शुक्र, माघ २, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

सामाजिक सुरक्षा योजनामा सहभागी गराउन सहजीकरण गर्ने

धारणा न्यूज by धारणा न्यूज
१ महिना अगाडि
Reading Time: 1 min read
0
सामाजिक सुरक्षा योजनामा सहभागी गराउन सहजीकरण गर्ने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेपाल उद्योग परिसङ्घले आफ्ना सदस्य उद्योगलाई सामाजिक सुरक्षा योजनामा सहभागी गराउन सहजीकरण गर्ने भएको छ । उद्योगमा कार्यरत श्रमिकको सामाजिक सुरक्षालाई सुनिश्चित गर्ने उद्देश्यका साथ परिसङ्घ र सामाजिक सुरक्षा कोषबीच सोसम्बन्धी समझदारी भएको छ ।

समझदारीअनुसार परिसङ्घले उद्योग क्षेत्रमा सामाजिक सुरक्षाबारे जागरण बढाउने र श्रमिकलाई योजनामा आबद्ध गराउन प्रोत्साहन गर्ने भएको छ । परिसङ्घका महानिर्देशक डा घनश्याम ओझा तथा कोष कार्यकारी निर्देशक कविराज अधिकारीले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।

कोषमा हालसम्म २२ हजार ४५३ रोजगारदाता सूचीकृत भएका छन् । मङ्गलबारसम्म सामाजिक सुरक्षा योजनामा औपचारिक क्षेत्रका छ लाख ५४ हजार ५४४, वैदेशिक क्षेत्रका २० लाख १७ हजार २८८, अनौपचारिक ८०३, स्वरोजगार क्षेत्रका ६२४ गरी कूल २६ लाख ७३ हजार २५९ श्रमिक समेटिएका छन् ।

परिसङ्घका अध्यक्ष वीरेन्द्रराज पाण्डेले उद्योगीहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै सो साझेदारीले सामाजिक सुरक्षा प्रणालीलाई अझ व्यवहारिक र पहुँचयोग्य बनाउन मद्दत गर्ने विश्वास व्यक्त गरे ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव डा कृष्णहरि पुष्करले सामाजिक सुरक्षा कोष श्रमिकको जीवन सहज र सुरक्षित बनाउने एक महत्वपूर्ण आधार भएको उल्लेख गर्दै यस समझदारीले सबै क्षेत्रका श्रमिक र रोजगारदाताको सक्रिय सहभागिता अभिवृद्धि गर्न तथा दर्ता प्रणालीमा समाहित हुन सहयोग गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए ।

कोषका कार्यकारी निर्देशक अधिकारीले सामाजिक सुरक्षा प्रणालीलाई अझ सुदृढ बनाउँदै लैजान र श्रमिकका सुविधालाई विस्तार गर्दै लैजान यो सहकार्य महत्वपूर्ण रहेको बताए ।

यो पनि पढ्नुहोस्

जेनजी २.० द्वारा  चुनावबारे स्पष्ट धारणा सार्वजनिक

जेनजी २.० द्वारा चुनावबारे स्पष्ट धारणा सार्वजनिक

२६ मिनेट अगाडि
ट्राफिक चेकिङका क्रममा १२ जना स्कुल बसका चालक कारबाही

उपत्यकामा ट्राफिक सचेतनामूलक विविध कार्यक्रम

५२ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

श्रम, संस्कृति पार्टीबाट विद्या श्रेष्ठकाे उम्मेदवारी

लुसिफर, बालेन्द्र र नेपालको राजनीति

भक्तपुर स्वतन्त्र पत्रकार संघकाे अध्यक्षमा रेणु निर्वाचित

बौद्धको महिमा जोगाउन गुठी प्रमुख चिनिया लामाको तिब्र सक्रियता

ईबुकिङनेपाल डटकम औपचारिक रूपमा सार्वजनिक

महिला हिंसाका फरक-फरक स्वरुप बिकसित भएका छन् !

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक