कैलाली, ६ पुस गोदावरी नगपालिका-१ मनहरा पुल नजिक सडकमा अत्तरियाबाट धनगढीतर्फ जाँदै गरेको सु.प.प्र. ०१-०१३ प ०३१३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार दिउँसो दुर्घटना हुँदा चालक चुरे गाउँपालिका-६ बस्ने ३५ वर्षीय लेखक थापा मगरको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको मायामेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो ।
साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको पद्मा अस्पताल अत्तरियामा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


