आइत, बैशाख १३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home Uncategorized

कम्युनिस्ट पार्टीसँग चुनावी तालमेल नहुने

धारणा न्यूज by धारणा न्यूज
३ महिना अगाडि
Reading Time: 1 min read
0
कम्युनिस्ट पार्टीसँग चुनावी तालमेल नहुने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । एमाले उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङले भदौ २३ र २४ गतेको घटनालाई हेर्ने दृष्टिकोणमा एकरूपता नआएसम्म नेपाली कम्युनिस्ट पार्टीसँग चुनावी तालमेल नहुने स्पष्ट पारे। मंगलबार काठमाडौंमा प्रेस चौतारी नेपालद्वारा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले उक्त धारणा राखे।

दुई दलले भदौ २३ र २४ गते भएको जेनजी पुस्ताको आन्दोलनलाई हेर्ने दृष्टिकोण फरक छ। जेनजीको आन्दोलनलाई एमालेले प्रतिगमन मान्दछ भने नेकपाले क्रान्तिको रूपमा हेर्छ। गुरुङले पनि भदौ २३ र २४ गतेका घटनाक्रमलाई हेर्ने दृष्टिकोण दुई दलबीच फरक रहेको जनाए।

उनले भने, “हामीले प्रतिगमन भनेका छौं, उहाँहरूले क्रान्तिकारी काम भन्नुभएको छ। यसले राजनीतिक दृष्टिकोण उत्तर र दक्षिणको जस्तो देखिएको छ। त्यसैले तत्काल चुनावी तालमेल हुन सक्दैन।”

तर, राजनीतिमा असम्भव कुरा पनि सम्भव हुने उनको भनाई छ। तर, एमाले उक्त घटनालाई हेर्ने दृष्टिकोणमा परिवर्तन नहुने उनले स्पष्ट पारे। गुरुङले भने, “राजनीति भनेको असम्भवबाट सम्भव पनि हुन्छ। २/४ दिनमै कोर्स परिवर्तन हुन सक्छ भन्ने केही छैन। उहाँहरूले त्यो घटनालाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नुभयो भने सहकार्य हुन सक्छ।”

प्रतिगमनलाई सच्याउन तयार हुने र एमालेको राजनीतिक लाइनमा आउने दलहरूसँग सहकार्यको ढोका खुल्ला रहने उनको भनाई छ। गुरुङले चुनावी तालमेल र चुनावपछिको सरकार निर्माणमा हुने सहकार्य फरक विषय भएको पनि प्रस्ट पारे।

मुलुकलाई अगाडि बढाउन ठोस भिजन र सिद्धान्त भएको पार्टी एमाले मात्रै रहेको उनको दाबी छ। उनले भने, “नेपालको स्वाधीनता, स्वतन्त्रता र राष्ट्रियताका विषय उठाउने दल कहिले पनि पुरानो हुँदैन। नयाँ भनेर अराजकताले स्थान पायो भने राजनीतिक स्थिरता मिल्दैन।”

यो पनि पढ्नुहोस्

मनोहरामा सुकुम्बासी बस्ती हटाउने कार्य सुरु

सुकुमबासीहरु रंगशालामा नाम टिपाउन पुगे

५ घण्टा अगाडि
बेथितिलाई सुधार्ने गतिमा रास्वपा अघि बढ्दै

बेथितिलाई सुधार्ने गतिमा रास्वपा अघि बढ्दै

६ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सांसदहरू जनताको ‘नोकर’ भएको स्मरण

बेथितिलाई सुधार्ने गतिमा रास्वपा अघि बढ्दै

राष्ट्र बैंकको कुल सम्पत्तिमा उल्लेख्य वृद्धि

खोला किनारमा रहेको विद्यालयका सरसामानहरू हटाउन थाले

एन्फा पदाधिकारी विदेश जान नपाउने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक