सुनसरी । इनरूवा नगरपालिका-९ बाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ ४ सय ६० किलोग्राम मंगलबार साँझ प्रहरीले बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले इनरूवाबाट जाल्पापुरतर्फ जाँदै गरेको बा.३ च ५५८५ नम्बरको स्कारपियोलाई जाँच गर्ने खोज्दा स्कारपियो नरोकी फरार भएपश्चात खोजी गर्ने क्रममा स्कारपियो चालकविहीन अवस्थामा फेला पारी तलासी गर्दा १६ वटा बोरामा रहेको उक्त परिमाणको लागूऔषध फेला पारी बरामद गरेको हो ।
प्रहरीले हाल फरार स्कारपियो चालकको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।


