काठमाडौं । साताकाे पहिलाे दिन नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचकमा दोहोरो अंकले गिरावट आएको छ ।
आइतबार नेप्से सूचक १०.२९ अंकले घटेर २६१०.६३ अंकमा अडेको हो । वित्तीय क्षेत्रको ब्याजदर न्यून भएको अवस्थामा सेयर बजार सूचक घटेको हो ।
अर्थतन्त्रमा देखिएका समस्याका कारण पनि सेयर लगानीकर्ताको मनोबल कमजोर भएको हो । अर्थतन्त्रमा माग बढ्न नसक्नु, आर्थिक गतिविधि सुस्त हुँदा सेयर बजारले पनि सकारात्मक गति लिन सकेको छैन ।


