मङ्ल, असार २, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

आईसका प्रमुखलाई अदालतको अवहेलना गरेको भन्दै चेतावनी

धारणा न्यूज by धारणा न्यूज
५ महिना अगाडि
Reading Time: 1 min read
0
आईसका प्रमुखलाई अदालतको अवहेलना गरेको भन्दै चेतावनी
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । अमेरिकाका एक संघीय न्यायाधीशले ‘इमिग्रेसन एन्ड कस्टम्स इन्फोर्समेन्ट’ (आईस) का प्रमुखलाई अदालतको अवहेलना गरेको भन्दै चेतावनी दिँदै उनलाई अदालतमा उपस्थित हुन आदेश दिएका छन् ।

मिनेसोटास्थित संघीय अदालतका मुख्य न्यायाधीशले आईसका कार्यवाहक प्रमुख टड लायन्सलाई आगामी शुक्रबार व्यक्तिगत रूपमा अदालतमा उपस्थित भएर पछिल्ला हप्ताहरूमा एजेन्सीले अदालती आदेशको पालना किन गरिरहेको छैन भन्नेबारे स्पष्टीकरण दिन निर्देशन दिएका हुन् ।

सोमबार राति जारी गरिएको आदेशमा मुख्य न्यायाधीश प्याट्रिक शिल्ट्जले कार्यवाहक निर्देशक लायन्सले आफूलाई ‘अदालतको अवहेलना’ मा किन दोषी नठहर्‍याउने भन्ने कुरा प्रस्ट पार्नुपर्ने बताए।

बीबीसीका अनुसार, आईसमाथि कुनै पनि व्यक्तिलाई हिरासतमा लिएपछि निश्चित समयभित्र अदालतमा पेस गर्नुपर्ने नियम भए तापनि एजेन्सीले त्यसको पालना नगरेको आरोप छ।

शिल्ट्जले आफ्नो आदेशमा लेखेका छन्, ‘यस अदालतले प्रतिवादीहरूप्रति निकै धैर्यता देखाएको छ। यसका बाबजुद उनीहरूले सयौँ उजुरी र अन्य मुद्दाहरूलाई कसरी सम्बोधन गर्ने भन्ने व्यवस्था नै नगरी हजारौँ एजेन्टहरूलाई मिनेसोटा पठाए। अब अदालतको धैर्यको बाँध टुटिसकेको छ।’

यो आदेश यस्तो समयमा आएको छ, जब प्रदर्शनकारीहरूले राष्ट्रपति डोनाल्ड ट्रम्पको कडा आप्रवासी नीति लागू गर्ने क्रममा आईसको कार्यशैलीमाथि प्रश्न उठाइरहेका छन्।

यसै महिना मिनियापोलिसमा भएका विभिन्न प्रवर्तन कारबाहीका क्रममा आईसका एजेन्टहरूले दुई अमेरिकी नागरिक रिने गुड र एलेक्स प्रेटीको गोली हानी हत्या गरेका थिए।

राष्ट्रपति डोनाल्ड ट्रम्पले सत्ता सम्हालेलगत्तै सामूहिक निर्वासनको ठूलो अभियान सुरु गरेका छन् । ट्रम्पले आप्रवासीहरूलाई देश बाहिर निकाल्न राष्ट्रिय आपत्काल घोषणा गर्दै सेना परिचालन गर्ने तयारी गरेका छन् ।

अमेरिकामा जन्मिएकै आधारमा पाइने नागरिकता (फुलब्राइट सिटिजनसी) को प्रावधानलाई चुनौती दिने कार्यकारी आदेशको तयारी भइरहेको छ। ‘इमिग्रेसन एन्ड कस्टम्स इन्फोर्समेन्ट’ (आईस) लाई व्यापक अधिकार दिइएको छ। उनीहरूले घर, कार्यस्थल र सार्वजनिक स्थानहरूबाट कागजातविहीन मानिसहरूलाई पक्राउ गरिरहेका छन्।

आप्रवासीहरूका पक्षमा काम गर्ने संस्थाहरू र आम नागरिकहरू विभिन्न कारणले सडकमा उत्रिएका छन् । धेरै वर्षदेखि अमेरिकामा बस्दै आएका र कर तिरिरहेका परिवारहरूलाई अलग पारिएकोमा मानिसहरू आक्रोशित छन्।

मिनेसोटामा एजेन्टहरूले अमेरिकी नागरिककै हत्या गरेपछि यो मुद्दा झनै चर्किएको छ। एजेन्टहरूले ‘पहिले गोली हान्ने र पछि प्रश्न सोध्ने’ नीति अपनाएको आरोप प्रदर्शनकारीहरूको छ।

पक्राउ परेकाहरूलाई कानुनी प्रतिरक्षाको मौका नदिई सिधै सीमा पार गराउने वा थुन्ने काम भइरहेको छ। यो पृष्ठभूमिमा अहिले अमेरिकाका धेरै राज्यहरूमा स्थानीय सरकार र संघीय सरकारबीच ‘शीतयुद्ध’ जस्तै स्थिति छ । क्यालिफोर्निया र न्युयोर्क जस्ता राज्यहरूले संघीय एजेन्टहरूलाई सहयोग नगर्ने घोषणा गरेका छन् ।

यो पनि पढ्नुहोस्

नेपाल कम्युनिष्ट पार्टीको  केन्द्रिय समिति बैठकका प्रारम्भिक निर्णयहरु सार्वजनिक

बन्द चिया उद्योग सुचारु गर्न निर्यात समस्या तुरुन्त हल गर

६ घण्टा अगाडि
सेयर बजार परिसूचक नेप्से सामान्य घटेर बन्द

नेप्सेमा गिरावट कायमै

६ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

अवैध लागूऔषध गाँजा बरामद

भू-माफियाले कब्जा गरेकाे सार्वजनिक जग्गा जोगाउन हारगुहार

चीन नेपालकाे आधुनिकीकरण यात्रामा साझेदार रहने

साउदीले सामान्य पेसाकाे सीप परीक्षण गर्ने

पासपोर्ट अनियमितता आशंकामा महानिर्देशकमाथि बयान सुरू

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक