ठमाडौं । नेपाली राष्ट्रिय टिमका पूर्वखेलाडी जगजित श्रेष्ठले आसन्न राष्ट्रिय लिग फुटबल प्रतियोगितामा सातदोबाटो युथ क्लबबाट खेल्ने भएका छन् ।
पछिल्लो समय अस्ट्रेलियामा बसोबास गर्दै आएका जगजितले एक दशकदेखि सेमि प्रोफेसनल लिग खेल्दै आएका छन् । उनले यसअघि ए डिभिजन लिगमा त्रिभुवन आर्मी क्लबबाट खेलेका थिए ।
जगजितलाई राष्ट्रिय लिगभरिका लागि अनुबन्ध गरिएको क्लबका अध्यक्ष कपिल राना मगरले जनाएका छन् । उनी बुधबार नेपाल आइपुग्ने छन् ।
यसअघि सातदोबाटोले बालगोपाल साहुखललाई प्रशिक्षक नियुक्त गरेको छ भने विभिन्न अनुभवी खेलाडीहरू पनि अनुबन्ध गरेको छ ।

