मङ्ल, फाल्गुन १९, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

जेनजी आन्दोलनले जगायो परिवर्तनको आशा !

रवि–बालेन भेटसँगै ओली–देउवा भेट, लगत्तै पुराना नेताका साथ प्रम कार्कीको भेट

धारणा न्यूज by धारणा न्यूज
२ महिना अगाडि
0
प्रधानमन्त्री कार्की र शीर्ष नेताबीच छलफल सुरु
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं /आसन्न निर्वाचन नजिकिँदै गर्दा नयाँ तथा पुराना शीर्ष नेताहरुले सहकार्यका लागि भेटघाट तीव्र बनाएका छन् । यसले देशलाई भने निर्वाचनको बाटोमा थप अघि बढाएको छ । प्रधानमन्त्री सुशीला कार्कीले पनि पुराना तथा नयाँ नेताहरु, राजनीतिक दल, जेनजीप्रतिनिधि तथा अन्य अगुवाहरुसँगको भेटघाटलाई जोड दिई निर्वाचनको माहोल बनाउन सक्रियता देखाएकी छन् ।
जेनजी तथा आम जनताको आकांक्षाअनुरुप रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह एक ठाउँमा उभिएका छन् । गत सोमबार राति भएको छलफलपछि निर्वाचनमा सहकार्य गर्ने बिन्दुमा उनीहरु पुगेका हुन् । यद्यपि, यसको घोषणा हुन भने बाँकी नै छ । रास्वपाले बालेनलाई भावी प्रधानमन्त्रीको रुपमा आगामी निर्वाचनमा अघि सार्ने भएको छ । काठमाडौँ कमलपोखरीस्थित रास्वपा नेता असिम शाहको निवासमा भेटवार्ता भएको हो । बैठकमा रास्वपाका सभापति लामिछाने सहित उपसभापति डिपी अर्याल र बालेनसहित उनका सल्लाहकार कुमार बेन सहभागी थिए । भेटमा मुलुकको राजनीतिक अवस्था र भावी योजनाको विषयमा छलफल भएको थियो ।
उनीहरूबीच पुराना दलको दबदबा कम गर्न नयाँ दलहरू मिलेर जाने विषयमा छलफल भएको थियो । बालेनले आगामी फागुन २१ मा तोकिएको प्रतिनिधिसभा निर्वाचनमा एक भएर जाँदा युवाले मुलुकको नेतृत्व गर्ने अवसर आउने बताएका थिए । भेटवार्तामा भएका ठोस विषय सार्वजनिक नगरिए पनि मिलेर अघि बढ्नुपर्ने आवश्यकता र राजनीतिक सहकार्यका विषयमा सकारात्मक संवाद भएको नेताहरूको भनाइ छ । भेटलाई पछिल्लो समय दुवै पक्षबीच देखिएको राजनीतिक दूरी घटाउने प्रयासका रूपमा पनि हेरिएको छ । उनीहको भेटलाई रास्वपाका नेताहरुले एकदमै ऐतिहासिक र सुखद भविष्यको संकेतको रुपमा व्याख्या गरेका छन् । भेटवार्ताप्रति रास्वपाका केन्द्रीय सदस्य तथा पूर्वसांसद असिम शाहले सुखद सुरुवात भएको बताएका छन् । कारागारबाट रवि छुटेपछि बालेनसँगको भेटलाई उनले नेपाली राजनीतिमा सुखद सुरुवात भएको बताएका हुन् । उनले रवि र बालेनको भेटलाई दुई दाजु भाइको मिलनको संज्ञासमेत दिएका छन् । उनले यो व्यक्तिले नभएर देशले खोजेको आशाको मिलन भएको दाबी गर्दै सबै नेपालीलाई बधाई समेत दिए ।
यता नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच पनि सोही दिन भेट भएको थियो । ओली महासचिव शंकर पोखरेललाई साथै लिएर देउवा निवास महाराजगञ्ज पुगेका थिए । भेटमा देउवा पत्नी आरजु राणा देउवा पनि सामेल थिइन् । यसअघि देउवा–ओली भेटपछि कांग्रेसका आठ पूर्वसांसदको वारेसमा विघटित प्रतिनिधि सभा पुनस्र्थापनाको माग गर्दै रिट दायर भएको थियो । एमाले भने त्यसअघि नै रिट लिएर सर्वोच्च अदालत पुगेको थियो । यो पालि पनि सोमबारको उक्त भेटपटि मंगलबार कांग्रेसका थप ५७ पूर्वसांसद्ले सर्वोच्च अदालतमा पुरक रिट निवेदन दायर गरेका छन् ।
एमाले नेताहरुका अनुसार भेटमा प्रतिनिधिसभा पुनस्र्थापना, राष्ट्रिय सभा निर्वाचनमा गठबन्धन र समसामयिक राजनीतिका विषयमा ओली र देउवाबीच भेटवार्ता भएको हो । ओलीले आफूलाई प्रधानमन्त्री बनाएको गुन तिर्न प्रतिनिधिसभा पुनस्र्थापना भएमा देउवालाई प्रधानमन्त्री बनाउने आश्वासन दिएका छन् । सोही कारण कांग्रेसले निर्वाचनमा जाने निर्णय गरे पनि सँगसँगै प्रतिनिधिसभा पुनस्र्थापनाको मुद्दामा एमालेलाई साथ दिएको छ । अर्कोतर्फ राष्ट्रिय सभाको आसन्न निर्वाचनका लागि पनि ओलीले देउवासँग छलफल गरेका हुन् । २० फागुन देखि राष्ट्रिय सभाका १९ सदस्यको पदावधि सकिँदै छ । त्यसअघि नै माघमा हुन लागेको राष्ट्रिय सभाको निर्वाचनका लागि गठबन्धन गर्न एमालेले कांग्रेससँग प्रस्ताव गरेको हो । तर, कांग्रेसले भने यसमा कुनै निर्णय गरेको छैन ।
अर्कोतर्फ सरकारले निर्वाचनको माहोल बनाउन सक्रियता बढाएको छ । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले शीतलनिवासमा आयोजना गरेको बैठकमा अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की, कांग्रेस सभापति देउवा, एमाले अध्यक्ष ओली, नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डलगायत सहभागी थिए । सरकार बनेक सय दिनसम्म तीन दलका मुख्य नेताहरूसँग भेट नै नगरेकी प्रधानमन्त्री कार्कीले यसअघि दलका दोस्रो तहका नेताहरूलाई मात्र भेटेर चुनावका लागि सहयोग गर्न अनुरोध गरेकी थिइन् । जेनजी युवाहरूको आक्रोश दलका शीर्ष नेताहरूप्रति केन्द्रित रहेकाले प्रधानमन्त्री कार्की उनीहरूलाई भेट्न हच्किरहेकी थिइन् । तर सोमबार राष्ट्रपतिको सहजीकरणमा उनले शीतल निवासमा भेटघाट गरेर चुनावका लागि सहयोग गर्न अनुरोध गरेकी छन् ।
बैठकमा कांग्रेस सभापति देउवाले पनि निर्वाचनका लागि शान्तिसुरक्षाको वातावरण बनाउन सरकारलाई आग्रह गरेका थिए । एमाले अध्यक्ष ओलीले शान्तिसुरक्षा कायम गर्न नसकेको भन्दै सरकारको आलोचना गरेका थिए । उनले सरकार एकातिर दलहरूलाई चुनावमा बोलाएको र अर्कोतिर दलका नेताहरूलाई तर्साउने नीति लिएको भन्दै खास के गर्न खोजेको भनेर कटाक्ष गरेका थिए । नेकपा संयोजक दाहालले पनि सरकारले शान्तिसुरक्षाको भरपर्दो व्यवस्था गर्नुपर्ने र पुराना दलहरूलाई विश्वासमा लिनुपर्नेमा जोड दिएका थिए । ‘घोषित मितिमा निर्वाचन नभए मुलुकमा राजनीतिक संकट झन् गहिरिन सक्छ । त्यसैले हामी निर्वाचनको तयारीमा लागिसकेका छौं,’ उनले भने, ‘सरकारले निर्वाचनको वातावरण बनाओस्, हामी दलहरू चुनावमा जान तयार छौं ।’ प्रधानमन्त्री कार्कीले तोकिएकै समयमा चुनाव गराउन आफ्नो मुख्य ध्यान रहेको उल्लेख गरिन् । ‘यो विषम परिस्थितिमा हामी सबै सम्हालिनुपर्छ । चुनाव सफल बनाउन एकताबद्ध भएर लाग्नुपर्छ,’ उनको भनाइ थियो, ‘चुनाव गराउन सरकार पूर्ण प्रतिबद्ध छ ।’ जनधारणा साप्ताहिक

यो पनि पढ्नुहोस्

समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना अन्तिम चरणमा पुग्याे

निर्वाचन नहुँदै चुनावी परिणाम !

२ हप्ता अगाडि
चुनाव अघिल्लो चुनावको अन्तिम परिणाम घोषणा

चुनावमा बग्ने रगतको मूल्य कति होला ?

४ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

निर्वाचनका दिन अत्यावश्यक सवारी साधन चलाउन पाइने

पहाडी जिल्लाहरुमा फागु पर्व मनाइदै

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

झापा र सर्लाहीमा विशेष सुरक्षा

आज तराई–मधेशमा हाेली पर्व मनाइँदै

राजपुर नगरपालिका ३ को सडकछेउ शंकास्पद वस्तु फेला

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक