काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टीले आगामी पौष ११ गते आयोजना गर्न लागेको किसान भेलाको सन्दर्भमा अखिल नेपाल प्रगतिशील बुद्धिजीवी संघको आयोजनमामा हिजो मंसिर २७ गते राजधानीमा किसानसँग बुद्धिजीवी बिषय एक महत्वपूर्ण कार्यक्रम सम्पन्न भयो । नेपाल कम्युनिष्ट पार्टीको बुद्धिजीवी संगठन अखिल नेपाल प्रगतिशील बुद्धिजीवी संघको आयोजनमा सम्पन्न कार्यक्रममा बिभिन्न बक्ताहरुले देशको अबस्था, नेपाली कृषि र किसानका समस्या र खोजिनु पर्ने निराकरणका बारेमा बोल्नु हुँदै नेपाली कृषि र किसानका तत्कालीन र दीर्घकालीन प्रकृतिका समस्या हल नभई नेपाली राष्ट्रले भोगिरहेका आन्तरिक र बाह्य समस्या पनि हल हुँदैनन् र नेपाली क्रान्तिको कार्यभार पनि पूरा हुँदैन भन्ने निष्कर्श निकालेका छन् ।
त्यस कार्यक्रममा बोल्नु हुँदै नेपाल कम्युनिष्ट पार्टीका संयोजक लोकनारायाण् सुबेदीले देशमा किसानै नरहने र कृषि नै सकिने स्थिति सिर्जना गरिन लागेकोमा चिन्ता ब्यक्त गर्दै र बक्ताहरुले उठाएको प्रसंगलाई चिर्दै नेपाली कृषि र किसानलाई उठाउने, जगाउने र अघि बढाउने नीति लिएर अघि बढ्न सके मात्र नेपाल कृषिमा आत्मनिर्भर हुनसक्ने, देशमा रेमिट्यान्स ल्याउने र देशको अर्थतन्त्र धान्ने पनि किसानकै छोरो छोरी हुन्, किसान जीवनदायिनी शक्ति भएको अक्सिनज र पानी पछि मानिसलाई जीवन धान्न र चलाउन कृषि उत्पादन अर्थात अन्नबाली, तरकारी, फलफूल, माछामासु जुन चाहिन्छ ती सबै जीवन चलयामान गराउने बस्तुहरु कृषि र किसानबाटै मात्र पाइने हुदा कृषि र किसानको कति ठूलो महत्व छ र यसको कुनै बिकल्प छैन । त्यसैले यस क्षेत्रमा युगौंदेखि कायम रहेका समस्याहरु सही किसिमले हल गरिएन भने नेपालको राष्ट्रियता जनतन्त्र र जनजीबिका समस्या हल हुन हुन नसक्ने अहिलेसम्मको नेपालको स्थितिले प्रष्ट पारेको औंल्यानु भयो ।उहाले बुद्धिजीवीहरुले किसान र कृषिका समस्या उजागर गर्ने र तिनको निराकरणका लागि बस्तुबादी भएर कमल चलाउनु पर्ने, यस्ता कार्यक्रमहरु निरन्तर गर्नु पर्ने बढ्दो आवश्यकता परिपूति गर्न कै लागि ‘किसानसँग बुद्धिजीवी’ भन्ने यो आजको अन्तरक्रियात्मक कार्यक्रम आयोजना गरिएको र एउटा राम्रो परम्परा शुरु भएको पहिलो अनुभव भइरहेको बताउनुभयो । किसानले उत्पादन नगरी कसैको पनि मुखमा माड नलाग्ने भए पनि किसान हेपिएको, थिचिएको,मिचिएको र अक्करमा परेको र अपहेलिति भएको उल्लेख गर्दै जुन किसानको मुक्ति र प्रगतिको हामी कुरा गरिरहेका छौं त्यो किसान लेनिनले रुसका किसानहरुका बारेमा भन्नु भए जस्तै नेपाली किसान पनि अशिक्षा, गरीबी, अभाव, असुरक्षा, कुरीति, अन्धबिश्वास जस्ता कुराले आक्रान्त छ भन्ने प्रसंग कोट्याउनु भयो भने चीनमा माओले किसान नयाँ जनबादी क्रान्तिको मेरुदण्ड भएको जुन कुरा भन्नु भएको थियो त्यसबाट सही शिक्षा लिएर कृषि क्रान्ति सम्पन्न गर्ने आमूल क्रान्तिकारी परिबर्तनको सही बाटोमा लाग्नु पर्ने बताउनु भयो । उहाँले ‘लाखौ लाख झोपडीको एकता नेपालको राष्ट्रियता हो भने तिनै झोपडीहरुको हक हित नै जनबाद हो’ भनने कमरेड पुष्पलालको सारगर्भित उक्तिको स्मरण गर्दै सामन्ती दलाल पूँजीवादी ब्यबस्थाबाट किसानलाई मुक्त गर्ने नीति र कार्यक्रम बिना कृषि किसानको समस्या हल नहुने कुरा प्रष्ट पार्नु भयो ।
त्यस अबसरमा बोल्नु हुँदै क्रान्तिकारी कम्युनिष्ट पार्टीका नेता तथा क्रान्तिकारी किसान महासंघ नेपालका अध्यक्ष सीताराम तामाङ्गले नेपाली कृषि र किसान कसरी सामन्तबाद र पूँजीवादको शिकार हुँदै आयो भन्ने ऐतिहासिक यथार्थ कोट्याउँदै र त्यसको सही निराकरण नभएसम्म नेपाल सामन्तबाद र साम्राज्यबादबाट मुक्त हुन सक्तैन भन्ने यथार्थका आधारमा नेपालका लागि नयाँ जनबादी क्रान्तिको कार्यक्रम प्रस्तुत गर्ने कमरेड पुष्पललको स्मरण गर्दै उहाले अहिलेसम्म नेपालको कृषि र किसानको स्थिति नाजुक रहेको, अर्थतन्त्र परनिर्भर बनेको र अहिलेसम्म बनेका सरकारहरुले कृषि र किसानलाई गम्भीररुपमा ध्यान नदिएको र ६ किसान संघले संयुक्तरुपमा तीन तीन पटक सरकारका प्रधानमन्त्रीहरुलाई कृषि र किसानका समस्यालाई लिएर ज्ञापनपत्र दिदा पनि कुनै सुनवाई नभएको यथार्थ औल्याउनु भयो । त्यसैले उहाँले नयाँ जनबादी क्रान्ति सम्पन्न नगरी किसान समस्याको सही उपचार नहुने यो बिगद्रो स्थितिले स्पष्ट पारेको र त्यो दिसातर्फ सचेतरुपमा लाग्नु पर्ने आवश्यकता औल्याउनु भयो ।
नेकपा बहुमतका नेता तथा किसान संघका संयोजक गुणराज लोहनीले ‘नदी, खोला, तलाउ, इनार कुन पानीमा धान खेती बढी राम्रोसँग उत्पादन हुन्छ भन्ने कुरा समेत ज्ञान नभएका नेपालमा कृषि बिज्ञ छन् भन्ने प्रसँग अघि सार्दै ४५ प्रतिशत जमिन बन क्षेत्र र ४० प्रतिशत जमिन नेपालमा कृषि रहीत रहेबाट नेपालको कृषि र किसानको हालत कस्तो रहेछ भन्ने प्रष्ट हुन्छ । अहिले पनि नेपालको ७० प्रतिशत कृषि जमिन किसानहरुले बैंकहरुमा धरौटी(कोल्याटरल) राख्नु परिरहेको, अर्गानिक उत्पादन खाने नाममा समेत किसानहरुमाथि दमन भइरहेको, क्वारेण्टाइन चेक जाँच बर्षको एक दुइ पटक बिधि पुर्याउन मात्रहुने गरेको र त्यसको मारमा नेपाली कृषि र किसान परेको, एउटा खेतीबाट मात्र किसानको जीवन निर्वाह हुन नसक्ने भ्रम सिर्जना गरिएको, धान उत्पादन समेत भुस र परालबाट हुने आर्जनको बेवास्ता गरिएको, दिनमा भारतबाट आयात गरिने कुखुराको चल्लाको बिरोधमा आन्दोलन गरिने र राती ती एक रुपैया प्रति चल्लाको मूल्य बढाएर १७ रुपैयाँमा बेच्ने र नाफा खाने ठग आन्दोलनले कसरी नेपालको कृषि र किसान उठ्न सक्छ र भन्ने प्रश्न गर्दै यस्ता दृग्भ्रमित आन्दोलनप्रति सावधान रहनु पर्ने बताउनु भयो ।
कार्यक्रमममा नेकपा(मसाल)का प्रबक्ता रामप्रकाश पुरीले ६ बापन्थी किसान संगठनहरुले कृषि र किसानका समस्या हल गर्न सरकारलाई बारम्बार घच्घच्याए पनि त्यसको सुनवाई नभएको र बर्तमान ब्यवस्थाले साना तिना गर्न सक्ने सुधार पनि गर्न नसकेको र वास्तवमा किसानमा समस्या बर्गीय आन्दोलनबाट मात्र समाधान हुने र बिदेशी कृषिको शिक्षा दिएर नेपाली किसानको, ज्ञान, शीप र कार्य कुशलतालाई तिरष्कार गरेर कृषि र किसानको उत्थान नहुने कुरा प्रष्ट पार्नु भयो ।
बामपन्थी किसान नेता हरि श्रेष्ठले कृषि उत्पादन, बजार र कृषि आयात बारे ब्याख्यात्मक टिप्पणी राख्दै बर्तमान दलाल पूँजीवादी ब्यवस्थाका शासकहरुले किसान र कृषिको समस्या हल गर्न नसक्ने याथर्थ औल्यानु भयो । उनहाँले जमिनको सही किसिमले बर्गीकरण नभएको, उत्पादनयोग्य जमिन अन्यत्र गैर कृषि क्षेत्रमा दुरुपयोग गरिएको, कृषिमा भारतीय हस्तक्षेप ब्याप्त रहेको यी सबै कुरामा सत्तासीनहरुको आत्मसर्पणबादी नालायकीपन प्रकट भएको प्रष्ट देखिएको यसको सही समाधानका लागि सही किसिमले किसान आन्दोलन उठाउनुको कुनै बिकल्प नरहेको उल्लेख गर्नु भयो ।
कार्यक्रममा पूर्ब गभर्नर तथा योजना आयोगका उपाध्यक्ष दिपेन्द्र बहादुर क्षेत्रीले अर्थतन्त्रमा कृषिको योगदान २५ प्रतिशत मात्र रहेको र यसले गर्दा हाम्रो देश कृषि प्रधान देश भन्न नसकिने स्थिति उत्पन्न भएको, कृषिसँग मानिसको नाता(उत्पादन सम्वन्ध) पनि प्रष्ट नभएको, कम्युनिष्ट नाम गरेका प्रधानमन्त्रीहरुले पनि सत्तामा रहँदा भूमिसुधारको उच्चारणसम्म नगरेको,कृषि जमिन रियल स्टेटमा परिणत गरिएको, कृष उत्पादन पनि आयात निर्भर रहेको दुइ महिना अघि मात्र १८ अर्बको चामल आयात गरिएको उहाँले उदाहरण दिनु भयो । उहाँले किसानले प्राकृतिक प्रकोप र बाँदरको हस्तक्षेप समेतको सामना गरिरहेको र सरकारले त्यस्ता समस्या समस्या समाधानका कुनै प्रभावकारी कदमहरु चाल्न नसकेको स्थितिले समेत नेपालको कषि र किसान राष्ट्रिय प्राथमिकतामा नपरेको अनि नेतृत्वको बिलाशीता बढ्को, उपभोक्ताको खाद्य शैलीमा आएको परिबर्तनले पनि कृषिमा ह«ास आएको समेत उहाले दर्शाउनु भयो । उहाँले ग्रामीण क्षेत्र ऋणग्रस्त रहेको, उदारीकरण हाबी भएको, बैंकहरु पनि कमाउधन्धामा लागेको अहिलेको परिबेशमा इमानदारीता छैन, शिक्षा प्रणाली अनुत्पादक छ,भन्नु हुँदै कृषिमा ब्यापक सरचनात्मक परिबर्तनको आवश्यकता रहेको औंल्याउनु भयो ।
त्यस क्रममा बोल्नु हुँदै ‘अस्ट ज’ महासचिव निलकण्ठ तिवारीले बुद्धिजीवी संगठनले किसान र माटो तर्फ हात बढाउनु प्रसंसनीय कुरा भएको उल्लेख गर्नुहुँदै यस प्रकारको गोष्ठी नेपालको इतिहासमा शायद पहिलो गोष्ठी हो भन्नु हुँदै अस्ट जले मल,बिउ, सिंचाई लगायत बजारसम्मका कुरालाई जोड दिएका बताउँदै उहाँले सरकारको बन र कृषि मन्त्रालयका बीचमै तालमेल छैन, कृषकलाई उत्पादन गर्न १८ रुपैयाँ लाग्छ तर बिचौलियालाई उसले १५ रुपैयामा बेच्न बाध्य हुन्छ अनि बिचौलियाले उपभोक्तलार्य ६५ रुपैयामा बेच्छ किसान र उपभोक्ता दुबै ठगिन्छन् । सरकारले हेर्दैन अनि कृषि र किसान कसरी उभोलाग्छ भन्ने उदाहरणसहीत प्रश्न गर्नु भयो ।
कार्यक्रममा अधिबक्ता महिला रीता पोखरेलले आफ्नो दालमठ उद्योग कसरी राष्ट्रिय अन्तर्राष्ट्रि परिस्थितिको चक्र ब्यूहमा परेर समाप्त भयो भन्ने उदाहरण पेश गर्दै यो कार्यक्रम यस्ता समस्यामा ध्यान केन्द्रित गर्न सकोस भन्दै किसानका ससस्याका बिषय उठाएर गरिएको यो अन्तरक्रिया महत्वपूर्ण र उपयोगी हुने बिश्वास ब्यक्त गर्नु भयो ।
कृषिबिज्ञ श्रीकान्त पण्डितले किसान र कृषि पेशाप्रतिको हेय र अपानजनक भाष्यले पनि किसान शक्तमाथि प्रहार गरेको छ । हर किसिमले कृषि र किसान उठाउने र अघि बढाउने प्रयत्न गरिनु पर्दछ । त्यस दिशामा यो अन्तरक्रियाले सफलता पाउन सकोस् भन्नु भयो ।
नेकपाका सचिवालय सदस्य डा.भगवानचन्द्र ज्ञवालीले कार्यक्रममा बोल्नुहुँदै सही नीति र नेतृत्व बिना आमूल परिबर्तन हुन सक्तैन भन्ने कुरा नेपालमा माओवादीको तुहाइएको आन्दोलन र रुसमा यल्तसिनको कदमले प्रष्ट पारेको बिचलनको स्थितिको उदाहरण दिनु हुँदै अब देश र जनतामा आधारित सही नीतिको खोजी गर्न र जन आधारित आन्दोलन बिकसित गर्न यस्ता गोष्ठी र अन्तरक्रियाहरु सहायक हुन्छन् भन्नु भयो ।
कार्यक्रममा बोल्नु हुँदै नेकपाका अर्का सचिवालय सदस्य बीके अर्यालले जन सहकारीको माध्यमबाट किसानको उत्पादन र आय स्तर उठाउन सहयोग पुग्ने किसिमले काम गर्ने योजना किसान भेलामा प्रस्तुत गरिने जानकारी दिनु हुँदै त्यसो गर्न सके किसान र उपभोक्ताहरु बिचौलियाबाट ठगिने स्थितिको अन्त्य हुने र किसानको आमदानी बढ्ने र उनीहरुमा कृषिप्रति उत्साह र जाँगर पैदा हुने भावना ब्यक्त गर्नु भयो ।
प्राध्यापक मोहन खतिवडाले साना तिना सुधारका कुरा गरेर कृषि र किसानका क्षेत्रमा ब्याप्त समस्या हल हुँदैनन् । त्यसैले प्रष्ट बिचार र दृष्टिकोणकासाथ आमूल परिबर्तनको आन्दोलनमा लाग्नु र समाजबादको पृष्ठभूमि खडा गर्नु अत्यावश्यक छ भन्नु भयो ।
पूर्ब मानब अधिकारकर्मी तथा बन बिज्ञ प्रेम बहादुर थापाले किसानले आफ्नो सामानको मूल्य आफ्नो लागत मूल्य अनुसार तोक्न सक्ने स्थिति र बजारको ज्ञानको अभावले घाटा बेहोरिरहनु परेको उदाहरण दिनु हुदै किसानलाई उचित मूल्य दिनस सक्ने ब्यवस्था गरिनुपर्दछ भन्नु भयो
कार्यक्रम सञ्चालन गर्नु हुँदै महादेब नाथ र आफुले समेत संक्षिप्त बूँदागत लेखिएको कार्यपत्र प्रस्तुत गर्नु हुँदै अखिल नेपाल बुद्धिजीवी संघका संयोजक महादीप पोखरेलले नेपालको कृषि र पशुपालन क्षेत्र कसरी संरचनागत संकट र बहुराष्ट्रिय कम्पनीहरुको नियन्त्रणमा गइरहेको छ र त्यसको समाधान के हुन सक्छ भन्ने कुरामाथि प्रकाश पार्नु भएको थियो । पाँच प्रमुख शिर्षकमा प्रस्तुत कार्यपत्रले किसानका बर्तमान समस्या र तिनको समाधनका तत्कालीन र दीर्घकालीन उपायहरुको रुपरेखा दिएको छ ।
बुद्धिजीवी प्राध्यापक सुशील भटराईको स्वागत मन्तब्यबाट अघि बढेको कार्यक्रमको आरम्भमा नेपाली जन आन्दोलनका ज्ञात अज्ञात सम्पूर्ण शहीदहरुप्रति सम्मान प्रकट गर्दै एक मिनेट मौन धारण गरिएको थियो ।


