शनि, जेष्ठ ९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

यसकारण सकारात्मक छ सरकारको कार्यशैली !

धारणा न्यूज by धारणा न्यूज
५ महिना अगाडि
0
देशका युवालाई विदेश लखेट्ने नागरिकता नीति
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

–निमकान्त पाण्डे
देश चुनावको दिशामा अघि बढेको छ । सरकारले राजनीतिक दल, जेनजी समूह तथा अन्य पक्षसँगको छलफललाई तीव्रता दिएको छ । नयाँ तथा पुराना राजनीतिक दलका शीर्ष नेताहरु पनि आपसी छलफल र सहकार्यमा जुटेका छन् । केही अघिसम्म देशमा चुनावको संशय थियो । तर, सरकारले सबै पक्षसँग छलफल गरेर चुनावको माहोल सृजना गर्ने प्रयास गरिरहेको छ ।
सरकारले विभिन्न राजनीतिक दल तथा सरोकार भएकाहरूसँग वार्ताका लागि उच्चस्तरीय राजनीतिक संवाद समिति गठन गरेको हो । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिल सिन्हाको संयोजकत्वमा समिति गठन गरेको छ । समितिको सदस्यमा सञ्चारमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार अजयभद्र खनाल छन् ।
दलहरूसँगको दूरी कम गर्दै चुनावको सुनिश्चितता कायम गर्न सरकारका प्रतिनिधि दलहरूको कार्यालय पुगेका छन् । राजनीतिक संवाद समितिले कोटेश्वर पेरिसडाँडास्थित नेपाली कम्युनिस्ट पार्टीको कार्यालय अनुगमन गरेको छ । गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका बेला राजनीतिक दलका कार्यालयमा भएको क्षतिको अवलोकन गर्न निस्किएको संवाद समिति अनुगमनका क्रममा मंगलबार नेकपा कार्यालय पुगेको हो । सिन्हाको नेतृत्वमा रहेको तीन सदस्यीय राजनीतिक संवाद समितिले नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि भेटघाट गरेको छ ।
मंगलबार नै समितिले कांग्रेस, एमालेको कार्यालय पुगेर २३ र २४ भदौको आन्दोलनका क्रममा भएको आगजनीको क्षतिको जानकारी लिँदै चुनावमा भाग लिन अनुरोध गरेको छ । समिति सदस्य मन्त्री खरेलले चुनावको वातावरण बनाउन सरकारले सिंहदरबार र बालुवाटारमा मात्र बोलाउने होइन, चुनावको तयारी गर्नुस् भनेर सन्देश दिन पार्टी कार्यालय पुगेको बताएका छन् । उनको भनाइ यस्तो छ, ‘सरकार इमान्दारी साथ चुनाव गराउन खोजिरहेको छ भन्ने सन्देश हो । हामी चुनाव चाहन्छौँ, तपाईंहरू पनि चुनावको तयारी गर्नुस् भनेर सन्देश दिन उहाँको पार्टी कार्यालयमा सरकार आएको छ । चुनावको वातावरण बनाऊँ, भाग लिनुस् भन्नका लागि सरकार दलको दैलोमा पुगेको हो ।’ मन्त्री खरेलले तीनै दल चुनावका लागि तयार रहेको पनि जानकारी दिएका छन् ।
भनिन्छ, वादे–वादे जायते तत्व बोधः ! अर्थात् संवाद नै सबै खालका समस्याहरुको समाधान गर्ने सर्वोचित माध्यम हो । राजनीतिमा यो मन्त्र जपेरै अगाडि बढ्ने हो भने समस्या समाधानको उपाय पनि फेला पार्न सकिन्छ । त्यसकारण पछिल्लो समय सबैसँग संवाद गर्ने सरकारको कार्यशैली सकारात्मक छ । यसले देशमा चुनाव गर्ने कि अन्य विकल्पमा जाने भन्ने पनि सहमतिमै अघि बढ्न सकिन्छ ।
सरकार र दलहरुबीचको संवाद शीर्ष नेता तहमा पनि भएको छ । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले शीतलनिवासमा आयोजना गरेको बैठकमा अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की, कांग्रेस सभापति देउवा, एमाले अध्यक्ष ओली, नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डलगायत सहभागी थिए । सरकार बनेक सय दिनसम्म तीन दलका मुख्य नेताहरूसँग भेट नै नगरेकी प्रधानमन्त्री कार्कीले यसअघि दलका दोस्रो तहका नेताहरूलाई मात्र भेटेर चुनावका लागि सहयोग गर्न अनुरोध गरेकी थिइन् । जेनजी युवाहरूको आक्रोश दलका शीर्ष नेताहरूप्रति केन्द्रित रहेकाले प्रधानमन्त्री कार्की उनीहरूलाई भेट्न हच्किरहेकी थिइन् । तर सोमबार राष्ट्रपतिको सहजीकरणमा उनले शीतल निवासमा भेटघाट गरेर चुनावका लागि सहयोग गर्न अनुरोध गरेकी छन् ।
बैठकमा देउवा, ओली र प्रचण्डले निर्वाचनका लागि शान्तिसुरक्षाको वातावरण बनाउन सरकारलाई आग्रह गरेका थिए । नेकपा संयोजक प्रचण्डले पनि सरकारले शान्तिसुरक्षाको भरपर्दो व्यवस्था गर्नुपर्ने र पुराना दलहरूलाई विश्वासमा लिनुपर्नेमा जोड दिएका थिए । प्रधानमन्त्री कार्कीले तोकिएकै समयमा चुनाव गराउन आफ्नो मुख्य ध्यान रहेको उल्लेख गरेकी छन् ।
अर्कोतर्फ, जेनजी तथा आम जनताको आकांक्षाअनुरुप रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह एक ठाउँमा उभिएका छन् । गत सोमबार राति भएको छलफलपछि निर्वाचनमा सहकार्य गर्ने बिन्दुमा उनीहरु पुगेका हुन् । यद्यपि, यसको घोषणा हुन भने बाँकी नै छ । रास्वपाले बालेनलाई भावी प्रधानमन्त्रीको रुपमा आगामी निर्वाचनमा अघि सार्ने भएको छ । उनीहरूबीच पुराना दलको दबदबा कम गर्न नयाँ दलहरू मिलेर जाने विषयमा छलफल भएको थियो । बालेनले आगामी फागुन २१ मा तोकिएको प्रतिनिधिसभा निर्वाचनमा एक भएर जाँदा युवाले मुलुकको नेतृत्व गर्ने अवसर आउने बताएका थिए । भेटवार्तामा भएका ठोस विषय सार्वजनिक नगरिए पनि मिलेर अघि बढ्नुपर्ने आवश्यकता र राजनीतिक सहकार्यका विषयमा सकारात्मक संवाद भएको नेताहरूको भनाइ छ । भेटलाई पछिल्लो समय दुवै पक्षबीच देखिएको राजनीतिक दूरी घटाउने प्रयासका रूपमा पनि हेरिएको छ । उनीहको भेटलाई रास्वपाका नेताहरुले एकदमै ऐतिहासिक र सुखद भविष्यको संकेतको रुपमा व्याख्या गरेका छन् ।
पछिल्लो समय रवि कारागारमा हुँदा प्रधानमन्त्री सुशीला कार्कीले नै चासो दिएकी थिइन् । रवि बाहिर हुँदा चुनावको माहोल बन्ने र उनीमाथि जनताको विश्वास पनि रहेको ठम्याइ प्रधानमन्त्री कार्कीलाई थियो । सोहीअनुरुप रवि बाहिर निस्किएलगत्तै नयाँ शक्तिबीच सहकार्य र एकताको सकारात्मक सन्देश गएको छ । यसले मुलुकमा निर्वाचनको बाटोको आधार तयार पारेको छ । जनधारणा साप्ताहिक

यो पनि पढ्नुहोस्

इजिप्टले पेट्रोलको मूल्य बढायो

भारतमा इन्धनको मूल्यमा वृद्धि हुने क्रम जारी

३ घण्टा अगाडि
तीनकुने घटनामा संलग्न प्रतिवादीहरूको बयान जारी

प्रसाईंलाई चार दिन हिरासतमा राख्न अनुमति

३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

गान्तोकमा डा. कायस्थको पुस्तक विमोचन

नेपाले अमेरिकालाई ३१८ रनको लक्ष्य प्रस्तुत

इद–उल–अजहाका अवसरमा सार्वजनिक बिदा

एमालेले फिर्ता गर्‍यो भीआईपी उपचारको साढे तीन करोड

मगर संघको १३ औं राष्ट्रिय महाधिवेशन सुरु

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक