काठमाडौं । नेकपा एमालेको नवगठित नेसनल भोलिन्टियर्स फोर्सले पोलिट्ब्युरो सदस्य महेश बस्नेतमाथि विराटनगरमा भएको आक्रमण प्रयासप्रति आपत्ति जनाएको छ । फोर्सका कमान्डर पुष्पराज श्रेष्ठले आइतबार विज्ञप्ति जारी गर्दै अराजकता अस्वीकार्य भएको जनाएका छन् ।
त्यस्तै शनिबार नेता कृष्णकुमार श्रेष्ठ (किसान) को निवासमा गएका सुधन गुरुङलगायतलाई कारबाही गर्न माग गरिएको छ । सरकारले उन्मुक्ति दिए प्रतिरोधको जिम्मा लिनुपर्ने चेतावनी समेत फोर्सले दिएको छ ।


