काठमाडौं । काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिका-५ तिवारीटोल हाइटस्थित सडक छेउमा हाल नाम, थर र वतन नखुलेका अन्दाजी ४२ वर्षीय पुरूष आइतबार मृत अवस्थामा फेला परेका छन् ।
मोरङ, सुन्दरहरैँचा नगरपालिका-३ लाटीझोडा बस्ने ६० वर्षीय बिन्दे उँराव सोही ठाउँस्थित बाटोमा आइतबार मृत अवस्थामा फेला परेका छन् ।
गुल्मी, रेसुङ्गा नगरपालिका-४ मोत्तियारस्थित पनाहा खोलामा हाल नाम, थर र वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरूष शनिबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


