बुध, फाल्गुन २०, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

ऐन संशोधन अध्यादेश राष्ट्रपति समक्ष पेश गर्ने निर्णय

धारणा न्यूज by धारणा न्यूज
३ महिना अगाडि
Reading Time: 1 min read
0
ऐन संशोधन अध्यादेश राष्ट्रपति समक्ष पेश गर्ने निर्णय
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । सरकारले निर्वाचन आयोग लगागतका संवैधानिक नियुक्तिको बाटो खोल्न गत मंसिर २ गते संवैधानिक परिषद्सम्बन्धी ऐन संशोधन अध्यादेश राष्ट्रपति समक्ष पेश गर्ने निर्णय गरेको थियो । जुन अध्यादेश राष्ट्रपतिले अब जारी नगर्ने संकेत दिएका छन् ।

राष्ट्रपतिबाट अध्यादेश जारी नभए निर्वाचन आयोग लगायतका संवैधानिक नियुक्तिहरू चुनाव अघि हुने छैनन् ।

संविधान भन्दा प्रतिकूल खालको अध्यादेश आएपछि अध्ययनको क्रममा रहेका राष्ट्रपतिले अब यही ब्योहोराको अध्यादेश जारी गर्न नसक्ने अनौपचारिक संकेत सरकारलाई दिएका छन् ।

संवैधानिक परिषद् अध्यादेशसँगै राष्ट्रपति कहाँ पुगेको नेपाल विशेष सेवा ऐन २०४२ लाई संशोधन गर्न बनेको अध्यादेश भने ५ मंसिरमै जारी भइसकेको छ ।

तर संवैधानिक परिषद्सम्बन्धी ऐन संशोधन अध्यादेश राष्ट्रपति कार्यालयमा अध्ययनमै भन्दै राखेको छ । ‘यति दिनसम्म जारी नभएपछि यसको अर्थ बुझ्नुपर्छ अब अध्यादेश जारी हुँदैन,’ स्रोतले भन्यो । अध्यादेश सरकारलाई नै फिर्ता गर्ने कि यत्तिकै चुपचाप बसिरहने भन्नेबारे चाहीँ राष्ट्रपति कार्यालयले टुंगो गरिसकेको छैन ।

सरकारले यसअघि संघीय संसद्ले पारित गरेको विधेयककै ब्योहोराको अध्यादेश पठाएको थियो । संसद्ले पास गरेको विधेयक समेत संविधान अनुकूल नभएको भन्दै फिर्ता थियो । अहिले त्यही व्योहोरा अध्यादेशको रुपमा आउँदा जारी गरेर दोहोरो मापदण्ड अपनाउन नहुनेमा राष्ट्रपति अडिग छन् ।

यो अध्यादेशमा प्रतिनिधिसभा विघटनको अवस्थामा संवैधानिक परिषद्ले गरेको सिफारिसअनुसार तुरुन्तै नियुक्त गर्ने र भविष्यमा प्रतिनिधिसभा आएपछि संसदीय सुनुवाइ गर्ने भन्ने कुरा पनि समेटिएको छ । यो संविधानको भावनासँग नमिल्ने राष्ट्रपतिको निष्कर्ष छ ।

अहिले निर्वाचन आयोगमा नियुक्ति गरिहाल्ने प्रयोजनमा अध्यादेश सिफारिस गरिएको थियो । तर आयोगमा नियुक्ति नगरेकै कारण चुनावको काम रोकिने अवस्था चाहीँ छैन । तीन जना आयुक्तहरू आयोगमा छन् । एक मन्त्रीका अनुसार आयोगका काम अझै चुस्त बनाउन सहज हुन्छ कि भन्ने उद्देश्यले आयुक्तहरु सिफारिस गर्न खोजिएको हो

पौडेलले प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट पारित भएर प्रमाणीकरणका लागि पुगेको संवैधानिक परिषद्‍ (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन संशोधन विधेयक पुनर्विचारका लागि संसद्मै फिर्ता गरेका थिए ।

विधेयक प्रमाणीकरणका लागि ३१ असार २०८२ मा राष्ट्रपति पौडेलसमक्ष पुगेको थियो । त्यसको एक सातापछि राष्ट्रपति विधेयक प्रतिनिधिसभामै फिर्ता गरिदिएका थिए ।

विधेयक पुनर्विचारका लागि फिर्ता पठाउँदा राष्ट्रपति पौडेलले अध्यक्ष र ३ जना सदस्य बहाल रहेको अवस्थामा अध्यक्ष र कम्तीमा १ जना सदस्यसहित २ जना भए पनि बैठक बस्न र निर्णय गर्नसक्ने लगायतका प्रावधान संविधानको मर्मसँग नमिल्ने तर्क गरेका थिए । उनले शक्ति पृथकीकरण, नियन्त्रण र सन्तुलनलाई संस्थागत गर्ने उद्देश्य संकुचित हुने ठानेका थिए । त्यस्तै सिफारिसमा स्वेच्‍छाचारिता र संवैधानिकता सीमित हुने आशंका पनि गरेका थिए । परिषद्का सदस्य अनुपस्थित हुने कल्पनाले गम्भीर र जटिल परिस्थिति सिर्जना गर्नसक्छ भन्ने तर्क पनि राष्ट्रपतिले गरेका थिए ।

यी आधार र कारणसहित जुन विधेयक फिर्ता पठाएको हो, त्यही विधेयक अध्यादेशको रूपमा आउँदा राष्ट्रपतिले जारी गर्न नसकेका हुन् ।

यो पनि पढ्नुहोस्

देउवाको सम्पत्ति छानबिन गर्ने प्रतिबद्धता

देउवाको सम्पत्ति छानबिन गर्ने प्रतिबद्धता

५ दिन अगाडि
नेकपा पहिलो पार्टी बनेर देशको नेतृत्व सम्हाल्ने दाबी

नेकपा पहिलो पार्टी बनेर देशको नेतृत्व सम्हाल्ने दाबी

५ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

पर्सामा ९ वटा सुतली बम र सुँगुरको टाउको सहित पक्राउ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

निर्वाचनकाे अन्तिम तयारी

निर्वाचनका दिन मौसम सफा रहने

प्रधानसेनापति सिग्देलद्वारा उपत्यका पृतनाको निरीक्षण

झापा ५ मा २५० भन्दा बढी सैनिक फौज परिचालन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक