शनि, जेष्ठ ९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

खतरा महाबिनाशकारी युद्धको : चिन्ता बिश्व–शान्ति खोजीको

धारणा न्यूज by धारणा न्यूज
४ महिना अगाडि
Reading Time: 1 min read
0
प्रकृतिलाई जोगाउने कि भयावह संकटको भुँवरीमा पर्ने ?
2.2k
SHARES
27k
VIEWS
Share on Facebook
–लोकनारायण सुबेदी
बिश्वका बिभिन्न खतरनाक युद्धहरु जुन लम्ब्याइदै गरिएका थिए र छन् तिनमा पछिल्लो भनेजुएला अतिक्रमण तथा त्यसपछि ग्रिनल्याण्ड हडप्ने अमेरिकी साम्राज्यबादको उदण्ड हठले  बिश्वभरी नै मानिसहरुमा पहिले कहिल्यैभन्दा गम्भीर र निकै गहिरो चिन्ता बढाएको छ । युद्धको सन्देहलाई कम गर्नु जहिले पनि बिश्वका लागि एउटा निकै सार्थक उदेश्य रहँदै आएको हो  । तर पछिल्लो समय बिकसित कतिपय बिशेष कारणले गर्दा हालैको समयमा युद्ध रोक्ने अभियानलाई बढी सशक्त बनाइनु पर्ने आवश्यकता पहिलाभन्दा कयौं गुणा बढी बढेको छ । दुइ बर्षभन्दा बढी समयदेखि यूक्रेनमा चलिरहेको  नाटो र रुस बीचको ‘प्रोक्सी वार’ अनि एक बर्षभन्दा बढी समयदेखि चलिरहेको प्यालेस्टिनीमाथिको अतिक्रमण घोर दमन र हत्या तथा गाजा हुदै लेबनानसम्म फैलाइएको  नृशंश नरसंहार पनि अमेरिकी समर्थनको इजरायली आक्रमण बाहेक अरु केही होइन, थिएन भन्ने कुरा जग जाहेर छ । त्यसमा अरु त अरु नेपाल पनि साम्राज्यबाद र युद्धको पक्षमा तानिएको छ र आफ्नो असंलग्न परराष्ट्र सम्बन्धको परम्परालाई लत्याउदै बिनाशकारी युद्धको पक्षमा लतारिदै छ । यस्ता कुराहरुबाट जोगिदै र सच्चिदै बिश्व शान्ति र युद्धको बिपक्षमा छिमेकी र अन्य शक्ति राष्ट्रहरुसँग अनाक्रमण सन्धि गर्न  नेपाल जस्ता देशहरु लाग्नु र  खडा हुन अत्यन्त जरुरी छ । अन्यथा नेपाललाई पनि असैह्य युद्ध र महाबिनाशको शिकार हुनबाट कसैले रोक्न सक्ने छैन । बिश्व यतिबेला अत्यन्तै  खतरनाक महायुद्धको सँघारमा पुगिरहको स्थिति बिकसित भइरहेको छ ।
त्यसैले अहिले चालु नरसंहारकारी युद्धको पहिलो चिन्ताको सबैभन्दा ठूलो कारण त के हो भने महाबिनाशक हात हतियारको उपलब्धीबाट युद्ध आजका दिनमा असैह्यहदसम्मको अत्यन्तै बिनाशक बन्न पुगेको छ । यतिबेला बिश्वका नौवटा देशहरुसँग परमाणु हात हतियार रहेका छन् । अनि अरु कतिपय देशमा  अमेरिका र रुसका हतियार तैनाथ गरिएका या भण्डारण गरिएका  छन् । अनि कतिपय देशहरुमा लुकाइ छिपाई राखिएका रासायनिक तथा जैबिक हतियार भएको पनि संभावना तथा आशंका रहेको छ । सामान्य मानिने हात हतियार पनि पहिलाभन्दा अत्याधिक बिध्वंशकारी स्तरका बनिसकेका छन् ।
अर्को यसको महत्वपूर्ण कारण के छ भने बिश्वमा जलवायु परिबर्तन जस्ता कतिपय अति गम्भीर पर्याबरणीय समस्याहरु पनि उपस्थित छन् । जसले पृथ्वीको जीवनदायिनी क्षमतालाई नै खतरामा धकेलिदिन सक्छन् र धकेलिरहेका छन् । यसको रक्षाका लागि निकट अन्तर्राष्ट्रिय सहयोग र अमन चयनको सकारात्मक माहोल चाहिन्छ । छिमेकी देशहरुका बीच बिशेष गरेर बढ्दो सहयोग र त्यसको निरन्तरताको आवश्यकता अझ बढेको छ । युद्धको माहोलमा त्यस्तो सहयोग उपलब्ध हुन सक्तैन । युद्ध या युद्धको माहोलमा बढ्दो अन्तर्राष्ट्रिय सहयोगलाई निरन्तरता प्राप्त गर्न सम्भव हुँदैन । तेश्रो ठूलो कारण के छ भने युद्ध मानब जीवनका लागि अत्यन्तै बिनाशकारी हुनुका साथसाथै यो एउटा ठूलो प्रदूषकको माध्यम पनि हो ।
 ग्रीन हाउस ग्यासको एउटा ठूलो श्रोत युद्ध र युद्धको तयारी हो र धेरैजसो अन्य प्रदुषण हतियार निर्माण र तैनाथी आदिसँग जोडिएका हुन्छन् । जहाँ एकारितर युद्ध र युद्धको आशंकालाई कम गर्नु पहिला कहिल्यैभन्दा धेरै आश्वयक हुन गएको छ भने यहाँ अर्को दुःखद सत्य के  छ भने हालैको दशकमा चलेका बिभिन्न युद्धहरुले नराम्रोसाग बर्बादी निम्त्याइसकेको छ । सम्भवतः सबैभन्दा ठूलो चिन्ताको कुरा यो छ कि परमाणु हतियारहरको उपयोगको आशंका बिभिन्न कारणले अझ बढेको छ ।  यस प्रकारका परमाणु शस्त्रास्त्रको उपयोको आशंका रोक्नका लागि जुन सम्झौताहरु अमेरिका र रुसमा पहिलादेखि नै रहेका थिए तिनको पनि नबिकरण हुने गरेको छैन।
यस्तो बिकट र भयावह परिस्थितिमा यो कुरा बिश्वस्तरमा अत्यन्तै आवश्यक हुन पुगेको छ कि युद्धको आशंकालाई रोक्नका लागि र अमन चयन कायम राख्नका लागि आबश्यक सबै पहल र प्रयासहरुलाई अझ प्रभावकारी र सबल तुल्याइनु पर्दछ र त्यसलाई निरन्तरता दिइरहनु पर्दछ र यसलाई एउटा ठूलो बिश्व जन अभियानकोरुप दिइनु पर्दछ । यसो गर्नुपर्ने आबश्यकता पहिलादेखिनै पनि थियो । तर शान्ति र अमनचैयनका जन अभियानकोे आवश्यकता आज अझ बढेको छ  त्यस्तो हिजो कहिल्यै बढेको थिएन । यस प्रकारको अभियानलाई सबल बनाउनका लागि शान्ति अभियानलाई महिला आन्दोलन, न्याय, समानता  र जनतन्त्रको आन्दोलन र अभियानसँग निकट तुल्याइनु र जोडिनु पर्दछ । परिबार तथा स्कूल कलेज जस्ता सबैभन्दा महत्वपूर्ण संस्थाहरुमा युद्धका बिरुद्ध र शान्ति सुब्यवस्थाका पक्षमा तिनलाई सबल बनाउने सन्देश दिइनु पर्दछ । बिभिन्न देशहरुको अमन चयन र शान्तिको आन्दालनहरुले एक अर्का देशको आन्दोलनलाई सहयोग गर्ने खालको समुचित अवसर प्रदान गर्ने बातावरण बनाइनु पर्दछ । अनि कला, सँस्कृति, सञ्चार माध्यमहरुको स्तरको आदान प्रदानको पनि यस अभियानमा सार्थक भूमिका हुन सक्तछ । शान्ति सुब्यसथाको सन्देशलाई सबल तुल्याउन महिलाहरुको बहुतै महत्वपूर्ण भूमिका हुनसक्छ । पाठ्यक्रमहरुमा बिभिन्न स्तरमा शान्ति र सुब्यस्थको सन्देशलाई महत्व दिन सकिन्छ । आधुनिक युद्ध कत्ति खतरनाक भइसकेको छ र यस खतराबाट बच्न अत्यन्तै आवश्यक छ भन्ने समझदारी बिभिन्न स्तर र तहका मानिसहरुका बीच पनि पुग्नु पर्दछ ।
