा उपत्यका पृतनाको निरीक्षण

उम्मेदवार नरेन्द्र साह कलवारबिरुद्ध मिडिया ट्रायल

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक