काठमाडाैं । “पाँचौ ललितपुर महानगरपालिका मेयर कप राष्ट्रिय फुलकन्ट्याक्ट कराते प्रतियोगिता” हुने भएकाे छ ।
यही आउँदाे २०८२ फाल्गुन १ र २ गते, ललितपुरमा हुने भएकाे छ । वि. सं. २०७६ सालदेखि निरन्तर रूपमा हुँदै आएकाे मेयर कप प्रतियोगिता कप यस बर्ष पनि हुन लागेकाे हाे ।
यस मेयर कप राष्ट्रिय फुलकन्टयाक्ट कराते पुरुष तौल समूहमा ३५-४० केजी, ४०-४५ केजी, ४५-५० केजी, ५०-५५ केजी, ५५-६० केजी तथा खुल्ला तौल समूह महिला तौल समूह. ३५-४० केजी, ४०-४५ केजी, ४५-५० केजी, ५०-५५ केजी, ५५-६० केजी तथा खुल्ला तौल समूह पुरुष खेलाडी १५० जना महिला खेलाडी १५० जना जम्मा ३०० जनाले खेलाडिले सहभागीता रहेकाे छ ।
साे प्रतियाेगितामा प्रथम हुनेले नगद रु. ३०,०००/- नगद पुरस्कार द्वितीय रु. २०,०००/- नगद पुरस्कार तृतीय रु. १०,०००/- ट्रफी तथा मेडल प्रथम/द्वितीय/तृतीय विभिन्न व्यक्तित्व सम्मान तथा मायाको चिनो प्रमाणपत्र प्रदान गरिने आयाेजकले जानकारी गराएकाे छ ।


