बिहि, बैशाख १७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home कृषि

दुई करोडभन्दा बढीको सुन्तला बिक्री

धारणा न्यूज by धारणा न्यूज
५ महिना अगाडि
0
दुई करोडभन्दा बढीको सुन्तला बिक्री
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

तनहुँ । व्यास नगरपालिका–१३, बेनीकोटका किसानले यस वर्ष मात्र दुई करोडभन्दा बढीको सुन्तला बिक्री गरेका छन् । पहाडी गाउँको बगैँचामा यस वर्ष उत्पादन राम्रो हुनु, बजार आफैँ बारीमै आइपुग्नु र किसानको मेहनत जोडिनु बेनीकोटको कृषि आय–स्रोत बढेको हो ।

सुन्तला टिप्ने र दाना मिलाउने चटारोले बेनीकोट अहिले पूरै सुन्तलामय बनेको छ । सिद्धबेनी माध्यमिक विद्यालयका पूर्व शिक्षक फलबहादुर थापाले बेनिकोटबाट मात्रै दुई करोड बढीको सुन्तला बिक्री भएको बताउनुभयो ।

आफूले पनि १६ लाख ५० हजारको सुन्तला बिक्री गरेको उहाँले बताउनुभयो । थापाका अनुसार कालबहादुर रानाले चार लाख, मनसिंह थापाले दुई लाख १० हजार बराबरको सुन्तला बिक्री गरेका छन् ।

न्यूनतम २० देखि अधिकतम ८०० बोट भएका किसानले यसै मोसममा मनग्य आम्दानी उठाइरहेका छन् । थापाले भन्नुभयो, “सुन्तलाको माग उच्च छ, ठेकेदार नै बारीसम्म आइपुग्छन्, बिक्रीका लागि समस्या छैन ।’’

जिल्लामा सुन्तला बगैँचा सुदृढीकरण अभियान पनि तीव्र गतिमा अगाडि बढिरहेको छ । जिल्ला कृषि विकास कार्यालयका अनुसार ७ हजार ९२५ रोपनीमा फैलिएको सुन्तला क्षेत्रलाई व्यवस्थापन गर्न ३० लाख, र नयाँ बगैँचा विस्तारका लागि ७ लाख ५ हजार विनियोजन गरिएको छ ।

हालसम्म ६ सयभन्दा बढी किसान लाभान्वित भएका छन् । ४३ रोपनी क्षेत्रमा नयाँ रोपाइँ गरिएको कार्यालय प्रमुख गोपाल शर्मा लामिछानेको भनाइ छ । गत वर्ष मात्रै तनहुँबाट ४२ करोड ५० लाख रुपियाँ बराबरको सुन्तला बिक्री भएको तथ्याङ्क छ ।

ग्रिनिङ रोग नियन्त्रण, मल–औषधी वितरण, पुनःरोपाइँ तथा बगैँचा व्यवस्थापन कार्यक्रमले उत्पादन वृद्धि भएको कार्यालयले जनाएको छ । काठमाडौँ, चितवन, पोखराजस्ता ठुला बजारमा पुग्ने बेनीकोटको सुन्तला गुणस्तरका कारण झनै लोकप्रिय बन्दै गएको छ ।

सडक जोखिमपूर्ण भए पनि किसानको उत्साह र सरकारी सहकार्यले तनहुँ अहिले प्रदेशकै सम्भावनायुक्त ‘सुन्तला हब’ को रूपमा उभिँदै छ । शर्मा भन्नुहुन्छ, ‘‘डाँडाकाँडा अहिले साँच्चै सुन्तलामय छ, उत्पादन, आम्दानी र सम्भावनाको चमकले भरिपूर्ण ।’’

यो पनि पढ्नुहोस्

तरकारी र फलफूलमा ‘भ्याट ’नलगाउन माग

कृषिउपजको थोक मूल्य निर्धारण

२ दिन अगाडि
तरकारी र फलफूलमा ‘भ्याट ’नलगाउन माग

कृषिउपजको थोक मूल्य

४ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

नाई मलाई त्यही पार्टी चाहिन्छ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

ईश्वर अमात्यकाे यो मां मिखाँय् ख्वबि छं छाय् तया अब म्यूजिक भिडियाेमा

गोंगबुँ भैरव तथा बुद्धको मूर्तीको प्राण प्रतिष्ठा सम्पन्न

एनआरएनएले विधेयक संशोधनका लागि मन्त्रालयमा बुझायो सुझाव पत्र

अव्यवस्थित बसोबासीहरूको विवरण उपलब्ध गराउन पत्राचार

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक