शुक्र, असार १९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार शिक्षा

त्रिविले पास भइसकेको विषयमा पनि फेल जनाइदिएर त्रुटी

धारणा न्यूज by धारणा न्यूज
६ महिना अगाडि
Reading Time: 1 min read
0
स्नातक तह चौथो वर्षको परीक्षामा अंग्रेजीमा मात्रै प्रश्न सोधिए
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले कानुन संकायतर्फको एलएलबी दोस्रो वर्षको नतिजा सार्वजनिक गर्दा पास भइसकेको विषयमा पनि फेल जनाइदिएर त्रुटी गरेको पाइएको छ । यो त्रुटीको मारमा पत्रकार कौशिला कुँवर परेकी छन् ।

कुँवरका अनुसार उनले २०७९ सालमा एलएलबी सेकेण्ड इयर (पुरानो कोर्स)मा पाँच विषयको परीक्षा दिएकी थिइन् । तीमध्ये तीन विषयमा पास र दुई विषयमा फेल भइन् ।

फेल भएका दुई विषय (क्रिमिनल ल र एभिडेन्स ल)को फारम भरेर पुन: परीक्षामा सहभागी भइन् । केही दिनअघि सार्वजनिक नतिजामा ती दुवै विषयमा पास पनि भइन् ।

तर दु:खको कुरा मार्कसिटमा पहिल्यै पास भइसकेको ‘पब्लिक इन्टरनेसनल ल’ विषय पनि उल्लेख गरी परीक्षामा अनुपस्थित भएको जनाइएको छ । अनि मार्कसिटको पुछारमा नतिजाको सार ‘फेल र अब्सेन्ट’ लेखिएको छ ।

‘रिजल्ट आएको थाहा पाएपछि मैले आइतबार राति अनलाइनमा चेक गरेँ । त्यसमा त पहिल्यै पास भइसकेको विषयमा पनि अब्सेन्ट लेखेर फेल जनाइएको रहेछ,’ उनले सोमबार बिहान अनलाइनखबरसँग भनिन्, ‘जबकी मैले पब्लिक इन्टरनेसनल ल विषयमा परीक्षा फारम भरेको पनि थिइनँ ।’

उनले आफ्नो पुरानो मार्कसिट र हालै सार्वजनिक नतिजाको विवरण फेसबुकमार्फत् सार्वजनिक गर्दै लेखेकी छन्, ‘टीयूको कमाल पहिला नै पास भइसकेको विषय राखेर जबर्जस्ती फेल गराएपछि के भन्ने खै ?’

त्रिविका परीक्षा नियन्त्रक प्रा.डा. लक्षमण पौडेलले परीक्षा नियन्त्रण कार्यालयको तर्फबाट भएको गल्ती सच्याइने जनाउँछन् । ‘हाम्रो गल्ती भए सच्याइन्छ, त्यसका लागि सच्याउने प्रक्रियातिर जानुपर्‍यो,’ उनले भने ।

त्यसका लागि सम्बन्धित विद्यार्थीले पहिला पास भइसकेको मार्कसिटसहित निवेदन पेस गर्नुपर्ने उनले जनाए । तर त्यसका लागि आवेदन दस्तुर तिर्नुपर्ने लगायतका प्रक्रिया भने पूरा गर्नुपर्ने उनको भनाइ छ ।

परीक्षा नियन्त्रण कार्यालयबाट हुने गल्तीबाट विद्यार्थीहरुले सास्ती पाउने गरेको गुनासो पटक–पटक आउने गरेको छ । पत्रकार कुँवर भन्छिन्, ‘मजस्ता हजारौं विद्यार्थीहरु परीक्षा नियन्त्रण कार्यालयले गर्ने गल्तिका कारण सास्ती भोग्नुपरेको छ । यस्ता गल्ती अब नगरिदिए हुन्थ्यो ।’

यो पनि पढ्नुहोस्

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै

२ दिन अगाडि
पनिकाले आधिकारिक फेसबुक पेज सञ्चालनमा ल्यायो

विद्यार्थी संगठनका संरचना हटाउन निर्देशक

३ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सवारी दुर्घटनामा चार जनाको मृत्यु

बर्डफ्लुबाट प्रभावित किसानलाई क्षतिपूर्ति उपलब्ध गराइने

स्विट्जरल्यान्ड फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश

एसिया–प्रशान्त साँस्कृतिक सम्पदा संरक्षण पुरस्कार हस्तान्तरण

मौलिक नामकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक