मङ्ल, फाल्गुन १९, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

अमाह सिमसार पर्यटकको आकर्षक गन्तव्यका रूपमा स्थापित हुँदै

धारणा न्यूज by धारणा न्यूज
३ महिना अगाडि
Reading Time: 1 min read
0
अमाह सिमसार  पर्यटकको आकर्षक गन्तव्यका रूपमा स्थापित हुँदै
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

सुनसरी) । बराहक्षेत्र नगरपालिका-४ र ५ मा रहेको अमाह सिमसार अहिले आन्तरिक र बाह्य पर्यटकको आकर्षक गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ । करिब ५२ हेक्टरमा फैलिएको यो सिमसार क्षेत्र हरियाली जङ्गलको बीचमा अवस्थित आकर्षक प्राकृतिक भूदृश्यका कारण दैनिक रूपमा हजारौं पर्यटकको गन्तव्य बनेको छ ।

अमाह सिमसारका अध्यक्ष भोजराज घलेका अनुसार सिमसारको मौलिक वातावरण, खुला क्षेत्रमा फैलिएको हरियाली र सिमसारभित्र बनाइएका चार ठूलाठूला पोखरी मुख्य आकर्षण हुन् ।

पहिला पोखरी जीर्ण अवस्थामा थिए तर सङ्घीय र प्रदेश सरकारको सहयोगमा जीर्णोद्धार गरिएपछि पोखरीमा अहिले विभिन्न प्रजातिका माछा हालिएको छ, अवलोकनका लागि पनि धेरै पर्यटक आउने गरेका छन् ।

सिमसार क्षेत्रभित्र अमाह देवीथान मन्दिर पनि छ, जुन धार्मिक पर्यटकको प्रमुख गन्तव्य रहेको अध्यक्ष घले बताउँछन् । जहाँ उधौली-उभौलीका बेला विशेष पूजा गरिन्छ । यहाँ पूजा गर्दा हराएको सामान फेलापर्ने जनविश्वासका कारण पनि यहाँ दैनिक रूपमा भक्तजन आउने गरेका अध्यक्ष घलेले जनाए।

सिमसार क्षेत्रमा दैनिक दुई हजारदेखि दुई हजार ५०० जति पर्यटक आउने गरेका छन् भने शनिबार तथा सार्वजनिक बिदाका दिन करिब १० हजारसम्म पर्यटक आउने गरेका उनको भनाइ छ ।

अध्यक्ष घलेले भने, ‘ठूलो खुला क्षेत्रफलमा फैलिएको ठाउँ भएका कारण एकैपटकमा ७० देखि ८० वटा समूहले वनभोज (पिकनिक) खान सक्ने क्षमता रहेकाले विशेषगरी पिकनिक तथा शैक्षिक भ्रमणका लागि यो स्थल लोकप्रिय बन्दै गएको छ ।’ धेरैजसो पर्यटक असोजदेखि माघ, फागुनमा अत्यधिक वृद्धि हुने गरेको अधयक्ष घलेले जनाए ।

सिमसार सामुदायिक वन नजिकै भएकाले साँझपछि हात्ती देखापर्ने सम्भावना रहने भएकाले सुरक्षाका हिसाबले ५ः३० पछिको समय व्यवस्थापन गरेर पर्यटकलाई आफ्नो गन्तव्यतर्फ पठाइने गरिएको अध्यक्ष घलेले जानकारी दिए ।

अमाह सिमसारभित्र हरिण, बँदेल, अजिङ्गर, बाँदर, दुम्सी, चिललगायतका विभिन्न वन्यजन्तु पाइने भएकाले जैविक विविधता अवलोकन गर्न चाहने पर्यटक पनि यहाँ आउने गरेका छन् । यही चहलपहलका कारण स्थानीय आधा दर्जनभन्दा बढी व्यापारी सिमसार क्षेत्रमा व्यवसाय सञ्चालन गर्दै आएका छन् ।

प्रदेश सरकारले २०७८÷७९ मा रु २० लाख र २०७६/७७ मा रु १० लाख बजेट विनियोजन गरिदिएकाले सिमसारको कम्पाउण्ड, गेट तथा भित्र चिल्ड्रेन पार्क निर्माण गरिएको अध्यक्ष घलेले जनाए।

पोखरीको जीर्णोद्धार, जनावरको बासस्थान संरक्षण र सिमसारको थप प्रवर्द्धनका लागि प्रत्येक वर्ष प्रदेश र सङ्घीय सरकारबाट सहयोग हुँदै आएको उनले जनाए ।

यो पनि पढ्नुहोस्

रसुवामा ३२ हजार ६७२ पर्यटककाे  भ्रमण

रसुवामा ३२ हजार ६७२ पर्यटककाे भ्रमण

२ महिना अगाडि
विदेशी पर्यटकले गर्ने औसत खर्चबारे अध्ययन सुरु

नेपाल भित्रिए ११ लाख ५८ हजार ४५९ विदेशी पर्यटक

२ महिना अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

निर्वाचनका दिन अत्यावश्यक सवारी साधन चलाउन पाइने

पहाडी जिल्लाहरुमा फागु पर्व मनाइदै

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

झापा र सर्लाहीमा विशेष सुरक्षा

राजपुर नगरपालिका ३ को सडकछेउ शंकास्पद वस्तु फेला

खामेनी हत्याको बदला लिन क्षेप्यास्त्र प्रहार

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक