-ईश्वरी सिंह
देशको वर्तमान राजनीतिक अवस्था देखेर आज मलाई पनि केहि लेख्न मन लाग्यो। जेनजि आन्दोलनअघि र पछिको राजनीतिक वृत्तान्त हेर्ने हो भने दिन दिनै अवस्थाहरु परिवर्तन हुँदै गएको छ । आन्दोलन पश्चात बनेको नयाँ सरकार जस्ले चुनाव गरेर नयाँ पुस्तालाई सत्ता सुम्पिने जिम्मेवारी पाएको छ ।
विभिन्न प्रपन्चमा पारेर जेलमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने हाल जेलबाट बाहिर निस्किएर देश दौडाहामा छन् । काँग्रेस पार्टी दुई खेमामा विभाजित भई गगन थापा सभापति बनेर पार्टी हाँक्न थालिसके भने ११ औं महाधिवेशनबाट पुनः एमालेका केपी शर्मा ओली नै अध्यक्ष बनेका छन् । त्यसैगरि टुक्रा टुक्रा भएर छरिएका मधेशवादी पार्टीहरु चुनावमा हार्ने डरले मिलेर जाने रणनीति अपनाउने दाउमा लागिपरेका छन् ।
माओवादी पार्टीले पनि स-साना बामपन्थि पार्टिहरुसँग एकता गर्दै अगाडि बढ्ने योजना बनाए लगतै नेता जनार्दन शर्मा लगायतका अन्य नेताहरु बिद्रोह गरेर बाहिरिएको अवस्था छ । काठमाडौंका बालेन्द्र साहले मेयर पदबाट राजिनामा दिएर राष्ट्रिय स्वतन्त्र पार्टिबाट संसदीय चुनावमा केपी शर्मा ओलीको प्रतिद्धन्दिको रुपमा झापाबाट लड्रदै छन् ।
यता चितवनमा मेयर पदबाट रेणु दाहालले पनि राजिनामा दिएकि छिन् । उनि पनि संसदीय चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टिकी नेतृ शोबिता गौतमसँग प्रतिद्धन्दिको रुपमा लड्दैछिन् ! सोबिताको पक्षमा देखिएको जनलहरले मात्रै पनि परिणामको आंकलन गर्न सकिने अवस्था छ । तथापी धाँधली र शक्ति प्रयोगबाटै परिणाम आफ्नो पक्षमा लिन प्रचण्डशैलीको प्रयोग हुने कुरातर्फ होसियारी आवश्यक छ रास्वपाको लागि !
देशमा भइरहेको बढ्दो भ्रष्टाचार अन्त्य र सामाजिक संजालमाथिको प्रतिबन्धका कारण शुरु भएको जेनजी आन्दोलनपछि हुन लागेको चुनावले देशको मुहार फेर्ने हो कि होईन भन्ने विषयमा भने जनता अन्यौलतामा नै थिए । तर जब रवि लामिछाने र बालेन बिच वार्ता भएर उनिहरु मिलेर अगाडि बढ्ने भन्ने समाचार सुनेपछि जनतामा नयाँ आशा पलायो । त्यो त जनकपुरमा भएको राष्ट्रिय स्वतन्त्र पार्टिको सभाले पनि प्रष्ट पारिदिएको छ ।
बलिदान दिवसको अवसर पारेर जनकपुर पुगेका रवि लामिछाने,बालेन साह,मनिष झा,शोबिता गौतम लगायतका नेताहरुको सर्मथनमा उपस्थित भएका जनताको भिड देखेर हाल पुराना पार्टी लगायत मधेशवादी दलहरुको त सात्तो नै गएको छ । मैले आफ्नो बाल्यकाल तराईको बीरगंजमा बिताएकी हुँ । बाल्यकालमा मैले त्यहाँको सम्पुर्ण अवस्था,व्यवस्था,अशिक्षित जनता ,त्यहाँको रितिरिवाज,समस्या,विकृतिहरु नजिकबाट हेर्ने र महशुस गर्ने मौका पाँए । त्यहाँका जनताका पीडा देखेर म जहिले पनि सोच्ने गर्थें, अहिलेसम्म पनि यहाँको अवस्था र मानसिकता परिवर्तन हुन सकेको छैन । हालको अवस्थामा महिलाहरुलाई शिक्षित बनाउनु पर्छ भन्ने चेतना त जागेको छ, तर अरु केहिपनि परिर्वतन हुन सकेको छैन ।
तराईको सबैभन्दा ठुलो समस्या भनेको दाईजो प्रथा हो । आज पनि दाईजोको कारणले भ्रुण हत्या गर्ने चलन छ । महिला हिंसा र घरेलु हिंसाको अन्त्य हुन सकेको छैन । कतिपय चेलिहरुलाई त दाईजोको कारणले जलाएर मार्ने समेत गरिन्छ । मधेशका व्यक्तिहरु उच्च ओहदा सम्म पुगे । डाक्टर रामवरण यादव राट्रपति भए, परमादन्द झा उप राट्रपति बने । उपेन्द्र यादव उप प्रधान एवं परराष्ट्र मन्त्रि भए । हृदेश त्रिपाठी,महेन्द्र राय यादव,राजेन्द्र महतो , रघुविर महासेठ,शरत सिंह भण्डारी लगातका नेताहरु मन्त्रि बने, तर मधेशको मुहार भने कहिल्यै फेरिएन ।
मधेसमा गरिबि,बेरोजगारि समस्या मात्र हैन त्यहाँ रहेका कृषकहरु कहिले बाढी पहिरोको चपेटामा पर्ने गरेका छन् भने कहिले खेतबारीमा सिँचाईको समस्याले समयमा खेति गर्न पाँउदैनन् । यस्ता अनेकन समस्याको समाधान गरिदिने नेताको खोजिमा युँगौ देखि मधेसी जनता पर्खिरहेका छन् । मधेसी जनताको नाममा राजनीति गर्नेहरु केवल आफ्ना आसेपासेलाई च्याँपेर मात्र अगाडि बढे तर समस्या जेनको तेन रह्यो ।
नयाँ नेपालको सपना देखाएर पुराना पार्टी र नेताहरुले बारम्बार जनताको भावनासँग खेलवाड गरेर राजनीति गरे । आफुलाई सहज हुने कानुन निर्माण गरे । जनतालाई लुटे,देशलाई आर्थिक रुपबाट कमजोर बनाए । अनि त्यसको प्रभाव सबै क्षेत्रमा पर्नु त स्वाभाविक नै भयो ।

युवाहरुलाई कौडीको भाउमा विदेशमा बेचे । देशलाई खोक्रो बनाउन कुनै कसर बाँकि राखेनन् । नेपाली जनताले काँग्रेस,माओवादी,एमाले,मधेशवा दी दल लगायत सबैलाई अवसर दिए, तर उनिहरुले देश र जनताको हितमा काम गरेनन् भन्ने कुरा जनताले देखिसके । अब बुझिपनि सके ।
जनकपुरमा राष्ट्रिय स्वतन्त्र पार्टिका बालेन र रविप्रतिको जनताको जुन आकर्षण र जनमत देखियो । त्यसपछि झापामा जे-जस्तो देखियो, यी सबै अवस्थाले पुराना दलहरु बढारिने क्रम चलेको प्रष्ट हुन्छ । यसबाट पबुझ्न सकिन्छ कि पुराना पार्टिहरुबाट वाक्क दिक्क भएका मधेसी जनताले परिवर्तन खोजेका छन् । सबैले जनभावनालाई बुझ्न जरुरी छ ।