सोम, माघ १९, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

‘द ब्ल्यू लाइट’ रिलिज

धारणा न्यूज by धारणा न्यूज
२ हप्ता अगाडि
Reading Time: 1 min read
0
‘द ब्ल्यू लाइट’ रिलिज
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । आगामी माघ १६ गते चलचित्र ‘द ब्ल्यू लाइट’ रिलिज हुँदा अनुभवी कलाकारहरूको सिनेमा दर्शकसामु आउनेछ । आफूलाई दर्शकसामु प्रमाणित गरिसकेका कलाकारहरूको यो चलचित्रमा अभिनय रहेको छ ।

अभिनयको क्षेत्रमा आफूलाई अब्बल प्रमाणित गरेका चलचित्रकर्मीको चलचित्र हो, ‘द ब्ल्यू लाइट’ । यो चलचित्रमा अभिनेत्री बेनिशा हमाल छिन्, जसले ‘ब्लाइन्ड रक्स’मार्फत नै आफूलाई प्रमाणित गरिसकेकी थिइन् ।

यो चलचित्रमा अर्का मुख्य कलाकार हुन्, महेश त्रिपाठी । जसले ‘हल्कारा’मार्फत नै उनले आफूलाई अब्बल दर्जाको अभिनेता प्रमाणित गसिकेका थिए । अहिले हलमा रहेको चलचित्र ‘परान’मा पनि महेश छन् ।

अर्पण थापा, जो नेपाली चलचित्र उद्योगमा सीमित अब्बल कलाकारमध्ये उनी एक हुन् । जसको एटिच्युड निकै लोभलाग्दो हुने गरेको छ ।

आयुसमान देशराज जोशी, सृष्टि श्रेष्ठजस्ता लोकप्रिय कलाकार यो सिनेमामा छन् । सुरक्षा इटानी, ग्रिस्मा कटुवाल र सहारा शर्माको पनि यो चलचित्रमा अभिनयमा रहनेछन् ।

‘द ब्ल्यू लाइट’लाई बलिराम चौहानको निर्देशन गरेका छन् । यो उनको पहिलो निर्देशन हो । तर, चिफ एडीको रुपमा भने उनले थुप्रै चलचित्रमा काम गरेको अनुभव छ । गएको दसैँमा रिलिज भएको ‘बलिदान’को निर्देशकीय टिममा पनि बलिराम थिए ।

साइकोलोजिकल थ्रिलर जनरामा निर्माण भइरहेको चलचित्रलाई स्काइफल पिक्चर्सले प्रस्तुत गर्दैछ । हालै युट्युबमा ट्रेलर सार्वजनिक भएसँगै दर्शकहरूबाट सकारात्मक प्रतिक्रिया आइरहेका छन् । धेरै दर्शकले नेपाली चलचित्रमा नयाँ स्वाद र फरक विधाको आगमन भएको भन्दै खुसी व्यक्त गरेका छन् ।

गत शुक्रबार रिलिज गरिएको यो ट्रेलर सार्वजनिक भएसँगै दर्शकमाझ कौतुहलता र चर्चा पैदा गरेको छ ।  धेरैले चलचित्रको सस्पेन्स र कलाकारहरूको ‘पावरफुल’ अभिनयको तारिफ गरेका छन् । विशेष गरी गम्भीर र जटिल विषयवस्तुमा आधारित चलचित्र रुचाउने दर्शकहरूका लागि ‘द ब्ल्यू लाइट’ विशेष हुन सक्ने देखिन्छ ।

ट्रेलरको सुरुवातदेखि नै रहस्यमयी र अँध्यारो परिवेश देखाइएको छ । अभिनेत्री बेनिशाले ‘माया’ नामक युवतीको भूमिका निर्वाह गरेकी छिन्, जो एक्लोपन र कुलतमा फसेकी देखिन्छिन् । ट्रेलरमा देखाइएका दृश्यहरूले मायाको जीवनमा घटेका रहस्यमय घटनाहरू, प्रेम, धोका र बदलाको कथालाई संकेत गर्छन् । विशेष गरी अर्पण थापाको रहस्यमयी भूमिका र प्रहरी सोधपुछका दृश्यहरूले चलचित्रको सस्पेन्सलाई अझ थप उचाइ दिएको छ । ‘विक्रम’ भन्ने पात्रको वरिपरि घुमेको रहस्य र ‘द ब्ल्यू लाइट’ को अर्थ के हो भन्ने कुराले ट्रेलरलाई थप रोचक बनाएको छ ।

निर्देशक चौहानका अनुसार चलचित्रको विषयवस्तु नयाँ नभए पनि यसलाई प्रस्तुत गर्ने शैली फरक छ ।

“हामीले देखाउन खोजेको विषयवस्तु नयाँ पक्कै पनि छैन । तर हामीले त्यही कुरालाई नयाँ शैलीमा देखाएका छौ,” निर्देशक चौहान भन्छन्, “यस भित्र रहेका पात्रका संवेग र भावनाहरू उच्च संवेदनशील छन् जसले दर्शकलाई एक खालको अनुभव दिन्छ भने आशा गर्दछौ ।”

चलचित्र ‘द ब्ल्यू लाइट’को को–प्रोडुसरको रुपमा भोलानाथ कटुवाल र रमन ग्रे रहेका छन् । कार्यकारी निर्मातामा भने यस चलचित्रका छायाकार समेत रहेका नरेन्द्र मैनाली र नायिका बेनिशा हमाल छन् ।

यो पनि पढ्नुहोस्

रिलिजको पूर्वसन्ध्यामा ‘द ब्लू लाइट’को नयाँ गीत सार्वजनिक, एडभान्स् बुकिङ खुल्ला  

रिलिजको पूर्वसन्ध्यामा ‘द ब्लू लाइट’को नयाँ गीत सार्वजनिक, एडभान्स् बुकिङ खुल्ला  

४ दिन अगाडि
चलचित्र ‘शिवांश’को नयाँ पोस्टर सार्वजनिक

चलचित्र ‘शिवांश’को नयाँ पोस्टर सार्वजनिक

४ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

निपाह भाइरसको प्रकोपलाई लिएर परिक्षण

यस्ताे छ माैसम आज

सङ्खुवासभाका ३ उम्मेदवारकाे मात्र बैंक खाता

गेटा मेडिकल कलेजमा एमबीबीएसको पठनपाठन सुरु गराउनेछु : नेता आले

पत्रकार सिटौलाको असामयिक निधन

सूर्य ध्वजावाहक उम्मेदवारलाई जिताउन निर्णायक लडाइँको उद्घोष

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक