काठमाडौं । रौतहट, देवाही गोनाही नगरपालिका-८ प्रेमपुर गोनाही बस्ने बाबुलाल ठाकुर हजामको घरमा मंगलबार दिउँसो लागेको आगो फैलिएर सोही ठाउँ बस्ने पुरन राउत कुर्मीको घरमा समेत आगलगी हुँदा दुबै जनाको गरी करिब १ लाख ७० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
सिराहा, सिरहा गाउँपालिका-४ बथान टोल बस्ने राम प्रमोद यादवको घरमा मंगलबार साँझ आगलागी हुँदा करिब २ लाख १४ हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
झापा, बिर्तामोड नगरपालिका-२ भाटभटेनी नजिक बस्ने ४५ वर्षीय प्रेम बराईलीले सोही ठाउँस्थित संचालन गरेको प्रेम ग्यारेजमा विद्युत सर्ट भई मंगलबार राति आगलागी हुँदा करिब १ लाख रूपयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।


