काठमाडौं । काठमाडौंको धोबीखोलामा मृत भेटिएका पुरूषकाे खुलेकाे छ ।
काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार मृत भेटिएका ५० वर्षीय ललित गिरी काभ्रको मण्डनदेउपुर नगरपालिका १ घर भई हाल शंखमुल बस्दै आएका थिए । रूद्रमति पुल मुनिको धोबीखोलामा बिहीबार बिहान ६ः५० बजे मृत अवस्थामा भेटिएका उनको श्रीमतीले सनाखत गरेको प्रहरीले जनाएको छ ।
शवसँगै साइलक पनि भेटिएकााले उनी साइकल चलाउँदै गर्दा पुलबाट खसेको हुनसक्ने प्रहरीले जनाएको छ। मृतकको टाउकोमा चोट लागेको छ । घटनाबारे थप अनुसन्धान भैहरेको प्रहरीले जनाएको छ ।


