शनि, जेष्ठ ९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

हिसाब लिने जिम्मेवारीमा रविको प्रतिबद्धता स्वाभाविक !

धारणा न्यूज by धारणा न्यूज
४ महिना अगाडि
0
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

-निमकान्त पाण्डे
देश चुनावको माहोलमा हुँदा गत निर्वाचन र उपनिर्वाचनमा लोकप्रिय मतसहित निर्वाचित भएका रास्वपा सभापति रवि लामिछाने भने अदालत धाउनु परेको छ । रवि तिनै व्यक्ति हुन्, जसले रास्वपा जस्तो नयाँ दल स्थापना गरेर आफ्नो एक्लैको बलमा गत चुनावमा चौंथो दल बनाए । पुराना दललाई चुनौती दिए । तर, विभिन्न आरोपमा उनको सांसद पद मात्र खोसिएन, अदालत र जेल नै जानुपर्ने अवस्था आयो । रवि र रास्वपाले आफूलाई राजनीतिक प्रतिशोध भएको दाबी गर्दै आएका छन् । त्यो दुःखले रविलाई अहिले पनि छोडेको छैन ।
त्यो आक्रोश रास्वपाका हालैका चुनावी सभामा रविको तर्फबाट देखिएको छ । जनकपुरमा भएको सभामा रविले आगामी निर्वाचनमा सबैभन्दा धेरै भोट ल्याउने पार्टी बनाएर संसदमा जाने दाबी गरेका छन् । अघिल्लो निर्वाचनमा आफू सबैभन्दा धेरै मत ल्याउने सांसद बनेको उल्लेख गर्दै उनले त्यसपछि आफूलाई छलछाम गरेर हटाइएको जनाएका छन् । उनले अब पार्टीलाई थप सशक्त बनाउँदै जनताबाट अभूतपूर्व समर्थन प्राप्त गर्ने र संसदमा बलियो उपस्थितिसहित प्रवेश गर्ने संकल्प व्यक्त गरेका छन् । उनले आफूले सर्वाधिक मत ल्याएको इतिहासलाई अब पार्टीले सर्वाधिक मत ल्याएर थप मजबुद बनाउने दावी पनि गरेका छन् ।
मंगलबार प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गर्ने क्रममा फेसबुकमा उनको स्टाटस आयो, ‘देश निर्वाचनमय छ । देशभर मनोनयन दर्ताको रौनक चलिरहेको छ । तर विडम्बना, यो उत्साहमा म पूर्ण उत्साहित भएर मिसिन सकिरहेको छैन । किनकि आजै देशका तीन वटा (पर्सा, काठमाडौँ र रुपन्देही) अदालतमा मेरो मुद्दाको सुनुवाइ चलिरहेको छ । अरू अदालतको आदेश आउँदै होला । पर्सा जिल्ला अदालतबाट म भर्खर निस्किएको छु ।’ उनले आफूमाथि गरिएको पाप र अत्याचारको हिसाब–किताब नेपाली जनताले फागुन २१ मा घण्टी बजाएर दिने समेत जनाएका छन् । उनले सहकारीको बाटै नहिँडेको मान्छेलाई गनेरै नभ्याइने मुद्दै मुद्दा लगाइएको भन्दै आक्रोश पनि व्यक्त गरेका छन् ।
उनले लेखेका छन्, ‘देशका सम्पूर्ण अपराधीहरू एक ठाउँमा जम्मा भएर म माथि गरेको अत्याचारका कारण तिमीहरू सब रसातलमा पुग्दै गरेको दृश्य इतिहासले देख्दैछ र लेख्दैछ । नभएको प्रमाण छ भन्ने, पापी हौ तिमीहरू । सहकारीको बाटै नहिँडेको मान्छेलाई गनेरै नभ्याइने मुद्दै मुद्दा लगाउने अत्याचारी हौ तिमीहरू । म तिमीहरू सबैको गुण तिर्छु, चाँडै तिर्छु,बिना प्रतिशोध तिर्छु । फेरि पनि भन्छु म अभिमन्यु होइन ।’
पछिल्लो ३ वर्षयता देशमा सर्वाधिक चर्चामा रहेको दल र पात्रमध्येका एक हुन्, रवि । हुन त रवि टेलिभिजन कर्मका क्रममा पनि आफ्ना प्रस्तुति र गतिविधिका कारण चर्चामा थिए । तर रास्वपा स्थापना र त्यसको छोटो समयमा निर्वाचनमा सहभागी भई चौंथो दल बन्नु र रवि उपप्रधान तथा गृहमन्त्री बन्नुका कारण उनको चर्चा स्वभावतः धेरै भएको देखिन्छ । रवि यस अवधिमा राजनीतिक उदयले मात्र नभई अन्य विवादले पनि उत्तिकै चर्चामा रहे । नागरिकता, राहदानीदेखि अहिले सहकारीको बचत अपचलन प्रकरणमा मुछिए । नागरिकता प्रकरणमा उनले गृहमन्त्रीबाट राजीनामा दिनुपरेको थियो भने सांसद पद पनि खारेज भएको थियो । तर उपनिर्वाचनमा झन् धेरै मत ल्याएर रवि निर्वाचित भए । रविमाथि अहिले भने सहकारीको बचत हिनामिनामा संलग्न भएको आरोप छ ।
सहकारी ठगी प्रकरणमा रविको नाम जोडिएको र उनीबाट तत्कालीन समयमा केही गल्ती भएको देखिन्छ । तर यो प्रकरणमा प्रमुख आरोपितहरु भने केही फरार छन् त केही दल नजिक भएका कारण कारबाहीबाट उन्मुक्ति पाइरहेका छन् । उनीहरुलाई कारबाहीको दायरामा नल्याएसम्म र त्यस्ता व्यक्ति तथा सहकारीका सम्पत्ति बेचेर भए पनि पीडितलाई बचत फिर्ता गर्ने वातावरण नबनेसम्म पीडितले राहतको महसुस गर्न पाउनेछैनन् । सहकारीपीडित बचतकर्ताको अहिलेको मुख्य सरोकार बचत फिर्ता नै हो, तर यतिका समय बित्दासम्म पनि बचत फिर्ता गर्न भने कुनै ठोस काम हुन नसकेको छैन । न त फरार जीबीलगायतका मुख्य आरोपितलाई समात्न नै सरकारले सकेको छ । यस्तो अवस्थामा रविलाई समग्र सहकारी समस्याको मुख्य जड जस्तो देखाउने र उनको राजनीतिक भविष्य सिद्ध्याउन विभिन्न मुद्दा लगाउने सरकारी कदम पूर्वाग्रही देखिन्छ । यसको सट्टा मुख्य आरोपितलाई समात्ने र बचत फिर्ता गर्ने वातावरण बनाउन सरकार लाग्नुपर्ने थियो । तर, यसअघिका एमालेलगायतको नेतृत्वको सरकारले त्यसो गरेन ।
त्यसकारण अबको चुनावबाट रविले पुराना दलका नेतृत्वसँग त्यसको हिसाब लिने सम्भावना छ । रास्वपा अहिले बालेन्द्र शाहलगायत नेताको सहभागिताले थप बलियो बनेको छ । देशैभर रास्वपाप्रतिको लहर र रविप्रतिको सहानुभूतिले पनि आगामी चुनावमा रास्वपा झन् बलियो बनेर आउने निश्चित छ । यसले रविप्रतिको प्रतिशोध साध्ने अवस्था के हुने हो, त्यो भने आउने दिनमा नै देखिनेछ । जनधारणा साप्ताहिक

यो पनि पढ्नुहोस्

इजिप्टले पेट्रोलको मूल्य बढायो

भारतमा इन्धनको मूल्यमा वृद्धि हुने क्रम जारी

५५ मिनेट अगाडि
तीनकुने घटनामा संलग्न प्रतिवादीहरूको बयान जारी

प्रसाईंलाई चार दिन हिरासतमा राख्न अनुमति

१ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

को हुन् भारतमा ‘कक्रोज जनता पार्टी’ बनाउने अभिजीत ?

नेपाले अमेरिकालाई ३१८ रनको लक्ष्य प्रस्तुत

इद–उल–अजहाका अवसरमा सार्वजनिक बिदा

एमालेले फिर्ता गर्‍यो भीआईपी उपचारको साढे तीन करोड

मगर संघको १३ औं राष्ट्रिय महाधिवेशन सुरु

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक