काठमाडौं । विराटनगर किंग्सले दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा लगातार तेस्रो जित हात पार्न सफल भएकाे छ ।
रोमाञ्चक प्रतिस्पर्धामा जनकपुरलाई ९ रनले हराएपछि विराटनगर ६ अंकसहित तालिकाको शीर्षस्थानमा उक्लिएको छ।
जितको लागि १ सय ३६ रनको लक्ष्य पछाएको जनकपुर २० ओभरमा ९ विकेट गुमाउँदै १ सय २६ रनमा समेटिएकाे थियाे ।
३ खेलमा विराटनगरले ६ अंक बनाउँदा जनकपुरको यो लगातार दोस्रो हार हो।


