मङ्ल, पुस ८, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

प्रहरी दमनप्रति गम्भीर आपत्ति जनाउँदै घोर भर्त्सना

धारणा न्यूज by धारणा न्यूज
३ घण्टा अगाडि
Reading Time: 1 min read
0
प्रहरी दमनप्रति गम्भीर आपत्ति जनाउँदै घोर भर्त्सना
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । काठमाडौंको माइतीघर मण्डलामा सम्पन्न संयुक्त जेनजी आन्दोलनको शान्तिपूर्ण प्रदर्शनमाथि सुशीला कार्की नेतृत्वको सरकारले गरेको प्रहरी दमनप्रति संयुक्त जेनजी आन्दोलनले गम्भीर आपत्ति जनाउँदै घोर भर्त्सना गरेको छ ।

सोमबार मिराज ढुंगाना नेतृत्वको जेनजी समूहले प्रदर्शन गरेको थियो ।

आज संयुक्त जेनजी आन्दोलनका संयोजक मिराज ढुंगाना र आन्दोलन कमाण्डर सुनिल सिंहद्वारा जारी  प्रेस विज्ञप्तिमा भनिएको छ,’ शान्तिपूर्ण आन्दोलनमा बल प्रयोग गर्दा केही आन्दोलनकारी घाइते भएका छन् र केहीलाई अवैधानिक रूपमा नियन्त्रणमा लिइए पनि सामूहिक गिरफ्तारीको दबाबपछि तत्काल रिहा गर्न बाध्य हुनुले सरकारको दमनकारी प्रवृत्ति उजागर गरेको छ ।’

वार्ता र संवादमार्फत आफ्ना जायज मागहरू समाधान गर्न सरकारसहित सबै सरोकारवाला पक्षहरूसँग संवादको ढोका खुला राखेको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

जेनजी आन्दोलनका मागहरू पूरा नभएसम्म आन्दोलन अझ सङ्गठित र सशक्त रूपमा निरन्तर अघि बढ्ने जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

शान्तिपूर्ण आन्दोलनलाई उत्तेजित बनाएर जेनजीमाथि दमन गरिएमा त्यसबाट उत्पन्न हुने सम्पूर्ण क्षतिको जिम्मेवारी सरकारले लिनुपर्ने संयुक्त जेनजी आन्दोलनका संयोजक ढुंगानाले बताए ।

यसैबिच संयुक्त जेनजी आन्दोलनले मंगलबार बिहान ११ बजे एकताबद्ध हुँदै अझ सशक्त रूपमा शान्तिपूर्ण आन्दोलनमा सहभागी हुन सम्पूर्णमा आग्रह गरेको छ ।

संयुक्त जेनजी आन्दोलन डर, धम्की र दमनबाट विचलित नहुने चेतावनी समेत दिइएको छ ।

‘जनताको आवाज दबाउने प्रयास इतिहासमा कहिल्यै सफल भएको छैन । न्याय, समानता र उत्तरदायी शासन स्थापनाका लागि हाम्रो सङ्घर्ष निरन्तर रहनेछ,’विज्ञप्तिमा भनिएको छ ।

601094277_1587424102449428_7051805902483467986_n

यो पनि पढ्नुहोस्

एनपीएल विजेता लुम्बिनी लायन्स खुसी साट्न मैदानबाट जनस्तरमा

एनपीएल विजेता लुम्बिनी लायन्स खुसी साट्न मैदानबाट जनस्तरमा

२ घण्टा अगाडि
अदालतमा दर्ता भएका रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ हुने

प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै हस्ताक्षर

४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

बंगलादेशमा युवकको हत्याविरुद्ध जनकपुरधाममा विरोध प्रदर्शन

जेन जी युवा र महिलासहित कम्तीमा ५ उम्मेदवार सिफारिस गर्न आन्तरिक निर्देशन जारी

क्यासिनोमा छापा मारेर २० जना पक्राउ

जेन–जी युवा पुस्ताका मागहरु सम्बोधन नभए निर्वाचन हुन नदिने चेतावनी

केपी ओली र शेरबहादुर देउवाबीच भेट

अस्पतालसहित चार औषधि पसल कारबाहीमा

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक