काठमाडौं । प्रभु बैंक लि. का रेमिटेन्स डिपार्टमेण्ट प्रमुख सुगेन भन्ने सुजित शाक्यलाई पनि पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धा ब्यूरो (सीआईबी) शाक्यलाई पक्राउ गरेको हो ।
शाक्यले रेमिट बापतको रिफन्डिङ दिन सक्ने कानुनी व्यवस्थाको दुरुपयोग गरी प्रभु बैंकलाई एक अर्ब रुपैयाँ भन्दा बढी रकम हानी नोक्सानी पुऱ्याएको समेत प्रारम्भिक अनुसन्धानको क्रममा देखिएको सीआईबीले जनाएको छ ।
रेमिट कारोबार गर्ने क्रममा प्रभु बैंक लि. लाई हानी र आफ्नो स्वार्थ समुह अन्तर्गतको प्रभु मनी ट्रान्सफरलाई फाईदा हुने गरी रेमिट बापतको PREFUNDING दिन सक्ने कानूनी व्यवस्थाको दुरुपयोग गरी गराई PREFUNDING नाममा नियम विपरित अब रकम दिई सो वापत नियमानुसार ब्याज समेत नलिई प्रभु बैंक लि.लाई एक अर्ब रुपैया भन्दा बढी रकम हानी नोक्सानी पुऱ्याएको प्रारम्भिक अनुसन्धानको क्रममा देखिएको सीआईबीले जनाएको छ ।
प्रहरीले यसअघि प्रभु बैंक सीईयो सहित ३ जनालाई पक्राउ गरेको थियो । त्यसअघि प्रभु बैंकका पूर्वअध्यक्ष देवीप्रकाश भट्टचन पनि पक्राउ परेका थिए । भट्टचन हाजिरी जमानी छुटेपछि शेरचनमाथि भने अनुसन्धान भइरहेको छ ।
नियम विपरित सुपर एजेन्ट बनाई रेमिटन्स कारोबार गर्न प्रभु म्यानेजमेन्ट प्रा.लि. लाई एड्भान्स रकम दिई उक्त प्रभु म्यानेजमेन्ट प्रा.लि.संग रेमिट कारोबार स्थगित भए पश्चात समेत नेपाल राष्ट्र बैंकको निर्देशन तथा कानुन विपरित लामो समयसम्म स्वार्थ समुहलाई उक्त रकम प्रयोग गर्न दिई प्रभु बैंक लि.लाई ८ करोड ९३ लाख १९ हजार ९ सय ८६ रुपैया ३० पैसा हानी नोक्सानी पुर्याएको तथा सोही अपराधलाई लुकाउन छिपाउनको लागि कर्जा प्रवाह गरी गराई कर्जा दुरुपयोग गर्ने र गराउने कार्यमा संलग्न रहेको आरोपमा सीईओ शेरचनमाथि अनुसन्धान भइरहेको छ ।


