काठमाडौं । नागार्जुन नगरपालिका-७ स्युचाटार बस्ने ४१ वर्षीय गंगेस मिश्रको घरबाट ल्यापटप २ थान, मोबाइल ३ थान र नगद समेत गरी करिब १ लाख ५८ हजार रूपैयाँ बराबरको धनमाल बुधबार बिहान चोरी भएको छ ।
यसैगरी काठमाडौं, तारकेश्वर नगरपालिका-४ पुरानो गुहेश्वरी डेरा गरी बस्ने धादिङ खनियाबास गाउँपालिका-४ घर भएकी २४ वर्षीया सम्झना गुरूङको कोठाबाट करिब ४ लाख ६५ हजार ६ सय रूपैयाँ बराबरको सुनका विभिन्न गरगहना बुधबार बिहान चोरी भएको छ ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।