यतिबेला के प्रश्न धेरैजसो बिश्लेषकहरुले सोधिरहेका छन् भने निकट भबिष्यमा कुन महाशक्तिको दबदबा बढी तीब्रताकासाथ बढ्ने छ ? यो प्रश्न राजनीतिक, सामरिक र आर्थिक सबै सन्दर्भमा सोधिन थालेको छ । तर यो भन्दा पनि आधारभूत कुरा के छ भने  जबसम्म बिश्वमा आधिपत्यको होडबाजी चलिरहन्छ तबसम्म बिश्वको तनाव हटाउन सकिने छैन । अनि हामी एउटा युद्धबाट अर्को युद्धतर्फ नै गइरहेका हुन्छौ । यो बिश्वमा आधिपत्यको दौड मानब इतिहासमा बहुतै बिनाशकारी युद्ध हुँदै आएका छन् । बीसौं शताब्दी दुइटा बिश्व युद्ध भइसकेका छन् । त्यसबेलादेखि अहिलेसम्म बिश्वमा बिनाशकारी शस्त्रास्त्रको मार हान्ने क्षमता हजारौं गुणा बढिसकेको छ । अनि यत्तिका धेरै परमाणु हतियार भण्डारणमा छन् कि तिनले बिश्वका अधिकांश मानब अस्तित्वलाई कयौं पटक ध्वस्त पार्न सक्दछन् । अनि यो पृथ्बीको ठूलो क्षेत्रलाई बिषालु र बसिनसक्नु पनि बनाउन सक्छन् ।
अर्को एकदमै ठूलो चूनौति हाम्रा अगाडि  के छ भने आधिपत्यको यस दौडलाई बिना कुनै ठूलो हिंसा समाप्त पारिनै पर्छ  । एकातिर त यत्तिका बिध्वंशकारी हतियाहरुको भण्डार  मात्र  पनि कम खतरनाक हुँदैन अर्कोतिर त्यस्ता डरलाग्दा हतियारबाट सुसज्जित महाशक्तिहरु निरन्तर सन्देह र तनाब तथा दुश्मनीको स्थितिमा रहिरहँदा कुनै पनि समयमा नचिताएको घटना घट्न सक्तछ । अतः समय छँदै यस्ता तनाब र दुश्मनीहरु तथा आधिपत्यको होडको शान्तिपूर्ण समाधान निकाल्नु अत्याबश्यक छ । यसका लागि सामरिक, राजनीतिक, आर्थिक तथा ब्यापारिक सबै स्तमा प्रयास गरिनु पर्दछ । यो एउटा ठूला प्रश्न हो कि के यस्तो ठूलो आबश्यक परिबर्तन अमन चैनको माहोल ल्याउन सकिएला त ? हो, यस किसिमको क्षमता बिकास गर्न आज बिश्वका लागि एकदमै आवश्यकता र चूनौति बन्न गएको छ ।
समाजबादी सोभियत संघको  बिघटन बाह्य र आन्तरिक कारणले  जसरी बिना युद्ध नै हुन पुग्यो त्यसपछि धेरैले बिश्वमा शीत युद्ध समाप्त भएर शान्ति सुब्यवस्थाको काल खण्ड आरम्भ हुने अवसर आएकोे आकलन गरेको थियो तर त्यसो हुन सकेन । कारण उही थियो आधिपत्यको प्रबृत्ति । सोभियत संघको बिघटनपछि बिश्वका शक्तिशाली पूँजीवादी देशहरुले सोचे कि त्यो बेला बिघटित रुसलाई अझ दबाउने र कमजोर पार्ने समय हो । तर रुसले आफ्नो सामरिक शक्तिको एक सीमासम्म रक्षा गर्न सक्यो । बढ्दो पश्चिमा बल मिचाईले गर्दा पुनः नयाँ युद्धको स्थिति उत्पन्न भयो ।
त्यसले गर्दा युद्ध र अशान्तिलाई नाफाको सर्बोत्तम माल मान्ने पूँजीवादी नाफखोर प्रबृत्तिमा कुनै परिबर्तन आउदैन भन्ने कुरा नै फेरि पनि रहिरहेकै छ र पुनर्पुष्टी भएको छ । यसले नाफाका लागि जसरी नरसंहार मच्चाउन समेत कत्ति आपत्ति मान्दैन भन्ने यथार्थ पटक पटक छर्लंग हुदै आएको छ । त्यसैले हर तरहले बिश्व शान्ति आन्दोलनलाई सबल बनाउन र दबाब सिर्जना गर्न निरन्तर बिश्व स्तरमै लागि रहनु पर्ने र अशान्ति र तनाबको माहोललाई  घटाउने दिशामा लाग्नुको कुनै बिकल्प छैन । तर केवल शान्तिको अपेक्षा गर्नु मात्र पर्याप्त हुँदैन ।त्यसैल आज युद्ध रोक्न शान्तिको आन्दोलनलाई सबल तुल्याउने उपायहरु के हुन्छन् या छन् ती सबैको सर्बत्र खोजी गरिनु अत्यावश्यक भइसकेको छ ।
यसका अतिरिक्त महाबिनाशकारी हतियार र अन्य अति बिध्वंशक हतियारहरुको प्रसार रोक्नका लागि र तिनको बास्तबिक उपयोगको सम्भावनालाई रोक्नका लागि अति आबश्यक सबै प्रयाशको खोजी र तिनको निरन्तरता जारी राखिनु पर्दछ ।त्यसका लागि अन्तर्राष्ट्रिय स्तरमा सम्झौता आवश्यक हुन्छ नै । यति बेला त थप चिन्ताको बिषय के पनि छ भने यस सम्वन्धमा पहिलादेखि नै भएका सम्झौताहरुको नबिकरण समेत समयमा हुने गरेको छैन । ती सम्झौताहरुको महत्वका बारेमा पनि ब्यापक स्तरमा जन जागृति जरुरी छ । समग्रमा अन्तर्राष्ट्रिय तनावहरुलाई सुल्झाउनका लागि शान्ति आन्दोलनलाई सघन तुल्याइनु र नया उच्च स्तरमा उठाउन बिशेष पहलहरु गरिनु र जन आन्दोलनहरुको बिकास गरिनु पर्दछ । यस्तो बिश्व शान्ति आन्दोलनको चौतर्फी  ब्यापक दबाब र युद्धको घोर बिरोध बिना बिश्व परमाणु युद्ध र त्यसको अपूर्ब र भयावह खतराबाट मुक्त हुन सकिने छैन । परिणाम अपूर्ब बिनाशलिला र  पछुताउनु बाहेक अरु केही रहने छैन भन्ने निष्कर्श बिश्वका बस्तुबादी बिश्लेषकहरुले निकालिरहेका छन् । यसले बिश्व शान्ति आन्दोलनलाई ब्यापक, सघन र गहिरो तुल्याउन शान्तिकामी जन समुदाय र तिनको सही प्रतिनिधित्व गर्ने शक्तिहरुको सक्रिय अग्रसरता अति आवश्यक छ । बिश्वभरीका जनता युद्धका बिरुद्ध, बिनाशकारी र घातक हतियारका बिरुद्ध युद्ध बिरोधी महासागर बनेर दृढताकासथ खडा हुनु अपरिहार्य र अनिवार्य बनेको छ । अहिले भेनेजुएलमाथिको साम्राज्यबादी आततायी आक्रमणपछि बिश्वब्यापी बिरोधमा उठेको जन सागले पनि जनताको युद्ध बिरोधी र शान्ति आन्दोलनको ठूलो महत्व छ भन्ने यथार्थ औंल्याएको छ ।

यो पनि पढ्नुहोस्

इजिप्टले पेट्रोलको मूल्य बढायो

भारतमा इन्धनको मूल्यमा वृद्धि हुने क्रम जारी

५६ मिनेट अगाडि
तीनकुने घटनामा संलग्न प्रतिवादीहरूको बयान जारी

प्रसाईंलाई चार दिन हिरासतमा राख्न अनुमति

१ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

को हुन् भारतमा ‘कक्रोज जनता पार्टी’ बनाउने अभिजीत ?

नेपाले अमेरिकालाई ३१८ रनको लक्ष्य प्रस्तुत

इद–उल–अजहाका अवसरमा सार्वजनिक बिदा

एमालेले फिर्ता गर्‍यो भीआईपी उपचारको साढे तीन करोड

मगर संघको १३ औं राष्ट्रिय महाधिवेशन सुरु

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक