आइत, साउन ३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

“हुँदैन बिहान मिर्मिरेमा तारा झरेर नगए, बन्दै देश दुई–चार सपुत मारेर नगए।” – भूपी शेरचन

धारणा न्यूज by धारणा न्यूज
६ महिना अगाडि
Reading Time: 1 min read
0
“हुँदैन बिहान मिर्मिरेमा तारा झरेर नगए, बन्दै देश दुई–चार सपुत मारेर नगए।” – भूपी शेरचन
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

भक्तपुर । राष्ट्रका लागि जीवन अर्पण गर्ने अमर सहिदहरूप्रति श्रद्धा, सम्मान र कृतज्ञता प्रकट गर्ने उद्देश्यका साथ भक्तपुर-२, मिबाछें स्थित एभरेस्ट स्कुल, भक्तपुरमा शहिद दिवस भव्य र सभ्य रूपमा मनाइएको छ।

कार्यक्रममा नेपालका मुख्य चार सहिदसहित विभिन्न कालखण्डका ज्ञात तथा अज्ञात सम्पूर्ण सहिदहरूप्रति आगाध श्रद्धा अर्पण गर्नुका साथै उनीहरूले देखाएको मार्गदर्शनलाई आत्मसात् गर्दै त्यसैअनुसार अघि बढ्ने संकल्प व्यक्त गरिएको थियो। विद्यालय परिसरमा आयोजित उक्त कार्यक्रममा कक्षा ४ देखि कक्षा १० सम्मका विद्यार्थी, शिक्षक तथा कर्मचारीहरू सक्रिय रूपमा सहभागी भएका थिए। कार्यक्रम सामाजिक अध्ययन विभागको पहलमा आयोजना गरिएको थियो। कार्यक्रमको उद्घाटन गर्दै विद्यालयका संस्थापक प्रिन्सिपल श्री भक्त राजभण्डारीले सहिदहरू राष्ट्र र जनताका लागि हाँसी–हाँसी जीवन अर्पण गरी अमर बनेको उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, “सहिदहरूले आफ्नो व्यक्तिगत स्वार्थभन्दा माथि उठी देशको मुहार परिवर्तन गर्ने महान उद्देश्यका लागि बलिदान दिएका हुन्। उनीहरू केवल इतिहासका पात्र मात्र होइनन्, आज पनि हाम्रो चेतनामा जीवित छन्। उनीहरूको बलिदानले हामीलाई स्वतन्त्रता, अधिकार र लोकतान्त्रिक मूल्यहरूको मार्ग देखाएको छ।” संस्थापक प्रिन्सिपल राजभण्डारीले सहिदहरूको त्याग र बलिदानबारे सानै उमेरदेखि जानकारी गराउँदै राष्ट्रप्रेम, कर्तव्यबोध र जिम्मेवारीबोधको भावना विद्यार्थीहरूमा विकास गर्नु विद्यालय शिक्षाको अभिन्न अङ्ग भएको उल्लेख गर्नुभयो। उहाँले थप्नुभयो, “देशलाई आवश्यक पर्दा जुनसुकै त्याग गर्न सक्ने भावना विकास गर्नु नै साँचो देशभक्ति हो र शाही प्रतिको साँचो सम्मान हो “। कार्यक्रममा सहभागी शिक्षक तथा विद्यार्थीहरूले सहिदहरूको सम्झनामा गहकिला मन्तव्य, देशभक्तिपूर्ण कविता, कथा र लेख–रचना प्रस्तुत गरी सम्मान प्रकट गरेका थिए। विद्यार्थीहरूको प्रस्तुतिहरूले कार्यक्रमको गरिमा बढाएको मात्र होइन, सहिदहरूको योगदान र वर्तमान पुस्ताले ग्रहण गर्नुपर्ने सामाजिक जिम्मेवारीबारे चेतना पनि जगाएको थियो। कार्यक्रमको समापन सहिदहरूप्रति उच्च सम्मान प्रकट गर्दै, उनीहरूले देखाएको मार्गमा हिँड्ने संकल्पका साथ गरिएको थियो। उपस्थित सबैले सहिदहरूको सपना साकार पार्न इमानदार, जिम्मेवार र देशप्रति समर्पित नागरिक बन्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

यो पनि पढ्नुहोस्

एशियन चेसमा नेपालको सानदार शुरुवात

एशियन चेसमा नेपालको सानदार शुरुवात

३ घण्टा अगाडि
अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ९२ पैसा कायम

विदेशी मुद्राको विनिमयदर निर्धारण

३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

उत्कृष्ट सेवाकेन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड

भू-माफियाले कब्जा गरेकाे सार्वजनिक जग्गा जोगाउन हारगुहार

प्राकृतिक विपद्का घटनामा ११ जनाको मृत्यु

ऐतिहासिक बन्दै ‘म मदनकृष्ण’को बायोपिक

एमालेलाई एक्ल्याउने प्रयास

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक